राजनीति

नेताभएपछि आफ्नो दुनो कसरी सोझ्याउने सिपी मैनालीबाट सिक्नुहोस्, मैनालीले किने पाँचौ बंगला

नेताभएपछि आफ्नो दुनो कसरी सोझ्याउने सिपी मैनालीबाट सिक्नुहोस्, मैनालीले किने पाँचौ बंगला

CP-MAINALI

असोज १९ । पटक–पटक गरी हालसम्म ११ पटक मन्त्री बनिसकेका विजय गच्चदारलाई पनि माथ खुवाउने गरी माले नेता सिपी मैनालीले डिल्लीबजारमा हालै मात्र बंगला खरिद गरेका छन् । चारखाल नजिकै पुरानो धिम्ले अपसेटपछाडि ८ आना जग्गामा बनेको पाँच तलर घर उनले छोरा सरोजको नाममा पास गराएका हुन् । यसअघि सोही स्थानमा उनको अर्को घर छ । सो घरमा सरोजले गर्ल्स होस्टेल चलाउँदै आएका छन् । सोही होस्टलसँगै जोडिएको रातो रङको उक्त बंगला ७ करोडमा खरिद गरिएको हो । सिपी मैनालीको नाममा राजधानीमा मात्रै चारवटा बंगला छन् । –जनआस्था साप्ताहिकबाट