• समाचार
  • मेलम्चीको सुरुङ निर्माण कार्य अन्तिम चरणमा

    पुस – १२ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको सुरुङ मार्ग (टनेल) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । “यही गतिमा काम जारी रहे २०७४ साल भदौ महिनाभित्रमा सुरुङ मार्ग खन्ने काम सम्पन्न हुन्छ, कुल २७ किलोमिटरमध्ये अब साढे पाँच किलोमिटर मात्र निर्माण गर्न बाँकी छ,” खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले भने । यो […]

  • देश
  • द्वन्द्वपीडित एकल महिला सामूहिक अायअार्जनमा

    पुस – १२ । रुकुमको महत–२ की ४४ वर्षीया सगुनमाया बुढा एकल महिला हुन्। उनका श्रीमान्को द्वन्द्वको समयमा २०५७ सालमा नेपाल प्रहरीको हातबाट मृत्यु भएको थियो। श्रीमान्को मृत्यु भएपछि बुढालाई आफ्ना छोराछोरी पढाउन तथा घर खर्च चलाउन निकै समस्या भयो। केही वर्षसम्म उनले कष्टपूर्ण दिनहरु काटिन्। विसं २०६६ देखि बुढाको दैनिकी परिवर्तन भएको छ। उनीसँगै […]

  • राजनीति
  • गणतन्त्रको उपलब्धिलाई उल्टाउने प्रयास भइरहेको छ – प्रधानमन्त्री

    पुस ११ – प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गर्न नदिएर जनान्दोलन र लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई उल्टाउने प्रयास भइरहेको बताएका छनु । नेपाल तामाङ घेदुङले सोमबार आयोजना गरेको ‘नेपाल तामाङ घेदुङ प्रदेश -३ प्रादेशिक भेला’मा उनले भने, ‘संविधान संशोधनको प्रस्तावमा लोकतान्त्रिक भनिने पार्टीले संसद् चल्न, बहस गर्न दिएको छैन, यहाँ परिवर्तनलाई उल्टाउने जमर्को भइरहेको छ, उल्टाउने […]

  • समाचार
  • दुई नयाँ जहाज थप गरिने

    पुस – ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पर्यटकीय पूर्वाधारको विकास गरेर देशमा थप पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताएका छन्। क्षेत्रीय होटल सङ्घको अगुवाइमा सोमबारदेखि सौराहामा सुरु भएको १३ औँं चितवन हात्ती महोत्सवको उद्घाटन गर्दै उनले नेपालले २८ वर्षसम्म आफ्नो जहाज किन्न नसक्दा पर्यटक भित्र्याउने कुरामा बाधा […]

  • समाज
  • विद्यार्थी सङ्ख्या घट्दै गएपछि विद्यालय गाभिने क्रम बढ्दो

    पुस – ११ । बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै गएपछि पश्चिमाञ्चल विकास क्षेत्रभित्रका जिल्लाका सामुदायिक विद्यालय गाभिने (मर्जा) हुने क्रम बढ्दै गएको छ । अत्यन्त कम सङ्ख्यामा विद्यार्थी भएका विद्यालयलाई नजिकैको अर्को विद्यालयमा गाभ्न थालिएको छ भने भौगोलिक विकटतालगायतका समस्या भएका स्थानका विद्यालय पूर्ण रुपमा नहटाइए पनि कक्षा घटाइएको छ । विद्यार्थी सङ्ख्या अत्यन्त न्यून भएका […]

  • खेल
  • दौडमा सेनाको वर्चस्व

    पुस – ११ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भएको दौड प्रतियोगितामा आज नेपाली सेनाले दुई वटा स्वर्ण पदक प्राप्त गरेका छन्। आठ सय मिटरको दौडमा महिलातर्फ नेपाली सेनाकी सरस्वती भट्टराई र पुरुषतर्फ नेपाली सेनाकै सोमबहादुर कुमालले स्वर्ण पदक प्राप्त गरेका हुन् । भट्टराईले २ मिनेट १९ दशमलव ४२ सेकेन्डमा र कुमालले २ मिनेट २ दशमलव […]

  • राजनीति
  • यस्तो छ माओवादी केन्द्रको पाँच नं. प्रदेश सम्बन्धी नयाँ प्रस्ताव

    पुस – ११ । संसद्मा संविधान संशोधन प्रस्ताव पेस भएपछि प्रदेश नं ५ मा विभिन्न पक्षले आन्दोलनमा होमिएको समयमा नेकपा माओवादी केन्द्र ५ नं प्रदेशले भने नयाँ प्रस्ताव अघि सारेको छ। दाङको घोराहीमा दुई दिनसम्म चलेको प्रदेश समितिको प्रथम बैठकले नयाँ प्रस्ताव अगाडि सारेको हो। बैठकपछि आइतबारे अन्तिम निर्णय सुनाउन आयोजना गरेको पत्रकार समेलनमा प्रदेश […]

  • समाज
  • नेपाल पत्रकार महासङ्घकाे कार्यालयमा तालाबन्दी

    पुस – ११ । नेपाल प्रेस युनियन म्याग्दीले नेपाल पत्रकार महासङ्घ जिल्ला शाखामा तालाबन्दी गरेको छ। महासङ्घको सदस्यताका लागि गैरव्यावसायिक पत्रकारलाई सिफारिस गरेकाले तालाबन्दी गरेको प्रेस युनियनका जिल्ला सभापति गोपाल छन्त्यालले बताए। सरकारी कर्मचारी र राजनीतिक दलका कार्यकर्तालाई महासङ्घको साधारण सदस्यता प्रदान गर्नका लागि सिफारिस गरिएकामा युनियनको आपत्ति रहेको सभापति छन्त्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। […]

  • खेल
  • पदक जिताउने खेलाडीलाई व्यक्तिगत रुपमा पुरस्कार दिने घाेषणा

    पुस – ११ । विराटनगरमा जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीलाई व्यक्तिगत रुपमा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का केन्द्रीय सदस्य एकिन्द्र कुँवरले व्यक्तिगत रुपमा नगद पुरस्कार घोषणा गरेका हुन्। स्वर्ण पदक जित्नेलाई नगद १० हजार, रजत पदक जित्नेलाई नगद पाँच हजार र काँस्य पदक जित्नेलाई नगद तीन […]

  • देश
  • बस जलेर नष्ट

    पुस – ११ । बाँकेकाे कोहलपुर नगरपालिकादेखि तीन किलोमिटर पूर्व रोहिणी खोला नजिकै एउटा यात्रुबाहक बस जलेको अवस्थामा फेला परेको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको रोहिणी खोला नजिकै ना ५ ख ३३२९ नम्बरको बस जलेर नष्ट भएको अवस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। आगलागी भएको बसमा बस चालक र यात्रु […]

  • राजनीति
  • संसद्को गतिरोधले देशमा निरङ्कुशता

    पुस – ९ । हाल मुलुकमा भइरहेको संसद्को गतिरोधले देशमा निरङ्कुशता र अतिवादलाई फाइदा पुग्ने खतरा रहेको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बताएका छन्। मन्त्री महतले भने–“संसद् प्रजातान्त्रिक अभ्यास गर्ने थलो भएकाले यसलाई बन्द गराउन खोजिनु कुनै पनि निकास वैधानिक र सर्वमान्य हुँदैन।” धादिङको ढोला गाविसमा आयोजित धार्मिक महोत्सव तथा ज्ञान महायज्ञमा बोल्दै उनले संविधान संशोधनप्रति […]

  • राजनीति
  • पारदर्शी सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन

    पुस – ९। प्रधानमन्त्री पुष्पकमल दाहालले छिटोछरितो, पारदर्शी तथा सुशासन कायम गर्ने गरी सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिनुएका छन् । शनिबार जिल्ला प्रशासन कार्यालय दाङमा सरकारी कार्यालयका कार्यालय प्रमुखलाई निर्देशन दिदैं उनले विकास निर्माणका कामलाई योजना बनाएर तोकिएकै समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री दाहालले नेपाली जनताले राष्ट्र सेवक कर्मचारीवाट राम्रो कामको अपेक्षा चाहेका छन् […]

  • समाचार
  • कीर्ति राख्ने गरी काम गर्न कर्मचारीलाई सभामुखकाे निर्देशन

    पुस –  ९ । सभामुख ओनसरी घर्तीले देश र जनताको हितका पक्षमा कीर्ति राख्ने गरी काम गर्न संसद् सेवाका कर्मचारीलाई निर्देशन दिएकी छिन् । उमेर हदका कारण सेवानिवृत्त हुन लागेका व्यवस्थापिका–संसद् सचिवालयका सचिव सोमबहादुर थापाको बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक र जनताको हितमा काम गर्ने जो कसैको पनि इतिहासले मूल्याङ्कन गर्ने धारणा राखिन् । […]

  • समाचार
  • विकासका लागि साझा दृष्टिकोण आवश्यक–राष्ट्रपति भण्डारी

    पुस – ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले दलीय दृष्टिकोणभन्दा माथि उठेर विकास निर्माण कार्यमा सबै दललाई अगाडि बढ्न सुझाव दिएकी छिन् । मदन भण्डारी स्मृति प्रतिष्ठानद्वारा आज इटहरा–८ मा इटहराको विकास र समृद्धिका लागि ‘मदन ग्राम प्रवद्र्धन’ कार्यक्रममा सो सुझाव दिएकी हुन् । मोरङ शीर्ष नेताहरुको जिल्ला भएपनि सो अनुरुपको विकास नभएको चर्चा गर्दै उनले सांसदलाई […]

  • राजनीति
  • आन्दोलनलाई छोडेर वार्ता र सहमतिमा आउनुको विकल्प छैनः प्रधानमन्त्री

    पुस ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयन गर्न सबै दल एक ठाउँमा आउनुको विकल्प नरहेको बताएका छन् । रुकुमको चुनवाङमा गुरिल्ला ट्रेल (युद्ध पर्यटन)को  शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक संविधान कार्यन्वयन हुन नदिनका लागि विभिन्न तत्वहरु लागि परेकाले सबै आन्दोलनलाई छोडेर वार्ता र सहमतिबाट अगाडि बढ्नुपर्नेमा जोड दिए । नयाँ संविधान घोषणाका […]

  • समाचार
  • थप विद्युत् उपत्यकामा ल्याउन समस्या

    पुस – ९ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप विद्युत् आयात गरेपनि तत्काल काठमाडौं उपत्यकामा ल्याउन समस्या हुने बताएको छ । निर्माणको क्रममा रहेको खिम्ती–ढल्केबर प्रसारणलाइन र हेटौंडा–स्यूचाटार प्रसारणलाइनको काम जारी रहेका कारण भारतबाट थप विद्युत् आयात भएपनि काठमाडौ ल्याउन समस्या हुने भएको हो । भारतबाट आयात हुने थप विद्युत् हेटौंडासम्म ल्याइने र पश्चिम र […]

  • अपराध सुरक्षा
  • कैद र जरिवानाको सजाय पाएर फरार अपराधी पक्राउ

    पुस ९  । सवारी ज्यान तथा कैदीबन्दी भागे भगाएको मुद्दामा कैद र जरिवानाको सजाय पाएर फरार भएका दुई जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ । जिल्ला अदालत सिरहाबाट २०६९ असार २४ गते सवारी ज्यान मुद्दामा १६ दिन कैद तथा रु दुई हजार जरिवाना पाएर फरार सिरहा नगरपालिका–६ निवासी ३५ वर्षीय रासिन्द्र महरालाई पक्राउ गरिएको […]

  • देश
  • रुकुम: तीस पसल हटाइए

    पुस ९ । सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका ३० गुम्टी(सडक किनारका ससाना काठका पसल) शुक्रबार हटाइएको छ । मुसिकोट नगरपालिका, खलङ्गा बजार क्षेत्रमा रहेका गुम्टीलाई नगरपालिकाले राजनीतिक दलको सहयोगमा हटाइएको कार्यकारी अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए । खलङ्गा बजार क्षेत्रअन्तर्गत सहिद मैदान, पुष्पलाल चोक, कालिका मन्दिरलगायत ठाउँमा त्यस्ता गुम्टी थिए । सार्वजनिक ठाउँमा बनाइएका पसलघरले बजार […]

  • समाज
  • गुणस्तर परीक्षण गर्ने केन्द्र नै प्रयोगशालाविहीन

    पुस – ८ । राष्ट्रिय सर्तकता केन्द्रले प्राविधिक प्रयोगशाला स्थापनाका लागि संसदीय समिति समक्ष हारगुहार गरेको छ । भौतिक पूर्वाधार एवम् विकास आयोजनाको गुणस्तर परीक्षण गर्ने प्रमुख जिम्मेवारी बोकेको उक्त केन्द्रमा अझै आधुनिक प्रविधिको प्रयोगशाला स्थापना हुन सकेको छैन । केन्द्रले प्रयोगशाला स्थापना गर्न हालसम्म गरेको पहलले सार्थकता पाउन नसकेको विषयमा व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन […]

  • राजनीति
  • ‘संविधान संशोधन विधेयक अपूरो’

    पुस – ८ । नयाँशक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकारले प्रस्ताव गरेको संविधान संशोधन विधेयक अपूरो रहेको बताएका छन । महिला शक्ति नेपालको प्रथम राष्ट्रिय भेलालाई  सम्बोधन गर्दै उनले अहिलेको संशोधन विधेकलाई परिमार्जित गरेर सबै दलको रायअनुसार संशोधन गर्नुपर्ने बताए। पूर्व प्रधानमन्त्रीसमेत रहेका संयोजक भट्टराईले संशोधन प्रस्ताव अपूरो रहेका कारण विभिन्न दल र बासिन्दाको […]

  • समाचार
  • लोकगायक थापाको निधन

    पुस ७ । लोकगायक मधुबाबु थापाको ६३ वर्षका उमेरमा विहीबार निधन भएको छ । रेडियो नेपालमा करिब तीन दशकदेखि करार सेवामा कार्यरत् थापाको सानेपास्थित निवासमा अचानक बेहोस भएपछि उपचारका क्रममा बागबजारस्थित मोडेल अस्पतालमा निधन भएको नेपाली गीत–संगीतका अध्येता प्रकाश सायमीले जानकारी दिए । उनी विहीबार बिहान रेडियो नेपालमा आफ्नो कार्यसम्पादन पूरा गरी घर फर्किएका थिए […]

  • अर्थ/बजार
  • सेयर बजारमा सामान्य सुधार

    पुस – ७ । लगातार घट्दै आएको सेयर बजारमा बिहीबार सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक ४.७८ बिन्दुले बढेर एक हजार ४७५.४१ बिन्दुमा पुगेको छ । लगातार ओरालो लागेको बजारमा सामान्य वृद्धिको पछाडि नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउने विषयमा भएको सहमतिले काम गरेको बताइएको छ । नेपाल टेलिकमको सेयर […]

  • समाचार
  • सूचना आयोगको अनलाइन प्रणालीबाट आठ सय सूचना मागिए

    पुस – ७ । राष्ट्रिय सूचना आयोगले विभिन्न १८ जिल्लामा सुरु गरेको अनलाइन प्रणालीबाट हालसम्म ८ सय नागरिकले सूचना मागेका छन्। बजेट र जनसरोकारका हिसाबले चासो हुने छ वटा मन्त्रालयका जिल्ला कार्यालयका सूचना माग्न र दिन तथा सूचना नपाइए पुनरावेदन गर्न इन्टरनेटबाटै सहज भएपछि सूचनाको हकको प्रयोग बढेको हो। आयोगले तयार गरेको सफ्टवेयर र अनलाइनबाट […]

  • अपराध सुरक्षा
  • बहुविवाहको आरोपमा पक्राउ

    पुस – ७ । बहुविवाहको आरोपमा डिवन गाविस -१ का ३५ वर्षीय उमेशप्रसाद यादव र उनकी कान्छी पत्नी २० वर्षीया बुचीकुमारी यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । जिल्लाको नर्घौ गाविस – ५ स्थित माइती घर भएकी उमेशकी जेठी पत्नी ३२ वर्षीया रम्भाकुमारी यादवले पुस १ गते प्र्रहरीमा दिएको उजुरीका आधारमा उमेशलाई पक्राउ गरिएको प्रहरीले […]

  • समाचार
  • भक्तपुरबाट चार बन्दकर्ता पक्राउ

    पुस – ७ । नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादी समूहले बिहीबार आयोजना गरेको उपत्यका बन्दका क्रममा बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले भक्तपुरबाट चारजनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिकास्थित दोलखाली खाजा घरबाट माओवादी मजदुर सङ्गठनका केन्द्रीय सदस्य युवराज आचार्य, क्रान्तिकारी मजदुर सङ्गठनका जिल्ला अध्यक्ष विक्रम आचार्य, विप्लव समूहका भक्तपुर जिल्ला अध्यक्ष कुशल बोगटी र अखिल क्रान्तिकारीको […]

  • समाचार
  • निर्वाचनसँग सम्बन्धित विधेयकहरुकाे अध्ययन गरी सुझाव दिन उपसमिति गठन

    पुस – ७ । निर्वाचनसँग सम्बन्धित तीनवटा प्रस्तावित विधेयकलाई विस्तृत अध्ययन गरी सुझाव दिन व्यवस्थापिका–संसद्, राज्यव्यवस्था समितिले उपसमिति गठन गरेको छ । समितिको बिहीबार बसेको बैठकले ११ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो । सो उपसमितिमा नेपाली काँग्रेसका तर्फबाट आनन्द ढुङ्गाना, ईश्वरी न्यौपाने र रामकृष्ण यादव, नेकपा एमालेको तर्फबाट गङ्गालाल तुलाधर, मानप्रसाद खत्री र […]

  • राजनीति
  • संशोधन विधेयक प्रस्ताव यथास्थितिमा संशोधन हुन नसक्ने – अध्यक्ष थापा

    पुस – ६ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन विधेयक प्रस्ताव यथास्थितिमा संशोधन हुन नसक्ने बताएका छन् । राप्रपा भक्तपुरको संयोजनमा यहाँ बुधबार आयोजित राप्रपा मध्यमाञ्चलस्तरीय क्षेत्रीय बैठकमा उनले संशोधन प्रस्तावका केही बुँदा राष्ट्रहित विपरीत भएको जनाउँदै त्यसलाई परिमार्जन नगरी संविधान संशोधन गर्नु नहुने बताए । अध्यक्ष थापाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका […]

  • राजनीति
  • निकासको अन्तिम विकल्प स्थानीयतहको निर्वाचन – कानुनमन्त्री नायक

    पुस – ६ । कानुनमन्त्री अजयशङ्कर नायकले अहिलेको राजनीतिक समस्या निकासको अन्तिम विकल्प भनेको नै स्थानीयतहको निर्वाचन भएको बताएका छन्। रफतसञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले राष्ट्रवादको कुरा गर्ने र मधेसको माग सम्बोधन गर्ने दुबै पक्षको समस्याको निकास स्थानीय निकायको निर्वाचन मात्र भएको बताए । मन्त्री नायकले ‘अहिले राष्ट्रको पहिलो आवश्यकता भनेको नै […]

  • समाज
  • आदिवासी जनजाति महासङ्घको महाधिवेशन पहुँच, प्रतिनिधित्व र पहिचान स्थापनामा केन्द्रीत

    पुस – ६ । चितवनमा बुधबार सम्पन्न नेपाल आदिवासी जनजाति महासङ्घको नवौं केन्द्रीय महाधिवेशनले प्रादेशिक संरचनामा पहुँच, प्रतिनिधित्व र पहिचान स्थापनाका लागि अभियान चलाउने निष्कर्ष निकालेका छन्। सङ्घीयतालाई सुरक्षित पार्दै आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्नका लागि गैर आदिवासीलाई जानकारी गराउन जरुरी रहेको निष्कर्ष जनजाती महासङ्घको छ। महासङ्घले यसलाई अभियान्तमक आन्दोलनको रुपमा अघि बढाउने निष्कर्ष निकालेको […]

  • समाचार
  • समाजकल्याणका काम गर्न परराष्ट्रमन्त्रीकाे विद्यार्थी सङ्घलाई आग्रह

    पुस – ६ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले विद्यार्थीको हक हितका अतिरिक्त समाजकल्याणका काममा पनि लाग्न नेपाल विद्यार्थी सङ्घलाई आग्रह गरेका छन्। बानेश्वर शान्तिनगरस्थित ज्येष्ठ नागरिक आवासगृहका ज्येष्ठ नागरिकलाई नेपाल विद्यार्थी सङ्घद्वारा प्रदान गरिएका कम्बल वितरण गर्दै मन्त्री डा महतले समाजमा आश्रयहीन नागरिक, बालबालिका तथा वृद्धवृद्धाको सहयोगका लागि विद्यार्थी वर्गले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। […]

  • राजनीति
  • काँग्रेसका कोषाध्यक्षको सम्मेलन पुस ८ गते

    पुस – ६ । नेपाली काँग्रेसका कोषाध्यक्षको प्रथम राष्ट्रिय सम्मेलन यही पुस ८ गते हुने भएको छ। पार्टी सञ्चालनका लागि लेवीको व्यवस्थालाई थप व्यवस्थित बनाउने, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा हुने गरेका आर्थिक व्यवस्थापनको बारेमा वृहत छलफल गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको हो । बुधबार आयोजित पत्रकार सम्मेलन नेपालमा क्रियाशील राजनीतिक दलहरूले पार्टी कोष निर्माणका लागि […]

  • मनोरञ्जन
  • पाेखरामा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरु

    पुस ६ । पोखरा सभागृहमा आजदेखि अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरु भएको छ । तीन दिनसम्म चल्ने सो महोत्सवमा नेपाललगायत २२ देशका ५२ वटा चलचित्र देखाइनेछ । पोखरा फिल्म सोसाइटीको आयोजनामा भएको सो महोत्सवअन्तर्गतका चलचित्र साँझ पोखराको बाराहीचोक, रामबजार र नयाँबजारको राममन्दिर अगाडि समेत प्रदर्शन गरिने सोसाइटीका अध्यक्ष घनश्याम लामिछानेले जानकारी दिए । प्रदर्शनमा उत्कष्ट […]

  • प्रविधि
  • यस्तो छ आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य

    पुस ६ । चारसय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी डेढ वर्ष्भित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ दु्रतगतिमा काम भइरहेको छ । गत वर्षको भूकम्पबाट क्षतविक्षत भएको पहुँचमार्ग परिवर्तन गरी सुरुङ खनेर बाँधस्थलसम्म पुग्ने बाटो गत मंसिर १६ गते सम्पन्न भएपछि २०७५ असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाले तीव्र गतिमा काम अगाडी […]

  • समाचार
  • विदेश गएका पनि फर्किए: बोका–पाठी बेचेर वार्षिक रु १५ लाख आम्दानी

    पुस  – ६ । ‘मलेसिया गएको २५ वर्षको कान्छो छोरो अशोकलाई एक वर्ष नपुग्दै फिर्ता बोलाएँ । जेठो छोरो टेकनाथ कतारमा छ । उसलाई पनि बोलाएँ । स्वदेशमा खसी–बाख्रा पाल्दा नै राम्रो कमाइ भएपछि किन विदेशमा गइरहनु ?|’ यो भनाइ हो – युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरिरहनुभएका फणीन्द्रप्रसाद सुवेदीको […]

  • खेल
  • सातौँ राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलबाट पाँचसय ४२ जना खेलाडी

    पुस – ५ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता – २०७३ मा पश्चिमाञ्चल विकास क्षेत्रबाट पाँचसय ४२ जना खेलाडी सहभागी हुने भएका छन्। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराद्वारा मंगलबार आयोजित छनोटमा परेका खेलाडीको बिदाइ कार्यक्रममा समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले यस क्षेत्रबाट विभिन्न ३० वटा खेलमा प्रतिस्पर्धा गराइने जानकारी दिए। योगीका अनुसार पुस ८ देखि […]

  • समाचार
  • जनतासँग सरोकार राख्ने विषयले सञ्चारमाध्यममा प्राथमिकता पाउनुपर्ने

    पुस – ५ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले ग्रामीण क्षेत्रका बहुसङ्ख्यक जनतासँग सरोकार राख्ने विषयले सञ्चारमाध्यममा प्राथमिकता पाउनुपर्ने बताएका छन्। लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजको आज ज्ञापनपत्र बुझ्दै सञ्चारमन्त्री कार्कीले सञ्चारमाध्यमले समाजमा उत्प्रेरणा दिने खालका समाचारलाई बढी प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले भने, “पत्रकारलाई खबर केन्द्र वा सिंहदरबारमा मात्र छ भन्ने परेको छ। म […]

  • समाचार
  • स्वास्थ्यमन्त्री थापाद्वारा कटारी अस्पताललाई करोडौँ मूल्यका उपकरण हस्तान्तरण

    पुस – ५ । स्वास्थ्य मन्त्री गगन थापाले मंगलबार उदयपुर जिल्लाको कटारी अस्पताललाई करोडौँ मूल्यका बिभिन्न नयाँ उपकरण हस्तान्तरण गरेका छन्। नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले मन्त्री थापालाई हस्तान्तरण गरेको करोडौँ मूल्यको उपकरणहरू डिजिटल एक्स–रे मेसिनसहित एम्बुलेन्स मन्त्री थापाले आज कटारी अस्पताललाई हस्तान्तरण गरेको कटारी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए। अस्पतालमा उपकरण हस्तारन्तरण […]

  • राजनीति
  • ‘वैशाखको अन्तिम साता स्थानीय तहको निर्वाचन’

    पुस – ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाखको अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने तयारी भइरहेको बताएका छन्। प्रेस सेन्टर नेपाल प्रदेश नं ६ ले मंगलबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने – तहको निर्वाचनपछि मात्र संविधान पूर्णरुपमा कार्यान्वयनमा आउने भएकाले सरकार स्थानीय तहकै निर्वाचन गराउने तयारीमा लागेको छ। प्रधानमन्त्री प्रचण्डले मधेसी, थारु, […]

  • समाचार
  • तिवारीको हत्या छानबिन गर्न चार सदस्यीय समिति गठन

    पुस – ५ । सरकारले नेकपा एमालेको भ्रातृ सङ्गठन युवा सङ्घ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्याको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माको संयोजकत्वमा आज चार सदस्यीय समिति गठन गरेको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए । उनले समितिले घटनाको छानबिन गरी […]

  • राजनीति
  • संसद् अवरुद्ध गर्दा स्थानीय तहको निर्वाचन सङ्कटमा – अध्यक्ष राणा

    पुस – ५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले नेकपा एमालेले नियमित रुपमा संसद् अवरुद्ध गर्दा स्थानीय तहको निर्वाचन गर्ने योजना सङ्कटमा परेको आरोप लगाएका छन्। रफत सञ्चार क्लबले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता राणाले सरकारले निर्वाचन गर्ने तयारी गरिरहँदा निरन्तर भएको संसद् अवरोधले निर्वाचन योजना सङ्कटमा परेको बताएका हुन्। उनले भने“स्थानीय […]