राजनीति

यो सरकारले चीनसँगको सम्झौता किन अघि बढाएन ? खोजी गरौं

यो सरकारले चीनसँगको सम्झौता किन अघि बढाएन ? खोजी गरौं

dinesh-bhattarai

असोज ३० । चिनियाँ राष्ट्रपतिको बंगलादेश भ्रमणमा ठूलो सहयोगको सम्झौता भयो । बंगलादेशको भारतसँग पनि उत्तिकै राम्रो सम्बन्ध छ । यो अवस्था हेर्दा हाम्रो राजनीतिक नेतृत्वको शैली र कूटनीतिक संयन्त्र चुकेकै ठहर हुँदैन र ?

–दुवै छिमेकीले हामीमाथि विश्वास नगरेको परिणाम हो यो । हामीप्रति दुवैको विश्वास छैन । कूटनीतिमा विश्वासको खडेरी परेपछि त्यसको क्षतिपूर्ति त्यति सहज छैन । विश्वस्त पार्ने विषयमा काम गर्न आवश्यक छ । चीनसँग भएको सम्झौता किन अघि बढाउन सकिँदैन भन्ने खोजी हुन जरुरी छ । अहिले हामी ढुलमुल भएका छौं । बंगलादेशबाट कूटनीति सिक्नु पर्ने अवस्था आएको छ । भारतसँग सीमा विवाददेखि धेरै कुरा सल्टाउँदै चीनलाई पनि साथ लिएर अघि बढेको छ, बंगलादेश, यतिबेला । अन्य मुलकले नभएको विश्वास लिँदैछन् भने हामी भएको विश्वास लत्याउँदैछौं । यही समस्या हो । ठूला ठूला परिवर्तन भए पनि सबैभन्दा पहिले नजिकको सम्बन्ध राख्नु पर्ने भनेको भारत र चीनसँगै हो । त्यो नै हुन सकेन । दिल्ली र बेइजिङ दुवैले काठमाडौंले के गरिरहेको छ भन्ने आशंका भइरहने अवस्था छ । चियो गरिरहनु पर्ने अवस्था हामीले ल्याएका छौं । यो खतरनाक संकेत हो । (अन्तर्राष्ट्रिय मामिला जानकारी डा. दिनेश भट्टराईको कान्तिपुर दैनिकमा प्रकाशित अन्तर्वार्ताबाट)