राजनीति

भुटान जस्तो देशको अत्याचार पनि नेपालले नै सहनुपर्ने, ब्रिक्समा भुटानी प्रधानमन्त्रीले प्रचण्डलाई यस्तोसम्म भन्न भ्याए

भुटान जस्तो देशको अत्याचार पनि नेपालले नै सहनुपर्ने, ब्रिक्समा भुटानी प्रधानमन्त्रीले प्रचण्डलाई यस्तोसम्म भन्न भ्याए

bhutan-prime-minister-tshering-tobgay-720x480

असोज ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका भुटानी समकक्षी छिरिङ तोब्गेबीच गोवामा शनिबार अपराह्न भेटवार्ता भएको छ । ब्रिक्स सदस्या देशहरुको आठौं शिखर सम्मेलन तथा बिमस्टेक सदस्या देशहरुको आउटरिच समिटमा भाग लिन आइतबार अपराह्न गोवा पुगेका दाहालले भुटानी प्रधानमन्त्रीसँग साइडलाइन भेट गरेका हुन् ।

भेटवार्तामा भुटानी शरणार्थी समस्या समाधानबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भुटान सरकारको अत्याचारपछि सन १९९० मा भारत हुँदै नेपालतर्फ लखेटिएका १ लाख २० हजार नेपालीभाषी शरणार्थी मध्ये १ लाख १० हजार पश्चिमी मुलुकमा पुनस्र्थापित भएका छन् । अझै पनि १० हजार शरणार्थी पूर्वी नेपालको झापास्थित शरणार्थी क्याम्पमा छन् ।

प्रधानमन्त्री दाहालले तोब्गेसँग आफ्ना नागरिक फिर्ता लैजान आग्रह गरेका थिए । प्रतिउत्तरमा भुटानी प्रधानमन्त्री तोब्गेले नेपालमा रहेकाहरु भुटानी शरणार्थी नभई भुटानबाट विगतमा भागेका गैरकानुनी आप्रवासी रहेको भन्दै उनीहरुलाई स्वदेश फिर्ता लैजाने सरकारको नीति नरहेको बताएका थिए । –अन्नपूर्ण पोस्टबाट