• खेल
  • स्वास्थ्य–उपचारमा सहुलियत दिनुपर्छ – खेलाडी, उपचारको लागि छुट्टै अस्पताल स्थापना – मन्त्री थापा

    वैशाख ५ । राष्ट्रले खेलाडीका लागि स्वास्थ्य–उपचारमा सहुलियत दिनुपर्ने माग खेलाडीले गरेका छन् । स्वास्थ्यमन्त्री गगनकुमार थापा र राज्यमन्त्री तारामान गुरुङलाई भेटी राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्रकुमार पौडेल संयोजक रहेको खेलाडी सुविधा सुझाव कार्यदलले पाँचबुँदे मागसहितको पत्र बुझाएको छ । दक्षिण एसियाली खेलकुद (साग) र एसियन खेलकुदमा स्वर्ण पदक विजेतालाई स्वास्थ्य सेवामा शतप्रतिशत निःशुल्क गर्नुपर्ने, […]

  • स्वास्थ्य
  • ‘क्यान्सर बिरामीको उपचारका लागि सरकारले पाँच लाख दिने’

    वैशाख – ४ । स्वास्थ्यमन्त्री गगन थापाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले पाँच लाख रुपैयाँ सहयोग गर्ने तयारी गरेको बताए । नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालको हालै निर्माण सम्पन्न स्मृति भवनको पहिलो र दोस्रो तलाको साँचो हस्तान्तरण कार्यक्रममा उनले क्यान्सरका बिरामीको सहज उपचार होस् भनेर सहयोग रकम थप गर्ने तयारी गरेको […]

  • राजनीति
  • ढुक्क हुनुहोस् निर्वाचन सर्दैन – मन्त्री थापा

    चैत्र – ३० । स्वास्थ्यमन्त्री गगन थापाले कुनै पनि बहानामा वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति नसर्ने बताएका छन्। नेपाली काँग्रेस मध्यपुर थिमि नगर समितिले आज थिमिको भुँलाखेलमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले दुई वा दुईभन्दा बढी चरणमा भए पनि निर्वाचन हुने तर वैशाख ३१ गतेको मिति हेरफेर नहुने […]

  • स्वास्थ्य
  • स्वास्थ्य सेवामा अवरोध नगर्न स्वास्थ्यकर्मीहरुलाई मन्त्री थापाको आह्वान

    फागुन – २० । स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थ्य सेवाहरु निर्वाध रुपले संचालन गर्न स्वास्थ्यकर्मीहरुलाई आह्वान भएको छ । मन्त्री थापाले शुक्रबार विज्ञप्ती जारी गर्दै मन्त्रालय अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य सेवा ऐन, २०५३ को दफा (ख)को विशेष पदस्थापनाको विषयमा रहेको असमझदारीलाई लिएर स्वास्थ्य संस्थाहरुमा भएको तालाबन्दीका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । वर्षौदेखि ऐनको […]

  • स्वास्थ्य
  • ‘सुविधा गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा’

    फागुन १३ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अस्पतालको लगानीमा मात्र ध्यान नदिई सेवा र सुविधा समेत गुणस्तरीय र भरपर्दो हुनुपर्ने बताएका छन् । स्वास्थ्य मन्त्री थापाले शुक्रबार काठामाडौँको सोह्रखुट्टेमा पर्यटक लक्षित २५ शय्याको ‘एरा हेल्थ सेन्टर’ को उद्घाटन गर्दै सरकारले तोकेको मापदण्ड पु¥याएर सञ्चालनमा आएको सो अस्पतालले स्वदेशी तथा विदेशी पर्यटकको गुणस्तरीय स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका […]

  • स्वास्थ्य
  • मदिरा नियन्त्रणको लागि गगन थापाले ल्याउने भए यस्तो नीति

    माघ २५ । रक्सी तथा मदिरापानले निम्त्याएको विभिन्न समस्यालाई नियन्त्रणमा ल्याउन स्वस्थमन्त्री गगन थापाले कडा नियम तथा योजन ल्याउने तयारीमा छन् । यसको लागि उनले राष्ट्रिय मदिरा नीति २०७३ ल्याउन लागो हुन् । मन्त्री थापाले ल्याउन लाएको उक्त नीतिमा मदिराको उत्पादन, बिक्री बितरण र सेवन सम्बन्धी विज्ञापन, प्रवद्र्धन, प्रायोजन र समाचार कुनै पनि सञ्चार माध्यमाट […]

  • स्वास्थ्य
  • बाथ मुटुरोगीको भल्व शल्यक्रिया पूर्ण निःशुल्क हुने

    माघ – १५ । स्वास्थ्य मन्त्रालयले आगामी फागुन १ देखि बाथ मुटुरोगीको भल्वशल्यक्रिया पूर्ण निः शुल्क गर्ने भएको छ । स्वाथ्यमन्त्री गगनकुमार थापाले ‪शनिबार शहीद गंगालाल हृदय केन्द्रको २१औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा फागुन १देखि बाथ मुटुरोगीको भल्व शल्यक्रिया पूर्ण निःशुल्क गर्ने घोषणा गरेका हुन् । उनले यो सेवा निःशुल्क गर्नका लागि आवश्यक संपूर्ण प्रक्रिया पूरा […]

  • समाचार
  • अनुमतिपत्र नलिएका निजी स्वास्थ्य संस्थाले करचुक्ता प्रमाणपत्र नपाउने

    माघ – ४ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन अनुमतिपत्र नलिएका निजी स्वास्थ्य संस्थालाई कर चुक्ता प्रमाणपत्र नदिन अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागलाई पत्राचार गरेको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले हाल स्वास्थ्य मन्त्रालयसँग निजी स्वास्थ्य प्रदायक संस्थाको दुरुस्त अभिलेख नभएकाले मन्त्रालयसँग परामर्श नगरी ती संस्थाको कर चुक्ता नगर्न आग्रहसहितको पत्राचार गरिएको जानकारी दिए । नेपालमा सञ्चालित […]

  • स्वास्थ्य
  • मन्त्री गगन थापा के गर्दैछन्, दुर्गमका निशुल्क औषधी बाटो मै चट

    पुस २८ । सरकारले विपन्न जनताको उपचारमा सहज् होस भनी स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा निःशुल्क औषधि पठाउने गरेपनि औषधि बीच बाटोमै गायब हुने गरेको पाइएको छ । औषधि नियमित नपुग्दा मुगु, कालिकोट, रुकुम, डोटीलगायत जिल्लाका दुर्गम भेगका जनता बिरामी भएको बेलामा चर्को मूल्य तिर्न बाध्य छन् । जिल्ला स्वास्थ्य कार्यालयले पठाएको […]

  • समाज
  • गगन रहेछन् साहु, लाखौँको ऋण दाता र सेयर मालिक

    मंसिर ३० । ०६२-०६३ सालको जनआन्दोलनसँगै चर्चाको शिखरमा पुगेका स्वास्थ्य मन्त्री गगन थापा पछिल्लो समय सम्पत्तिका कारण चर्चामा छन् । बुधबार सार्वजनिक भएको उनको सम्पत्ति देखेर धेरैले आश्चर्य व्यक्त गरेका छन् । विद्यार्थी नेता हुँदै राजनीतिको मूल प्रवाहमा प्रवेश गरेका उनी २० लाख रुपैयाँ ऋण लगाएका साहू रहेछन् । सम्पत्ति विवरण अनुसार उनीसँग काठमाडौँमा २ […]

  • समाचार
  • दर्ता बिनाका र नवीकरण नभएका स्वास्थ्य संस्थालाई कानूनी दायरामा ल्याइने चेतावनी

    मंसिर २९ । दर्ताबिना तथा नवीकरणबिना सञ्चालित स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याउन निर्देशिका संशोधन गर्न लागिएको छ । स्वास्थ्य संस्था स्थापना, सञ्चालन, गुणस्तरमापन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० संशोधन गरी पुस महिनाभित्र छुट्टै एकाइ बनाएर ती स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याइने मन्त्रालयलको योजना छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले नेपालमा बहुसंख्यक निजी अस्पताल, क्लिनिक, पोलिक्लिनिकलगायतका स्वास्थ्य […]

  • स्वास्थ्य
  • ‘गगन थापाले भन्दैमा निःशुल्क सेवा दिँदैनौं, जे गर्न सक्छन् गरेर देखाउँन्’– निजी अस्पताल सञ्चालकहरु

    मंसिर २८ । स्वास्थ्य मन्त्रालयले आगामी १ पुसबाट देशैभरका अस्पताललाई सेवा निःशुल्क गर्न निर्दैशन दिए पनि निजी अस्पताल सञ्चालकहरुले त्यसलाई सहज मान्ने आधार नभएको बताएका छन् । निजी तथा सामुदायिक अस्पताल सञ्चालकहरुको संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल अफिनका वरिष्ठ उपाध्यक्ष कुमार थापाले निजी क्षेत्रका चुनौतीलाई समाधान गरेमात्रै स्वास्थ्य मन्त्रालयको निर्देशन मान्ने स्पष्ट पारे […]

  • समाचार
  • स्वास्थ्यमन्त्रीबाट सामुदायिक अस्पताल उद्घाटन

    मंसिर २७ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले सोमबार एक कार्यक्रमबीच बज्रवाराही नगरपालिका–१० स्थित चापागाउँमा बज्रवाराही सामुदायिक अस्पताल उद्घाटन गरेका छन् । साविक रुपमा सञ्चालन हुँदै आएको बज्रवाराही प्राथमिक स्वास्थ्य सेवा तथा स्रोत केन्द्रलाई रुपान्तरण गरेर सामुदायिक अस्पतालमा परिणत गरिएको हो । सो अवसरमा मन्त्री थापाले सामुदायिक अस्पताललाई जिल्ला अस्पतालका रुपमा लैजान सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए […]

  • समाचार
  • अंग प्रत्यारोपण सम्बन्धी नियमावली पारित, ब्रेन डेथ भएकाकाे अंग प्रत्यारोण गर्न सकिने

    मंसिर – १७ । सरकारले मानव अंग प्रत्यारोपण सम्बन्धी नियमावली २०७३ पारित गरेको छ । नियमावली पारितसँगै नेपालमा ब्रेन डेथ भएका मानिसबाट विभिन्न अंगहरु निकालेर अर्को व्यक्तिमा प्रत्यारोणको बाटो खुलेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्ले आठ वर्ष देखि अल्झिएर बसेको मानव अंग प्रत्यारोपण सम्बन्धी नियमावलीलाई पारित गरेको हो । यो नियमावली पारित गराउन स्वास्थ्य […]

  • स्वास्थ्य
  • डा. केसीको अनसन तोडाउन स्वास्थ्य मन्त्रीद्वारा प्रधानमन्त्रीसँग छलफल

    मंसिर १६ । आमरण अनसनरत डा गोविन्द केसीको अनसन तोडाउने बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालसंग स्वास्थ्य मन्त्री गगनकुमार थापा र शिक्षा मन्त्री धनिराम पौडेलले छलफल गरेका छन् । सरकारी पक्ष र डा केसी पक्षकावीचमा केहीदिनदेखि भईरहेको बार्ता निश्कर्षमा पुग्न नसकेपछि स्वास्थ्य मन्त्री थापाले निकाल निकाल्नका लागि शिक्षा मन्त्री पौडेललाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेको मन्त्री थापाका […]

  • समाचार
  • मन्त्री गगन थापाद्वारा पहिलो तलव कान्तीको कोषलाई

    मंसिर – ९ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तवल कान्ति अस्पतालमा रहेको आंकोलोजी कोषलाई दिएका छन् । मन्त्री भए लगत्तै अस्पतालहरुको निरिक्षण गर्ने क्रममा सवै भन्दा पहिला कान्ति अस्पताल पुगेका थापाले त्यहाँ उपचाररत बालबालिकको उपचारका लागि कोषलाई सहयोग गर्ने घोषणा त्यति बेलै गरेका थिए । सोही अनुरुप उनले सोमबार रकम हस्तान्तरण गरेको […]

  • ताजा खबर
  • स्वास्थ्य मन्त्रालय लगायो १३ ओटा क्लिनीकमा शिलबन्दी

    मंसिर १ । काठमाडौ र ललितपुरमा धेरै क्लिनीकहरु अवैध रुपमा सञ्चालन भईरहेको पाइएको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले काठमाडौ उपत्यकाका धेरै क्लिनीकहरु अवैध रहेको गुनासो आएको भन्दै खटाउनु भएको अनुगमन टोलीले अधिकांश क्लिनीकहरु अवैध रहेको पत्ता लगाएको हो । स्वास्थ्य मन्त्रालयल, स्वास्थ्य सेवा विभाग, जिल्ला जनस्वास्थ्य कार्यालय, प्रहरी लगायतको टोलीले मंगलबार गरेको अनुगमनका क्रममा […]

  • बिचार / ब्लग
  • राजीनामा देऊ गगन !

    समाचार टिप्पणी गगन थापा स्वास्थ्य मन्त्री भएपछि उनको राजनीतिको खास परीक्षण शुरु भएको हो । दुई पटक सांसद र कृषि समितिको सभापति हुँदासमेत उनका लागि कार्यकारी पद नभएको भन्ने र उम्किने चर बाँकी थियो । अब सो चरपनि सदाका लागि समाप्त हुनेछ । सुजाता कोइरालालाई उपचार खर्चवापत ५० लाख दिने सरकारी निर्णय स्वास्थ्य मन्त्री थापाका […]

  • ताजा खबर
  • सुजातालाई ५० लाख दिनेबारे मन्त्रीपरिषद्मा भनाभन, गगन थापा गायव

    कात्तिक २९ ।  सरकारले स्वास्थ्य मन्त्रालयको निर्देशिक रोकेर कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले छलफलको सूचीमा रहेको उपचारसम्बन्धी संशोधित कार्यविधिलाई रोकेर कोइरालालाई ५० लाख उपचार खर्च दिने निर्णय गरेको हो । स्वास्थ्यमन्त्री गगन थापाले उपचार खर्च दिन अस्वीकार गरेपछि उनी नभएको मौका छोपी आइतबारको […]

  • स्वास्थ्य
  • आफ्नै फार्मेसी खोल्न २२ अस्पतालले पाए रकम, कसलाई कति ?

    कात्तिक – २४ । सरकारले सरकारी अस्पतालमा आफ्नै औषधि पसल खोल्न २२ अस्पताललाई बीउ (सीड मनी)रकम पठाएको छ । स्वास्थ्य मन्त्रालयले दुई क्षेत्रीय, तीन उपक्षेत्रीय दश अञ्चल र सात केन्द्रीय अस्पताललाई रु चार करोड २५ लाख बराबरको रकम पठाएको हाे । सो रकम अस्पतालका श्ययाका आधारमा सुरु गर्न अनुदानस्वरुप दिइएको र पछि आफ्नै आम्दानीबाट पसल […]

  • ताजा खबर
  • लोकमानको महाअभियोगमा कांग्रेसले साथ नदिए गगनले राजीनामा दिने

    कात्तिक १२ । निलम्वित अख्तियार प्रमुख लोकमान सिंह कार्कीको महाअभियोगको पक्षमा कांग्रेस नउभिए स्वास्थ्य मन्त्री गगनकुमार थापाले राजीनामा दिने बताएका छन । लोकमानसिंहले भ्रष्टहरुसँग मिलेर नेताहरुविरद्ध नियोजित षड्यन्त्र गरेको भन्दै संसद्मा महाभियोग दर्ता भएपछि कांग्रेसले त्यसबारे निर्णय लिन नसकेको अवस्थामा गगनले मन्त्री पदबाट राजीनामा दिने तयारी गरेको स्रोतको भनाई छ । लोकमानविरुद्ध महाभियोगको पक्षमा उभिएका […]

  • समाचार
  • ‘हामी हारेको कोसँग हो ?’ स्वास्थ्यमन्त्री थापा

    कात्तिक – ९ । नेपाली कांग्रेसका सांसद एवं स्वास्थ्यमन्त्री गगन थापाले लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख नियुक्त गर्दा दलका शीर्ष नेताहरुले गम्भीर गल्ती गरेको बताएका छन् । कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै थापाले आफ्नो पार्टीमा कुनै हालतमा यस्तो गल्ती गर्नु हुदैँन भन्दा भन्दै नियुक्ति भएको स्मरण गरे । त्यसबेला आफूसहितका नेताहरुले तत्कालीन […]

  • समाचार
  • ‘सबै प्रकारका रोगको उपचार नेपालमै सम्भव’ – स्वास्थ्यमन्त्री थापा

    कात्तिक २ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले सबै प्रकारका रोगकोे उपचार स्वदेशमै गर्न सम्भव रहेको बताएका छन् । बेनी अस्पताल म्याग्दीको फार्मेसी कक्षको उद्घाटन तथा जनरल एनेस्थेसिया मेशिन हस्तान्तरण गर्दै उनले सबै रोगको उपचार नेपालमै सम्भव रहेको बताएका हुन् । स्वास्थ्यमन्त्री थापाले नेपालमा सेवा पाइएन भनेर कुनै पनि नागरिक विदेशमा जानु नपरोस् र कसैले पनि पैसा […]

  • समाचार
  • गगन थापाले गरे स्वास्थ्यका कर्मचारीको व्यापक सरुवा, को कहाँ पुगे (पत्रसहित)

    असोज १६ । स्वास्थ्य मन्त्रालयमासमेत व्यापक सरुवा भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीरुको असोज १४ गते शुक्रबारमात्र सरुवा भएको हो । सामान्य प्रशासन अन्तर्गत १८ अधिकृतको सरुवा भएको छ । त्यस्तै आर्थिक योजना तथा तथ्यांक सेवामा ५ जनाको सरुवा भएको छ । त्यस्तै राजपत्र अनंकित २४ कर्मचारीको पनि विभिन्न ठाउँमा सरुवा भएको छ ।

  • ताजा खबर
  • अस्पतालमा स्वस्थ्यमन्त्रीका विशेष दूत

    असोज ७ । स्वास्थ्यमन्त्री गगन थापाले सरकारी अस्पतालले दिने सेवासहित समग्र अवस्थाबारे जानकारी लिन स्वयंसेवक युवालाई बिरामीको भेषमा परिचालन गरेका छन् । ती स्वयंसेवकले अस्पतालले बिरामीलाई दिने सेवा, गर्ने व्यवहार, भौतिक पूर्वाधार अवस्था, समस्या र सुधार क्षेत्रलगायत विषयमा बुझेर मन्त्रीलाई जानकारी गराउँछन् । अस्पतालका समस्या पहिचान गरी समाधान रणनीति तर्जुमा गर्न सहयोग पुगोस् भनेर उनले […]

  • समाचार
  • ‘स्वास्थ्य बिमासम्बन्धी विधेयक संसदमा पेस गर्ने’ – स्वास्थ्यमन्त्री थापा

    असाेज ६ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले दुई महिनाभित्रमा स्वास्थ्य बिमासम्बन्धी विधेयक संसदमा पेस गर्ने बताएका छन् । भरतपुर अस्पतालको सी ब्लक भवनको शिलान्यास गर्दै मन्त्री थापाले सबै नेपालीले सहज स्वास्थ्य सुविधा पाउन् भन्नका लागि बिमा योजना ल्याउन लागिएको बताए । अति विपन्न जसले बिमा शुल्क तिर्न सक्दैन उनीहरुका लागि राज्यले बिमा शुल्क तिरेर सबै नेपालीलाई […]

  • ताजा खबर
  • राष्ट्रपति र प्रधानमन्त्रीकाबारे छलफल हुन्छ भने, लोकमानकाबारे किन नहुने ? : मन्त्री थापा

    असोज ६ ।  स्वास्थ्य मन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयुक्तका विषयमा संसदमा छलफल गर्नु हुँदैन भन्ने मानसिकता गलत भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले प्रधानमन्त्री, राष्ट्रपतिको आचरणका बारेमा संसदमा छलफल गर्न मिल्ने तर तथ्यसहित सार्वजनिक रुपमा कुरा उठिसकेपछि अख्तियार […]

  • ताजा खबर
  • अनसन बस्ने चेतावनी दिएका डा. केसीका माग सम्बोधन गर्न मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

    भदौ २८ डा. गोविन्द केसीका मागबा बारेमा माथेमा आयोगसंग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा स्वास्थ्यमन्त्री गगन थापा, शिक्षा मन्त्री धनीराम पौडेल पूर्व मुख्यसचिव लिलामणी पौडेलसंग छलफल भएको बुझिएको छ । आफ्नो मागको संबोधन नभए अर्को हप्ताबाट अनसनमा बस्ने डा. गोविन्द केसीको चेतावनी पछि स्वास्थ्य मन्त्री गगन थापा […]

  • राजनीति
  • उपचार नपाएर अब कसैले पनि मर्नु पर्दैन – स्वास्थ्य मन्त्री थापा

    भदौ – २५ । स्वास्थ्यमन्त्री गगन थापाले आर्थिक अभावका कारण उपचार नपाएर अब कसैले पनि मर्नु नपर्ने बताए । भक्तपुरको थिमिमा नेपाल स्वास्थ्यकर्मी सङ्घले आयोजना गरेको बिपी कोइरालाको १०२ औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘बिपीको समाजवाद र नेपालको स्वास्थ्य सेवा विषयक’ विचार गोष्ठीमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । शिक्षण अस्पतालमा उपचार गर्ने रकमको अभाव भएका मिर्गौला पीडितले […]

  • समाचार
  • स्वास्थ्य मन्त्रीद्वारा प्रसूती वार्ड भवनकाे सिल्यान्यास

    भदाै – २५ । स्वास्थ्य मन्त्री गगन थापाले बिरामी भएर उपचारका लागि सरकारी अस्पतालमा आउने दीन दुःखी जनताको उपचार सेवालाई परिणाममुखी हुने गरी काम गर्न स्वास्थ्यकर्मीसँग आग्रह गरेका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हातामा निर्माण हुन लागेको प्रसूति वार्ड भवनको शनिबार शिलान्यास गर्दै उनले सय दिनभित्र सुधारको अनुभूति हुने काम गर्नुपर्ने र यसका लागि मन्त्रालयले […]

  • समाचार
  • स्वास्थ्य मन्त्री थापा र डा केसीबीच भेटवार्ता

    भदाै – १७ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले शुक्रबार डा गोविन्द केसीलाई भेट गरी उनको मागका र स्वास्थ्य क्षेत्र सुधारका विषयमा छलफल गरेका छन् । शिक्षण अस्पताल, महाराजगञ्ज पुगी मन्त्री थापाले डा केसीलाई भेट गरेका हुन् । भेटका क्रममा डा केसीले आफूले उठाएका मागका विषयमा मन्त्रालयले के गरिरहेको छ भन्ने विषयमा चासो व्यक्त गरेका थिए […]

  • समाचार
  • ‘विशिष्ट व्यक्तिले नेपालमै उपचार गराउनुपर्छ’ – स्वास्थ्यमन्त्री थापा

    भदाै – १६ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफू सबै विशिष्ट व्यक्तिले नेपालमै उपचार गराउनुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयमा बिहिबार आयोजित पत्रकार सम्मलेनमा उनले नेपालमा उपचार हुन नसक्ने खालका रोग बाहेक अन्य रोगको नेपालमै उपचार गराउनुपर्ने परम्परा बसाल्न आफू लाग्ने बताए । नेताहरुको नेपालमै उपचार हुने रोगको पनि विदेश गएर उपचार गराउने […]

  • समाचार
  • ‘वीर अस्पताललाई सबै जनताको अस्पताल बनाउनुपर्ने’ – स्वास्थ्यमन्त्री थापा

    भदाै – १६ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले वीर अस्पताललाई सबै जनताको अस्पताल बनाउनुपर्ने बताएका छन् । अस्पतालको बिहिबार निरीक्षण गर्दै उनले अस्पताल सबै वर्गका जनताको भएकाले सहज रुपमा गुणस्तरीय सेवा पाउने वातावरण बनाइराख्नुपर्नेमा जोड दिए । अस्पतालका सबै कर्मचारीलाई निर्देशन दिँदै मन्त्री थापाले भने – “सम्पूर्ण नेपाली नागरिकको राम्रो उपचार पाइने भरोसाको केन्द्र भएकाले यहाँबाट […]

  • समाचार
  • स्वास्थ्य मन्त्री थापाले ‘जनता क्लिनिक’ स्वास्थ्य परीक्षण गराए

    भदाै – ११ । स्वास्थ्यमन्त्री गगन थापाले शनिबार ‘जनता क्लिनिक’ मा जनतासँगै आफ्नो स्वास्थ्य परीक्षण गराएका छ्न् । आफ्नो संसदीय निर्वाचन क्षेत्रमा स्थापना गरेको कार्यालयले शनिबार आयोजना गरेको क्लिनिकमा उनले स्वास्थ्य परीक्षण गराएका हुन् । मन्त्री थापा काठमाडौँं क्षेत्र नम्बर– ४ वाट संसद्मा निवार्चित भएका हुन्  । मन्त्री थापाकै अवधारणामा तीन महिनाअघि क्लिनिक सुरु भएको […]

  • समाचार
  • स्वास्थ्य मन्त्री भएलगत्तै अायाे थापाकाे यस्ताे निर्देशन

    भदाै – १० । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री गगनकुमार थापाले काठमाडौँ उपत्यका र बाहिरका जिल्लामा बिनादर्ता भएका औषधि पसललाई कारबाहीका दायरामा ल्याउन औषधि व्यवस्था विभागलाई निर्देशन दिएका छन् । औषधि व्यवस्था विभागले गरेको औषधि व्यवस्थापन कार्यक्रममा उनले भने, “बिनादर्ता सञ्चालन हुँदै आएका औषधि पसललाई एक महिना दर्ता गर्ने समय दिनुस् तर एक महिनाभित्र दर्ता नगर्ने […]

  • समाचार
  • ‘आफूले गल्ती नगरी काम गर्ने र गल्ती गर्न खोज्नेलाई सहयोग नगर्ने’ – मन्त्री थापा

    भदाै – १० । स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफूले कुनै गल्ती नगरी काम गर्ने र गल्ती गर्न खोज्नेलाई सहयोग पनि नगर्ने बताएका छन् । शुत्र मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले अहिलेको पुस्ताको प्रतिनिधि भएकाले आफूले गलत गरे सिङ्गो पुस्तालाई अन्याय हुने र आफूप्रतिको विश्वास पनि गुम्ने भएकाले कुनै गल्ती नगरी काम गर्ने बताए । उनले […]

  • समाचार
  • विदेश जाने कामदारको स्वास्थ्य परिक्षणमा लापरबाही गर्नेलाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको पहिलो निर्णय

    भदौ १० । स्वास्थ्य मन्त्री गगन थापाले पहिलो निर्णय युवा सरोकारको विषयमा गरेका छन् । लाखौं नेपाली युवा वैदेशिक रोजगारीमा रहेकाले उनीहरुसंग सम्बन्धित विषयमा पहिलो हस्ताक्षर गरेका हुन् । बैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण रिपोर्ट गलत हुने गरेको विषयमा विशेषज्ञ समिति गठन भएको छ । गलत रिपोर्टकाका कारण बैदेशिक रोजगारीमा जाने धेरैले दुःख पाइरहेका […]

  • समाचार
  • राष्ट्रपतिद्वारा नवतमधामको दर्शन (फोटो फिचर)

    भदाै – ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले कृष्ण जन्मआष्टमीको अवसरमा गोठाटारस्थित नवतमधाम कृष्ण मन्दिरको दर्शन गरेकी छन् । उनी छोरी उषा किरण भण्डारी काठमाण्डाैका क्षेत्र न ३ का सभासद रामेश्वर फुँयाललगायतका साथमा कृष्ण मन्दिरको दर्शन गर्न पुगेकी थिइन । राष्ट्रपति मन्दिरमा पुग्दा स्थानीय र मन्दिरका पुजारीले राष्ट्रपति भव्य स्वागत गरेका थिए । मन्दिरमा पूजा गर्न […]

  • राजनीति
  • सधैं प्रतिपक्षीको राजनीति गरेका गगन थापाको अग्नी परीक्षारुपी सत्ता–यात्रा

    भदौ – ९ । गगन थापा काँग्रेसको राजनीतिमा जबरजस्त उदाएका पात्र हुन् । आजसम्मको उनको राजनीति भनेको नेता र नीतिको आलोचना गरेर फरक मनोविज्ञानको नेतृत्व गर्नु नै हो । नेतासँग जीहजुरी गरेरमात्र भाग पाइने काँग्रेसमा गगनले पद कब्जा गर्दै आएका छन् । यसका लागि उनको रणनैतिक बाघचालले प्रायजसो साथ दिएको छ । [su_pullquote align=”right”]ससुरा अर्जुननरसिंह […]

  • राजनीति
  • संविधान कार्यान्वयनका लागि एमाले आवश्यक छ – नेता गगन थापा

    साउन  – १५ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संविधान कार्यान्वयनका लागि नेकपा(एमाले)लाई पनि साथमा लिएर अगाडि बढ्नुपर्ने बताए । खरिपाटीमा नेपाली काँग्रेस नगरकोट नगरसमितिले आयोजना गरेको ‘संविधान कार्यान्वयन र नेपाली काँग्रेसको भूमिका’ विषयको अन्तक्र्रिया कार्यक्रममा सांसद थापाले संविधान कार्यान्वयनका लागि एमालेसँगको सहकार्य आवश्यक रहेकाे स्पष्ट पारे । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग गरेको विभिन्न सम्झौता […]