ताजा खबर राजनीति समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

pm असोज २९ । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनिया“ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता भएको छ । ‘ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलन’मा सहभागी हुन भारतको गोवा पुग्नु भएका प्रधानमन्त्री दाहाल र चिनिया‌ राष्ट्रपति सि जिनपिङबीच सा“झ ६ बजेर १० मिनेटमा भेटवार्ता भएको हो ।

भेटमा दुइ मुलुकबीच भएका सन्धी सम्झौता र राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणबारे छलफल भएको बुझिएको छ । प्रधानमन्त्री दाहालले सिलाई नेपाल भ्रमणको निम्तो समेत दिनुभएको छ । यसअघि चीन भ्रमणकाक्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्ण महराले पनि सिलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो ।

प्रधानमन्त्री दाहालले आइतबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल श्रीसेना, दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोब जुमा, ब्राजिलका राष्ट्रपति मिसेल टेमर र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसंग पनि भेटघाट गर्नुहुनेछ ।

भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री दाहाललाई त्रिभुवन बिमानस्थलको अति बिशिष्ट कक्षमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।दाहालसंगै उहांकी पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका सचिव टंकमणि शर्मासहित १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डल भ्रमणमा सहभागी छ ।

प्रधानमन्त्री दाहालले बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखको बैठक एवम् ब्रिक्स विमस्टेक आउटरिच सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । दाहाल कात्तिक १ गते स्वदेश फर्किनुहुनेछ ।

PM