• वर्ल्ड
  • भारतमा यात्रुबाहक बस दुर्घटना, ४४ जनाको मृत्यु

    वैशाख–६ । उत्तरी भारतको हिमालयन क्षेत्रमा भएको बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ । पहाडी अफ्ट्यारो बाटोबाट गहिरो खोँचमा खसेर बस दुर्घटना भएको घटनास्थलमा पुगेको स्थानीय सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । हिमाञ्चल प्रदेश अन्तर्गत पर्ने सिम्लाका जिल्ला आयुक्त रोहनचन्द ठाकुरले प्रारम्भीक विवरणअनुसार अहिलेसम्म ४४ जनाको मृत्यु भएको खवर आफुलाई प्राप्त […]

  • समाचार
  • राष्ट्रपतिको भारत भ्रमणः जाँदा–आउँदा सार्वजनिक बिदा दिने सरकारको निर्णय

    वैशाख–३ । राष्ट्रपति विद्यादेवी भण्डारी भोलि पाँच दिने राजकीय भ्रमणका लागि भारत जाँदैछिन् । यसै सन्दर्भमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति भण्डारी भारत जाँदा र स्वदेश फर्कदा दुबै दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गणतन्त्र स्थापनापछि राष्ट्रप्रमुख विदेश भ्रमणमा जाँदा–आउँदा बिदा दिइएको यो पहिलो पटक हो । राजतन्त्र रहँदासम्म राजा कुनै देशको भ्रमणमा […]

  • समाज
  • डेढ वर्ष बिना कसुर कारावासमा बिताउँदा पनि कानुनी झन्झट

    चैत्र–२७ । दुई वर्षअघि भारतमा धार्मिक प्रवचन सुन्न पुगेका करिब २५ नेपाली डेढ वर्ष कारागारमा बसेपछि पनि अहिलेसम्म कानुनी झन्झटबाट मुक्त हुन पाएको छैन् । ‘पूर्ण ब्रह्म कवीर उपासक समाज’ नेपालले आज विराटनगरमा पत्रकार सम्मेलन गरी नेपालीलाई कानुनी झन्झटबाट मुक्त पार्नका लागि नेपाल सरकारलाई पहल गर्न आग्रह गरेको छ । भारतको हरियाणा राज्यस्थित हिसार बलवालाको […]

  • समाचार
  • भारतकाे प्रसिद्ध सहरमा अादिकवि भानुभक्तकाे सालिक स्थापना

    चैत्र–२६ । मूर्तिकलाका निम्ति भारतको प्रसिद्ध सहर कृष्णनगर(पश्चिम बङ्गालको नदिया जिल्ला)मा आदिकवि भानुभक्त आचार्यको अर्धकदको सालिक स्थापना गरिएको छ । कोलकातादेखि ४५ किमि दूरीमा पर्ने कल्याणी नगरपालिकाको सम्पूर्ण रेखदेख र नेपाली जनसेवा समाजकल्याणको सहयोगमा गत हप्ता नेपाली वाणिज्यदूतावास कोलकाताका महावाणिज्यदूत एकनारायण अर्याल र नगरपालिकाका चेयरम्यान सुशीलकुमार तालुकदारको सालिकको अनावरण गरे । सो अवसरमा नेपाली जनसेवा […]

  • समाचार
  • पूर्वसुरक्षा प्रमुखहरुलाई समेत बोलाएर भारतले के गर्न खोजेको हो !

    चैत्र–२६ । भारतले पछिल्लो समय नेपालमा आफ्नो सुरक्षा चासोलाई सरकारी स्तरमा मात्र नभएर जनस्तरमै व्यक्त गर्न थालेको छ । राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणको पूर्वसन्ध्यामा पूर्व–प्रधानसेनापति सहितलाई निम्त्याएर भारतले देहरादूनमा सुरक्षासम्बन्धी कार्यक्रम गर्न लागेको छ । आगामी मंगलबार र बुधबार हुने ‘नेपाल भारत सम्बन्धमा रक्षा र सुरक्षाका विषयहरु’ नामक दुईदिने कार्यशालामा सहभागी हुनेको सूचीमा पूर्वप्रधानसेनापतिद्वय […]

  • प्रवास
  • हावाहुरी र हिमपातका कारण भारतमा दुई नेपाली विद्यार्थीको मृत्यु

    चैत्र–२६ । भारतको राजधानी नयाँदिल्लीमा चार्टर एकाउन्टेन्ट पढ्दै गरेका दुई विद्यार्थीको हिमाञ्चल प्रदेशस्थित कुल्लु मोनालीमा हावाहुरी र हिमपातका कारण मृत्यु भएको छ । उनीहरु एक साताअघि दिल्लीबाट ट्रेकिङका लागि त्यहाँ गएका थिए । मृत्यु भएकामा काठमाडौं निवासी विप्रा पोखरेल र चम्पापुर कञ्चनपुरका सन्तोष ऐर छन् । बुधबार साँझ ८ बजे अचानक चलेको हावाहुरी र हिमपातमा […]

  • वर्ल्ड
  • भारतका झन्डै २०० प्रहरी अस्पताल भर्ना

    चैत्र–२० । भारतका झन्डै २०० अर्धसैनिक प्रहरी जवान विषाक्त खानाका कारण अस्पताल भर्ना भएका छन् । भारतको दक्षिणी क्षेत्रमापर्ने केरला राज्यमा भएको एक तालिममा खाना खाएपछि प्रहरीहरु विरामी भएपछि अस्पताल भर्ना गरिएको हो । सेन्ट्रल रिजर्भ पोलिस फोर्स (सिआरपीएफ)मा आवद्ध ती प्रहरी प्रशिक्षार्थीहरु र तालिममा रहेका अन्य सुरक्षाकर्मीले खानाको रुपमा भात र माछा खाएका थिए […]

  • अर्थ/बजार
  • भारतले नेपालीको ४५ सय भारतीय नोट मात्रै साट्ने निर्णयले बैठक निष्कर्षविहीन

    चैत्र–१३ । नेपालीसँग रहेको ४५ सय नोट मात्रै भारतले साट्न सकिने बताएको छ । एक हजार र ५ सय दरका ४५ सय नोट मात्रै साट्न सकिने भनाइमा नेपाल राष्ट्र बैंकका अधिकारीहरुले असहमति जनाएका छन् । आइतबार बालुवाटारस्थित राष्ट्र बैंक कार्यालयमा नेपाल र भारतका केन्द्रीय बैंकका अधिकारीहरुबीच बीच द्विपक्षीय बैठक बसेको थियो । बैठकमा रिजर्भ बैंक […]

  • वर्ल्ड
  • भारतलाई वार्तामा बस्न पाकिस्तानी राष्ट्रपतिको प्रस्ताव

    चैत्र–१० । पाकिस्तानका राष्ट्रपति मम्नुन हुसेनले आपसी विवादलाई शान्तिपूर्ण तरिकाले समाधान गर्नका लागि वार्तामा बस्न बिहीबार भारतलाई प्रस्ताव गरेका छन् । पाकिस्तानको गणतन्त्र दिवसका अवसरमा राजधानी इस्लामावादमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति हुसेनले कस्मिरमा भइरहेको विवादसहितका सबै विवाद वार्ताको माध्यमबाट समाधान खोज्न आह्वान गरेका हुन् । उनले गैरजिम्मेवार व्यवहार, हिंसात्मक गतिविधिले सुरक्षा चुनौती बढ्दै गइरहको […]

  • मनोरञ्जन
  • सिद्धु कपिल शर्मा शोमा आउन नपाउने

    चैत्र–१० । भारतको चर्चित कमेडि शो ‘द कपिल शर्मा शो’मा अब नवजोत सिंह सिद्धु देखिने छैनन् । मन्त्री भएपछि टिभी शो गर्नु अवैधानिक मानिने भएकाले उनी चर्चित कमेडियन कपिल शर्माको शोबाट बिदा लिने तयारीमा लागेका हुन् । सिद्धु पन्जाबका नवनियुक्त मन्त्री हुन् । सिद्धुलाई पन्जाबका एड्भोकेट जनरलले मन्त्रीभएको समयमा टिभी शो गर्नु अवैधानिक हुने बताएका […]

  • अर्थ/बजार
  • भारतबाट तीन अर्ब ९१ करोडको कृषिजन्य वस्तु आयात

    चैत्र–१० । भारतबाट कञ्चनपुरमा तीन अर्ब ९१ करोड ५८ लाख २४ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात गरिएको छ । कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०७२–७३ देखि चालु आवको हालसम्ममा एक लाख पाँच हजार ५५ मेट्रिक टन कृषिजन्य वस्तु भारतबाट आयात गरिएको हो । आयात गरिएका वस्तुमा खाद्यान्न सबैभन्दा बढी २५ हजार सात सय ७२ […]

  • समाज
  • नेपाली महिला कामदार भारतमा सम्पर्कविहीन

    चैत्र–९ । भारतको गुजरातमा एक नेपाली महिला कामदार चार दिनदेखि सम्पर्कविहीन भएकी छन् । सम्पर्कविहीन हुनेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–४ आम्चौराका भाष्कर सुवेदीकी २२ वर्षीया श्रीमती बेलु सुवेदी रहेको प्रवासी नेपाली सङ्घ भारतका सदस्य नरेन्द्र कलौनीले जानकारी दिए । आइतबार बिहान काम गर्न भनी कम्पनीतिर गएकी बेलु कम्पनी नपुगी गुजरात वलसाड जिल्ला जिआइडिसी उमरगाम गङ्गानगर हेमन्तभाइको […]

  • वर्ल्ड
  • भारतको आगरमा बम बिस्फोट, ताजमहलमा आइएसको आक्रमण गर्ने योजना

    चैत्र–५ । भारतको आगरामा शनिबार छुट्टा–छुट्टै ठाउँमा दुईपटक बम बिस्फोट भएको छ । बिस्फोटका कारण सर्वसाधारणमा त्रास फैलिएको छ । एक बिस्फोट आगराको रेलवे स्टेशन नजिक र अर्को प्लम्बरको घरमा भएको बताइएको छ । अहिलेसम्म कोही घाइते भएको सूचना भने नआएको र बिस्फोट हुने बितिकै घटनास्थलमा पुलिस फोर्स र डीआईजी उक्त स्थानमा पुगेको भारतीय सञ्चारमाध्यमले […]

  • खेल
  • धोनी बसेका पाँच तारे होटलमा आगलागी, घरेलु क्रिकेट म्याच रद्द

    चैत्र–४ । भारतको राजधानी नयाँ दिल्लीस्थित पाँच तारे होटलमा आगलागी भएको छ । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीसमेत बसेका आइटीसी वेलकम होटलमा शुक्रबार बिहान अचानक आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । धोनीसहित झारखण्ड क्रिकेट टिमका खेलाडी उक्त होटलमा बसेका थिए । खेलाडीहरु खाजा खान व्यस्त रहेको समयमा अचानक आगलागी भएको बताइएको छ । होटलमा […]

  • राजनीति
  • उपप्रधानमन्त्री निधि र भारतीय गृहमन्त्रीबीच भेटवार्ता

    चैत्र–३ । भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय समकक्षी राजनाथ सिंहबीच बिहीबार बिहान भेटवार्ता भएको छ । नर्थ ब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको मृत्यु भएको घटनाबारे गृहमन्त्री सिंहको ध्यानाकर्षण गराएका गृह मन्त्रीका प्रेस संयोजक रामजी दाहालले जारी गरेका […]

  • समाज
  • ‘भारु सटहीमा भारत सकारात्मक’

    फागुन–२० । भारतीय अर्थमन्त्री अरुण जेट्लीले भारतले केही समयअघि प्रतिबन्धित गरेका पाँच सय र हजार दरका नोटको नेपालले सटही सुविधा प्राप्त गर्ने बताएका छन् । उद्योग मन्त्रालय तथा नेपाल लगानी बोर्डको आयोजनामा लगानी सम्मेलनलाई सम्बोधन गर्न नेपाल आउनुभएका भारतीय अर्थमन्त्रीले शुक्रबार पत्रकारसँग कुरा गर्दै नेपालमा प्रचलित ठूला दरका भारु नोटको सटहीका लागि नेपाल राष्ट्र बैंक […]

  • समाचार
  • भारतका वित्त मन्त्री जेट्ली राजधानीमा

    फागुन–१९ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराको मैत्रीपूर्ण निमन्त्रणामा भारतका वित्तमन्त्री अरुणकुमार जेट्ली नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका छन् । राजधानीमा जारी ‘नेपाल लगानी सम्मेलन’मा प्रमुख वक्ताका रुपमा भाग लिन नेपाल भ्रमणमा आएका मन्त्री जेट्लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार साँझ शिष्टाचार भेट गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल र आफ्ना नेपाली […]

  • समाज
  • भारतमा एक नेपाली मृत भेटिए

    फागुन–१४ । भारतमा काम गर्न गएका एक नेपाली शुक्रबार मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा दार्चुला धारी–२ का ४० वर्षीय चन्द्रसिंह कुँवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले बताए । भारतको ‘पिथौरागढ’मा काम गर्न गएका उनी त्यहाँको धारचुलाको निङलपानीमा मृत अवस्थामा भेटिएका प्रहरी नायब उपरीक्षक खनालले बताए । उनका […]

  • खेल
  • १ सय ४ इनिङपछि कोहली ‘डक’, भारतलाई धक्का

    फागुन–१३ । भारतीय कप्तान विराट कोहली १ सय ४ इनिङपछि पहिलो पटक डक आउट भएका छन् । अस्ट्रेलियाविरुद्ध भएको पहिलो टेस्टको दोस्रो दिन पहिलो इनिङको सुरुवात गर्न आएको गम्भीर धक्का लागेको छ । पहिलो इनिङमा अस्ट्रेलिया २ सय ६० रनमा समेटिएपछि भारतले ब्याटिङ सुरु गरेको थियो । कप्तान कोहलीलाई मिचेल स्टार्कले आफ्नो दोस्रो बलको शिकार […]

  • खेल
  • अभ्यास खेलको लागि नेपाली टोली भारत जाँदै

    फागुन–१३ । नेपाली क्रिकेट टोली शुक्रबार आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत खेलको तयारीको लागि भारत जाँदैछ । बन्द प्रशिक्षणबाट छानिएका १९ मध्ये कप्तान पारस खड्का बाहेक १८ खेलाडी र ६ जना प्रशिक्षण र व्यवस्थापनकासहित २४ सदस्यीय नेपाली टोली शुक्रबार बेलुका ५ बजे भारतको दिल्ली हुँदै नोयडाका लागि जान लागेको हो । कप्तान पारस भने […]

  • खेल
  • दृष्टिविहीन विश्वकप क्रिकेटको उपाधि भारतलाई, पाकिस्तान ९ विकेटले पराजित

    फागुन–१ । भारतले दृष्टिविहीन विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेटको उपाधि जितेको छ । भारतले फाइनलमा पाकिस्तानलाई ९ विकेटले पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो । भारतले यो उपाधि दोस्रो पटक जितेको हो । यसअघि सन् २०१२ मा पनि फाइनलमा पाकिस्तानलाई नै २९ रनले हराएर उपाधि जितेको थियो । आइतबार भएको फाइनलमा पाकिस्तानले पहिलो ब्याटिङ गर्दै भारतलाई […]

  • वर्ल्ड
  • भारतको बारुदी सुरुङमा विस्फोट, ८ प्रहरीको मृत्यु ५ घाइते

    माघ–२० । पूर्वी भारतीय राज्य उडिसामा बारुदी सुरुङ बिस्फोटमा परी आठ जना प्रहरीको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरी चढेको सवारी साधनलाई लक्षित गरी बिहीबार सो विस्फोटन गराइएको अधिकारीले जानकारी दिएका छन् । प्रहरीले आक्रमणकारीहरु नक्सालवादीहरु हुनसक्ने अनुमान गरेका छन् । घटना उडिसाको प्रान्तीय राजधानी भुवनेश्वरदेखि ४३७ […]

  • वर्ल्ड
  • भारतमा एक टन तेल समुद्री तटमा फैलियो, समुद्री जीवनमा असर

    माघ–२० । भारतको चेन्नाईस्थित एन्नोर बंदरगाह नजिक मंगलबार तेल बोकेको दुई पानी जहाज ठोक्किँदा समुन्द्री तटमा एक टन तेल पोेखिएको छ ।   तेल चुहिएर तटीय क्षेत्रमा तेल फैलिएपछि उक्त क्षेत्रको सामुद्रिक जीवन तथा माझीको जीविकामा असर परेको छ ।   सरकारले स्थितिलाई नियन्त्रणमा लिने वाचा गरेको छ र प्रदूषण रोकथाप गर्ने समूहका सदस्य तेलका […]

  • खेल
  • अन्तिम एक दिवसीयमा इंग्ल्याण्ड ५ रनले विजयी, २–१ ले श्रृँखला भारतलाई

    माघ–१० । कोलकतामा आइतबार बेलुका सकिएको एक दिवसीयको तेस्रो तथा अन्तिम खेलमा भारतविरुद्ध इंग्ल्याण्ड विजयी भएको छ । एक दिवसीयको अघिल्ला दुई खेल गुमाइसकेको भारतले तेस्रो एक दिवसीयमा पाँच रनको जित निकालेको हो । खेलमा इंग्ल्याण्डले ८ विकेटको क्षतिमा प्रस्तुत गरेको तीन सय २२ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ती […]

  • अर्थ/बजार
  • भारतद्वारा तटबन्ध बनाउन ६१ करोड सहयोग

    पुस – २७ । भारत सरकारले कमला, बागमती र लालबकैया नदीमा तटबन्ध निर्माण गर्न ६१ करोड ९६ लाख ३० हजार प्रदान गरेको छ । सिँचाइ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सिँचाइमन्त्री दीपक गिरीलाई नेपालका लागि भारतका राजदूत रणजित रायले उक्त राशिको चेक हस्तान्तरण गरे । सो अवसरमा मन्त्री गिरीले नेपाल भारत सम्बन्धका विविध आयामबारे चर्चा गर्दै […]

  • वर्ल्ड
  • काश्मिरमा अज्ञात समूहको आक्रमणबाट तीन मजदुरको मृत्यु

    पुस–२५ । भारत प्रशासित काश्मिरमा सोमबार एक सेनाद्वारा निर्माण गर्दै गरेको बाटोमा अज्ञात समूहको आक्रमणमा मजदुरको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । सैनिक प्रवक्ता मनिष मेहेताले घटनापछि आक्रमणकारी भागेको र सेनाले फरार आक्रमणकारीको खोजी सुरु गरेको सेनाका जनरल रिजर्भ इन्जिनियरिङ फोर्स शिविरमा मजदुर सुतिरहेको बेलामा आक्रमण भएको जनाएका छन् । भारत पाकिस्तानबीचको अन्तर्राष्ट्रिय सिमाना […]

  • वर्ल्ड
  • आफ्नै परिवारका दश जनाको हत्या गरी एक भारतीयद्वारा आत्महत्या

    पुस–२० । भारतको उत्तर प्रदेशस्थित अमेथी जिल्लामा आफ्नै परिवारका १२ जनालाई विषादी सेवन गराई लठ्याएपछि धारिलो हतियार प्रयोग गरी १० जनालाई हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । महनोशा क्षेत्रमा भएको उत्तर घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक प्रहरी अनुसन्धानबाट ४५ वर्षीय जमालुले पहिले परिवारका सम्पूर्ण सदस्यलाई विषादी खुवाई धारिलो […]

  • खेल
  • नेपालले इतिहास बदल्न सकेन, भारतसँग ३–१ ले पराजित

    पुस–१८ । चौथो महिला साफ फुटबल च्याम्पियनसिपअन्तर्गत भएको पहिलो सेमिफाइनल खेलमा नेपाल भारतविरुद्ध ३–१ गोल अन्तरले पराजित भएको छ । भारतको पश्चिम बंगालस्थित सिलिगुढीको कञ्चनजंघा रंगशालामा भएको खेलमा ४४ मिनेटमा भारतको लागि कमला देवीले सुरुवाति अग्रता दिलाए । १–० मा रोकिएको पहिलो हाफ पछि खेलको ५८औँ मिनेटमा इन्दुमतिले गोल गर्दै भारतको अग्रता दोब्बर बनाए र […]

  • खेल
  • साफ च्यापियनसिप –नेपाल र भारत भिड्ने

    पुस–१७ । चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग सोमबार प्रतिस्पर्धा गर्ने भएको छ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा नेपालले नेपाली समयअनुसार दिउँसो सवा २ बजे विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ । नेपाल समूह एकको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने भारत समूह बीको उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको […]

  • खेल
  • चौथो साफ अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल खेल भोली

    पुस–१७ । चौथो साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले सेमिफाइनलको खेल भारतसँग खेल्ने भएको छ । समूह ‘बी’ को अन्तिम खेलमा शनिबार भारत र बंगलादेश गोल रहित बराबरी खेलेपछि भारत उपविजेता बनेको हो । यसअघि नै सेमिफाइनल पुगिसकेका भारत र बंगलादेश शनिबारको खेलसँगै गोल अन्तरका आधारमा बंगलादेश समूह विजेता भयो । समूह ‘ए’ को विजेता नेपाल […]

  • समाज
  • इंग्ल्याण्डमाथि भारतीय क्रिकेट हाबी हुँदै, पाँचौ टेस्ट पनि भारतको पक्षमा

    पुस–६ । इंग्ल्याण्ड टूर अफ इन्डिया अन्तर्गत भएको पाँचो टेस्ट क्रिकेटमा पनि भारतले जित निकालेको छ ।  पाँचौ टेस्टको दोस्रो इनिङमा रविन्द्र जडेजाले ७ विकेट लिएपछि भारतले १ इनिङ र ७५ रनले खेल जितेको हो । चेन्नाईको स्टेडियममा भएको खेलको पहिलो पालीमा २ सय ८२ रनले पछि परेको इंग्ल्याण्डले दोस्रो पालीमा २ सय ७ रन […]

  • खेल
  • यू–१९ एसिया कपमा नेपालको दोस्रो हार, भारतसँग ६ विकेटले पराजित

    पुस–१ । श्रीलंकामा जारी यू–१९ एसिया कपमा नेपाल आफ्नो दोस्रो खेलमा भारतसँग पराजित भएको छ । नेपाल भारतसँग ६ विकेटले पराजय भएको हो । नेपालले दिएको १७३ रनको लक्ष्य भारतले ४ विकेटकाे क्षतिमा ३३ .३ ओभरमा भेट्टायो । कोलम्बो क्रिकेट क्लबको मैदानमा शुक्रबार भएको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट […]

  • वर्ल्ड
  • भवन भत्किँदा मुम्बइमा तीनको मृत्यु, १२ घाइते

    मंसिर–३० । भारतको मुम्बइमा बिहीबार एउटा भवन भत्किदाँ कम्तीमा तीन जनाको मृत्यु भएको छ भने, अन्य १२ जना भन्दा बढी घाइते भएका वरिष्ठ प्रहरी अधिकारीले जनाएका छन् । “बिहीबार बिहान मुम्बईको महाराष्ट्र नगर क्षेत्रमा घर भत्किदाँ मृत्यु भएका तीन जनाको शव भेटिएको छ,” घाइतेहरुलाई तत्काल अस्पताल लगिएको छ, एक प्रहरी अधिकारीले भने । स्थानीय टेलिभिजन […]