कला साहित्य

मिश्र निवासमा अध्यक्ष ओली

मिश्र निवासमा अध्यक्ष ओली

kp oli visits mishra

काठमाडौँ, २१ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज वरिष्ठ चित्रकार तथा निबन्धकार मनुजबाबु मिश्रको निवास (हर्मिताज) आरुबारी पुगी भेटवार्ता गर्नुभएको छ । बहुदलीय व्यवस्था स्थापनादेखि यस व्यवस्थासँग असन्तुष्ट भई विसं २०४६ देखि आफ्नो कुटीबाट बाहिर ननिस्कनुभएका मिश्रलाई अध्यक्ष ओलीले विजयादशमीको उपलक्ष्यमा शुभकामना दिनुभयो । अध्यक्ष ओलीले साहित्यकार मिश्रलाई उहाँको उक्त बहुदल विरोधी मान्यतामा पुनःविचार गर्न पनि आग्रह गर्नुभएको थियो । मिश्रले त्यसबारे कुनै ठोस जवाफ दिनुभएन तर निवासमा भेट्न आएकामा ओलीलाई धन्यवाद दिनुभयो । रासस

KP Oli manujbabu mishra nepali litrature rabindra mishra