विचार

आज माता शैलपुत्रीको पूजा गर्दा यस्तो मिल्छ लाभ

आज माता शैलपुत्रीको पूजा गर्दा यस्तो मिल्छ लाभ

1-shailaputri-nepalaajaअसोज– १५ । हिन्दू धर्ममा नवरात्रीको विशेष महत्व हुन्छ । मानिसहरु नौ दिनको लागि व्रत राख्ने गर्दछन् र देवीको उपासना गर्दछन् । देवी माताको सच्चा मनबाट याद गर्नाले चिताएको पूरा हुन्छ भन्ने जन विश्वास रहेको छ । हिन्दू धर्ममा एक वर्षमा चारवटा नवरात्री हुने उल्लेख छ । तर आम मानिसहरुलाई जम्मा दुई नवरात्री(चैत्र र शारदीय) बारेमा मात्र जानकारी छ । असोज र माघ महिनाको नवरात्रीलाई गुप्त नवरात्री भनिन्छ । नवरात्रीमा मानिसहरु देवीको नाममा पाठ गरेर र भजन किर्तन गरेर राम्रो फलको कामना गर्दछन् ।

धर्म ग्रन्थ अनुसार नवरात्रीमा सबै तिथीको आफ्नै महत्व रहेको छ । नौ दिनसम्म देवीहरुको छुट्टै पूजा गरिन्छ । नवरात्रीमा हर दिनको अलग अलग महत्व हुन्छ । नवरात्रीको पहिलो दिन आज माता शैलीपुत्रीको पूजा हुन्छ ।

माता शैलपुत्री —नवरात्रीको पहिलो दिन शैलपुत्रीको देवीको पूजा गरिन्छ । मार्कण्डे पुराण अनुसार यी देवीलाई हिमालयको पुत्री मानिन्छ । हिमालय हाम्रो शक्ति दृढता, आधार र स्थिरताको प्रतिक हो । नवरात्रीको प्रथम दिन योगीजनहरु आफ्नो शक्ति मूलधारमा राखेर साधना गर्ने गर्दछन् ।

हाम्रो जीवनमा सर्वप्रथम दृढता, स्थिरता, र आधारका महत्व आउने गर्दछन् । त्यसकारण यो दिन आफू स्थायित्व र शक्तिमान हुनको लागि माता शैलीपुत्रीको प्रार्थना गर्नु जरुरी छ । यी देवीको आराधना गर्नाले जीवनमा स्थिरता आउँछ भन्ने मान्यता छ । हिमालयको पुत्री मानिने यी देवीलाई प्रकृतिको स्वरुप पनि मानिन्छ । विशेषगरी स्त्रीहरुले यी देवीको पूजा गर्नु श्रेष्ठ र मंगलकारी मानिन्छ ।

यो दिन देवीलाई घ्यूको भोग चढाइन्छ । देवीलाई यो उपायबाट प्रसन्न बनाउनाले जीवनका दुःख कष्ट मुक्त हुनुका साथै शरिर निरोगी हुने विश्वास छ ।

विशेष