• खेल
  • च्याम्पियन्स लिगमा बार्सिलोना युभेन्टससँग ३–० ले पराजित

    चैत्र–३० । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा बार्सिलोना युभेन्टससँग ३–० ले पराजित भएको छ । युभेन्टसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई हराउन पाउलो डिबालाले दुई तथा जर्जियो चिलिनीले एक गोल गरे । खेलको सातौं मिनेटमा डिबालाले गोल गर्दै युभेन्टसलाई सुरुवाति अग्रता दिलाएका थिए । उनले पुनः २२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै […]

  • वर्ल्ड
  • बार्सिलोनामा २० वर्ष पुराना कारमा प्रतिबन्ध

    फागुन – २५ । स्पेनको क्याटलन क्षेत्रीय सरकार (जनरलिटेट) ले सन् २०१९ को सुरुसँगै सन् १९९७ पूर्व बनेका ट्रक तथा सन् १९९४ पूर्व बनेका कारलाई बार्सिलोना सहरमा चलाउनबाट प्रतिबन्ध गरिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् । जनरलिटेट, प्रान्तीय उच्च प्रतिनिधि र स्थानीय प्रतिनिधि सम्मिलित सोमबार बसेको बैठकले पुराना कार तथा ट्रक हटाउने निर्णय गरेको हो […]

  • खेल
  • बार्सिलोनाका प्रशिक्षक एनरिकले गरे क्लब छोड्ने घोषणा

    फागुन–१९ । ला लिगाअन्तर्गत बिहीबारको खेलमा बार्सिलोनाले स्पोर्टिङ गिजोनलाई ६–१ ले पराजित गरेपछि बार्सिलोनाका प्रशिक्षक लुइस एनरिकले क्लब छोड्ने घोषणा गरेका छन् । केही समय फुटबलबाट विश्राम लिन यसै सिजनको अन्त्यमा बार्सिलोना छोड्ने उनले पत्रकार सम्मेलनमा बताएका हुन् । एनरिकको बार्सिलोनामा यो तेस्रो सिजन हो । दुई साताअघि च्याम्पियन्स लिगअन्तर्गत फ्रान्सको पेरिस सेन्ट जर्मनी (पिएसजी) […]

  • खेल
  • बार्सिलोना अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना एक प्रतिशत– नेइमार

    फागुन–५ । च्याम्पियन्स लिगमा बार्सिलोना अघिल्लो चरणमा पुग्ने सम्भावना एक प्रतिशत मात्र बाँकी रहेको नेइमारले बताएका छन् । लिगको प्रिक्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले फराकिलो हार व्यहोरेपछि अघिल्लो चरणमा पुग्ने सम्भावना निकै कम रहेको नेइमारले बताए । पहिलो लेगमा बार्सिलोना मंगलबार राति पेरिस सेन्ट जर्मेन पिएसजीसँग ४–० ले पराजित भएको थियो । नेइमारले इन्स्टाग्राममा गरेको पोस्टमा […]

  • खेल
  • सुआरेजले ९० औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई हारबाट जोगायो

    माघ–१६ । स्पेनिस ला लिगाअन्तर्गत आईतबार भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोना रियल बेटिससँग १–१ को बराबरी खेलेको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ७५ औँ मिनेटमा एलेक्स अलेग्रियाले गोल गर्दै बेटिसलाई सुरुवाति अग्रता दिलाएका थिए । तर ९० औँ मिनेटमा लिओनल मेस्सीको पास सदुपयोग गर्दै लुइस सुआरेजले हार्न लागेको खेललाई […]

  • खेल
  • बार्सिलोना विजयी, रियल मड्रिडभन्दा दुई अंकले पछि

    माघ–१० । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले एइबरलाई ४–० ले हराउँदै जित निकालेको हो । गएराति बार्सिलोनाको जितको लागि डेनिस स्वारेज, लिओनल मेस्सी, लुइस स्वारेज र नेइमारले गोल गरेका थिए । खेलको ३१ औँ मिनेटमा डेनिस स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाएका थिए । डेनिसको गोलसँगै […]

  • खेल
  • १० वर्षपछि घरेलु मैदानमै बार्सिलोनाले सोसिडाडलाई हरायो

    माघ–७ । बार्सिलोनाले कोपा डेल रेअन्तर्गत भएको क्वाटरफाइनलको पहिलो लेगको खेलमा रियल सोसिडाडलाई हराउँदै आफ्नो इतिहास फेरेको छ । २००७ देखि सोसिडाडको मैदान एनोइटामा हराउन नसकेको इतिहासलाई बार्सिलोनाले १–० ले हराउँदै फेरेको हो । १० वर्षपछि सोसिडाडलाई उसकै घरेलु मैदानमा हराउन नेइमारले गोल गरेका थिए । उनले पहिलो हाफमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै बार्सिलोनालाई […]

  • खेल
  • रियल मड्रिडसँगको अंक दूरी छोट्यायो बार्सिलोनाले

    माघ–२ । स्पेनिस ला लिगामा बार्सिलोनाले शनिबार राति भएको खेलमा जित निकाल्दै शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी छोट्याएको छ । खेलमा लास पालमसलाई ५–० ले हराउँदै बार्सिलोना विजयी भएको हो । बार्सिलोनाको जितको लागि लुइस स्वारेजले दुई गोल गरे । त्यस्तै लिओनल मेस्सी, आर्ड तुरान र एलेक्स विडालले एक–एक गोल गरे । खेलको १४ […]

  • खेल
  • मेस्सीको अन्तिम मिनेटको गोलले बार्सिलोना हारबाट बच्यो

    पुस–२५ । स्टार स्ट्राइकर लिओनल मेस्सीले बार्सिलोनालाई अस्वाभाविक हारबाट बचाएका छन् । आईतबार राति भएको ला लिगाअन्तर्गत भिलारेलविरुद्धको खेलमा निर्धारित ९० मिनेटको अन्त्यमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई हारबाट बचाएका हुन् । बलको नियन्त्रण आफ्नो पक्षमा रहेपनि गोल गर्न नसकेको बार्सिलोनाले ९०औँ मिनेटमा पाएको फ्रि किकमा मेस्सीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । भिलारेलको […]

  • खेल
  • ९ खेलाडीमा सीमित टोलीले हरायो बार्सिलोनालाई

    पुस–२२ । स्पेनिस कोपा डेल रेअन्तर्गत बिहीबार राति भएको खेलमा बार्सिलोना पराजित भएको छ । अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना एथ्लेटिको बिल्बाओसँग २–१ ले पराजित भएको हो । एथ्लेटिको बिल्बाओका लागि आरिट्ज आडुरिज र इनाकी विलियम्सले गोल गरेका थिए भने बार्सिलोनाका लागि लियोनल मेस्सीले एक गोल फर्काए । बिल्बाओको घरेलु मैदानमा भएको खेलको २५ […]

  • वर्ल्ड
  • बार्सिलोनातर्फ प्रस्थान ट्युनिस एयरकाे विमानमा बम राखिएको हल्ला चलेपछि‍‍‍‍….

    पुस – ११ ।  ट्युनिसियाको राजधानी ट्युनिसबाट स्पेनको बार्सिलोनातर्फ प्रस्थान गर्नै लागेको एउटा विमानमा बम राखिएको भन्ने हल्ला चलेपछि सो उडान निकै विलम्ब गरी उडाइएको ट्युनिसियाली गृहमन्त्रीले जानकारी दिएका छन्। ट्युनिसियाको ट्युनिस–कार्थेज अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक ट्युनिस एयरको विमानमा सबै यात्रुलाई चढाई सकेपछि सो विमानमा बम राखिएको भन्ने असत्य हल्ला अकस्मात् फैलिन गएको थियो। त्यसपछि […]

  • खेल
  • बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश

    पुस–७ । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा पुग्न सफल भएको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले हर्कुलसलाई ७–० ले हराउँदै समग्रमा ८–१ को जितसहित अन्तिम १६ मा पुगेको हो । पहिलो लेगमा १–१ को बराबरीमा रोकिएको बार्सिलोनालाई घरेलु मैदानमा भएको दास्रो लेगमा आर्ड तुरानको ह्याट्रिकको मद्दतमा ७–० को […]

  • खेल
  • मड्रिडलाई पछ्याउँदै बार्सिलोना, अंक दूरी तीनमा छोट्याए

    पुस–४ । स्पेनिस ला लिगाको डिफेन्डिङ च्याम्पियन बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोलमाथि ४–१ को सजिलो जित निकालेपछि दास्रो स्थानमा उक्लिएको हो । दोस्रो स्थानमा आएसँगै शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी तीनमा छोट्याएको छ । बार्सिलोनाको जितको लागि लुइस स्वारेजले दुई तथा लियोनल मेस्सी र जोर्डी अल्बाले […]

  • खेल
  • स्वारेज २०२१ सम्म बार्सिलोनामा अनुबन्धित

    पुस–१ । स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड प्लेयर लुइस स्वारेजले बार्सिलोनासँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार २९ वर्षीय उरुग्वे खेलाडी स्वारेज सन् २०२१ सम्म बार्सिलोनामै रहने छन् । नयाँ सम्झौता अनुसार उनले १६७.५ मिलियन पाउण्ड पाउनेछन् । लिभरपुलको पूर्व खेलाडी रहेका स्वारेजले २०१४ जुलाई यता ९७ गोल, ४८ असिस्ट र ८ वटा ट्रफि […]

  • खेल
  • ला लिगामा बार्सिलोना ३–० गोल अन्तरले विजयी

    मंसिर – २५ । स्पेनिस ला लिगामा बार्सिलोनाले ओसासुनालाई ३–० गोल अन्तरले पराजित गरेको छ । शनिबार भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ३–० गोल अन्तरले हराएको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुबै टिमले दोस्रो हाफको ५९ औं मिनेटमा वार्साका लुइस स्वारेजले गोल गर्दे १–० गोलको अग्रता लिएका थिए । त्यसपछि मेसीले खेलको ७२ औं […]

  • खेल
  • बार्सिलोनाकाे जित, समूह विजेतासँगै कीर्तिमान पनि

    मंसिर–२२ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले समूह चरणको अन्तिम खेलमा जित हात पारेको छ । बार्सिलोनाले बोरुसिया मोनचेङग्लाडबाचलाई ४–० ले हराएको हो । समूही ‘सी’ अन्तर्गतको खेलमा बार्सिलोनालाई जिताउन आर्ड तुरानले ह्याट्रिक गरे भने मेस्सीले १ गोल गरे । खेलको १६ औँ मिनेटमा बार्सिलोनाको लागि मेस्सीले सुरुवाति गोल गरे । दास्रो हाफमा […]