विदेश

भारतीय पूर्व प्रधानमन्त्री देवगौडा पानीको विषयलाई लिएर अनशनमा

भारतीय पूर्व प्रधानमन्त्री देवगौडा पानीको विषयलाई लिएर अनशनमा
असोज १६ । भारतको दक्षिणका दुई राज्य कर्नाटक र तमिलनाडुको बढ्दो पानीको विवादलाई लिएर पूर्व प्रधानमन्त्री एच डी देवगौडा अनशनमा बसेका छन् । पूर्व प्रधानमन्त्री देवगौडा शनिबार बिहान कर्नाटकाको विधान सभामा रहेको राष्ट्रपिता महात्मा गान्धीको प्रतिमामा माल्यार्पण गरेपछि अचानक धर्नामा बसेको भारतीय संचारमाध्यमले बताएका छन् । gowda-story_647_072515014429 देवगौडा काभेरी जल विवादमा उच्च न्यायालय र केन्द्रीय सरकार दुवैले राज्यप्रति न्याय गर्न नसकेको भन्दै अनशनमा बसेका हुन् । पूर्व प्रधानमन्त्री देवगौडा उच्च न्यायलयले ४ अक्टुबरसम्म काभेरी प्रबन्धन बोर्ड गठन र कर्नाटकाले प्रतिदिन ६ हजार क्युसेक पानी तमिलनाडुलाई छोड्न दिएको निर्णयपछि धर्नामा बसेका हुन् । कर्नाटकाले खराब मनसुनका कारण जलको स्तरमा आएको गिरावटसँगै अदालतले भनेको पानी आफूले छोड्न नसक्ने बताउँदै आइरहेको छ । कर्नाटकाका मुख्यमन्त्री सिद्धारमैयाले देवगौडालाई अनशन तोड्न अपील गरेका छन् ।

baharaiya pusbapradhan mantri ansanma HD Dev gwoda