राजनीति स्वास्थ्य

बिरामीको भेषमा गगन थापाका सुराकी एमालेका हाकिमको अड्डामा

बिरामीको भेषमा गगन थापाका सुराकी एमालेका हाकिमको अड्डामा

Gagan_Thapa_performing_speech_in_Sydney

असोज १९ । कुरा जतिसुकै आदर्शको गरे पनि काममा चाहिँ चर्को कांग्रेसीकरण चलाएका छन्, स्वास्थ्यमन्त्री गगनकुमार थापाले । स्वास्थ्यमा १५ देखि २० जना सुराकी बिरामीको भेषमा खटिएका छन्, कुन हाकिमले के गरे भनेर बुझ्न ।

कर्मचारीले ठीकसँग काम गरे नगरेको अनुगमन गर्नलाई राज्यले राष्ट्रिय सतर्कता केन्द्र नामक अलग्गै निकाय खडा गरेको छ । तर, अहिले स्वास्थ्अन्तर्गतका निकायमा मन्त्री गगनका सुराकी परिचालित हुँदा आतंक सिजर्ना भएको छ ।

जहाँ जहाँ एमालेसम्बद्ध हाकिम छन्, त्यहाँ त्यहाँ पुग्छन् गगनका सुराकी । तिनले हाकिमका व्यक्तिसगत सूचनादेखि आवतजावत हुने मानिसको नामसमेत बुझने गरेको विभागीय प्रमुखहरुले स्वस्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई भनेका छन् । –जनआस्था साप्ताहिकबाट