• राजनीति
  • नयाँ शक्तिसहित साना दलको प्रधानमन्त्रीलाई ज्ञापनपत्रसँगै ४८ घण्टे अल्टिमेटम

      चैत्र–१७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसहित विभिन्न साना दलले संयुक्त ज्ञापनपत्र बुझाएका छन् । बिहीबार संयुक्त ज्ञापनपत्र बुझाउँदै संसद्मा रहेका दलहरुले मात्रै देशैभर एउटै चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्न पाउने ऐनको प्रावधान हटाई आयोगमा दर्ता भएका सबै दललाई देशभर एउटै चुनाव चिन्हमा प्रतिस्पर्धा गर्ने व्यवस्था गर्न माग […]

  • राजनीति
  • कुनै एजेन्डा नै नबोकी प्रधानमन्त्री भद्रगोल पारामा पहिलो पटक चीन गए

    चैत्र–१२ । स्थानीय तह निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनुपर्ने मुख्य कार्यभार छाडेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘बिना प्रयोजन’ साताव्यापी भ्रमणमा उत्तरी छिमेकी मुलुक चीनतर्फ निस्केका छन् । ‘बाआओ फोरम फर एसिया’ सम्मेलनमा गर्ने नाममा कुनै ‘राजनीतिक र विकासका अजेन्डा’ नबोकी कार्यकारी प्रमुख यसरी विदेश भ्रमण गएको नेपालको राजनीतिक इतिहासमा सम्भवतः पहिलो घटनाको रुपमा चित्रित हुन पुगेको […]

  • राजनीति
  • चिनियाँ रक्षामन्त्रीसँग प्रधानमन्त्रीले भने, ‘चीनविरोधी गतिविधी हुन दिँदैनौं’

    चैत्र–१२ । नेपालले आफ्नो भूमिमा कुनै पनि किसिमको चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ । तीनदिने नेपाल भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री क्वानवान च्याङसँग प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो प्रतिबद्धता व्यक्त गरेको दोस्रो दिन शुक्रबार उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले पनि प्रतिबद्धता दोहोर्याएका हुन् । बिहीबार पुष्पकमल दाहाल र रक्षामन्त्री बालकृष्ण खाँणले च्याङसँग नेपाल एक […]

  • राजनीति
  • सङ्घीय कानुन निर्माणको कामलाई तीव्रता दिन प्रमको निर्देशन

    चैत्र–६ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधान बमोजिम आवश्यक पर्ने सम्पूर्ण सङ्घीय कानुन निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले स्थानीय तहमा कुनै विभेद विना मापदण्ड बनाएर कर्मचारी खटाउन निर्देशन दिँदै कार्यक्षेत्रमा जान नमान्ने कर्मचारीलाई कानुनबमोजिम कारबाही गरिनुपर्ने बताए । ‘सङ्घीयता कार्यान्वयनमा उदार नहुनुस्, अहिलेसम्म भएका कानुन निर्माणसम्बन्धी काम सकारात्मक छन्, नेपालको […]

  • समाचार
  • लोडसेडिङको अन्त्यले देश अँध्यारो युगबाट उज्यालोतर्फ : प्रधानमन्त्री

    चैत्र–२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत्भार कटौती अन्त्य हुनु भनेको देशलाई अँध्यारो युगबाट उज्यालो युगमा लैजानु भएको बताएका छन् । बुधबार नेपाल औषधिगत बिक्री प्रबन्धक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्री कार्यालयमा भेट गर्दै प्रधानमन्त्री दाहालले विद्युत्भार कटौतीको अन्त्यले सम्पूर्ण विकास प्रक्रियालाई नयाँ गति दिँदै नयाँ सभ्यताको सुरुवात भएको बताएका छन् । उनले भने, “सरकारले धेरै काम […]

  • राजनीति
  • जनताको अधिकार स्थापित गर्न निर्वाचन आवश्यक : प्रधानमन्त्री

    फागुन–२७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा केन्द्रित भएको जनताको अधिकार जनताको घर घरमा पुर्याउन स्थानीय तहको निर्वाचन अति आवश्यक भएको बताएका छन् । थकाली जातिको महान् संस्कृतिक चाड तोरन्ल २०७३ को शुक्रबार शुभारम्भ गर्दै उनले भने– “संविधान कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न स्थानीय तहको निर्वाचन घोषणा भएको हो ।” प्रधानमन्त्री प्रचण्डले मधेसका जनताका […]

  • अर्थ/बजार
  • लगानीका लागि उपयुक्त वातावरण बनाउने प्रयास भइरहेकाे छ – प्रधानमन्त्री

    फागुन – २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक तथा वित्तीय संस्थाले वित्तीय स्रोत परिचालन गरेर जनताको जीवनस्तर उठाउन निर्णायक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । एलायन्स फर बैंकिङ अन भ्यालुज र एनएमबी बैंकले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको सम्मेलनको उद्घाटनलाई सम्बोधन गर्दै उनले पुँजी निर्माणका लागि जीवन रक्षक मानिएको बैंक तथा वित्तीय संस्था […]

  • अर्थ/बजार
  • नेपाल लगानी सम्मेलन सुरु, नेपाल वैदेशिक लगानीको गन्तव्य बन्दै – प्रधानमन्त्री

    फागुन – १९ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको र यसको उपयुक्त वातावरण बनाउन सबैको एकमत रहेको बताएका छन्। ‘नेपाल लगानी सम्मेलन’को बिहीबार उद्घाटन गर्दै उनले सरकार वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनाउन हरसम्भव प्रयासमा लागेको बताए । शान्ति र समृद्धि एक अर्काका परिपूरक भएको बताउँदै प्रधानमन्त्री दाहालले नेपाललाई […]

  • राजनीति
  • सबै दलको समन्वयमा चुनावको मिति घोषणा हुन्छ – प्रधानमन्त्री

    फागुन – ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दलको छलफल र समन्वयमा चुनावको मिति घोषणा गर्ने बताएका छन् । शनिबार प्रथम निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले स्थानिय तहको प्रतिवेदनलाई स्वीकार्य बनाई निर्वाचनको मिति घोषणा गर्ने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले चुनावसँग सम्बन्धित राजनीतिक र कानुनी मुद्दाको टुंगो […]

  • समाचार
  • प्रधानमन्त्रीद्वारा खिम्ती–ढल्केबर प्रशारण लाईनको उद्घाटन

    माघ – २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत १७ वर्षदेखि विभिन्न समस्या र अप्ठ्यारोमा अल्झँदै आएको खिम्ती–ढल्केबर २२० केभी क्षमताको प्रसारण लाइनको  उद्घाटन गरेका छन् । जग्गा प्राप्ति, मुआब्जा वितरणलगायत विभिन्न समस्याका कारण जटिलतामा फसेको उक्त आयोजना वर्तमान सरकार गठन भएलगत्तै गरिएको पहलका कारण पछिल्लो छ महिनामै निर्माण सम्पन्न भएको आयोजनाका प्रमुख श्यामकुमार यादवले जानकारी […]

  • प्रवास
  • प्रमको घोषणाः रोजगारीका लागि भारत जान अनुमती लिनु पर्ने, वैदेशिक रोजगारीमा मृत्यु भए २० लाखसम्म क्षतिपुर्ति

    माघ – ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि विशेष सुविधासहितको योजना सार्वजनिक गरेका छन् । उनले वदैशिक रोजगारमा रहेका नेपाली युवाहरुको बिमा र अन्य सुविधाबारेमा मङ्गलबार पत्रकार सम्मेलन गरी महत्वपूर्ण घोषणा गरेको हुन् । प्रधानमन्त्री प्रचण्डले १५ बुँदे कार्यक्रम सार्वजनिक गर्दै भारत जाने सबै बालिग नागरिकको अनिवार्य बिमा गर्नुपर्ने नयाँ […]

  • समाचार
  • पेट्रोलियम पाइपलाइन निर्माण कार्य अघि बढाउन प्रधानमन्त्रीकाे निर्देशन

    माघ – ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य अघि बढाउन निर्देशन दिएका छन् । मंगलबार दिउँसो मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा भएको भेटमा प्रधानमन्त्रीले आपूर्ति, अर्थ मन्त्रालय र आयल निगमका पदाधिकारीहरुलाई अमलेखगन्ज वा चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य यथाशक्य सक्ने गरी काम अघि बढाउन पनि निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले मन्त्रालय […]

  • राजनीति
  • प्रधानमन्त्रीले रेल्वेमार्ग परिवर्तनका लागि पहल गर्ने

    माघ – ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले जयनगर–जनकपुर रेलमार्गअन्तर्गत् बिजुलपुरा–बर्दिवास खन्डको रेल्वेमार्ग (रुट) परिवर्तनका लागि पहल गर्ने बताएका छन् । धनुषा क्षेत्र नम्बर–७ बाट निर्वाचित सांसद शत्रुधन महतोको नेतृत्वमा सांसद ज्ञानबहादुर भुजेलसहितको सर्वदलीय प्रतिनिधिमन्डलसँग शुक्रबार प्रधानमन्त्री निवासमा ज्ञापनपत्र बुझ्दै उनले सो कुरा बताएका हुन् । ‘ज्ञापनपत्र हेरें, यसभन्दाअघि पनि यस्तै ज्ञापनपत्र आएको छ, रेल्वे लाइन […]

  • समाचार
  • कानुनी अन्तरविरोधले उद्योग व्यवसायलाई आधुनिकीकरणमा लैजान समस्या – प्रधानमन्त्री

    पुस – २९ । प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यको पुरातन सोच र ऐन कानुनमा रहेको अन्तरविरोधले उद्योग व्यवसायलाई आधुनिकीकरणमा जान चुनौती खडा गरिरहेको बताएका छन् । नेपाल पोल्ट्री महासङ्घको तेस्रो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले कृषि र पशुपक्षी व्यवसायलाई आधुनिकीकरण गर्न नीतिगत सुधारमा सरकारले अव विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरे। प्रधानमन्त्री दाहालले सामान्य सुधारको ढङ्गबाट होइन, […]

  • राजनीति
  • आर्थिक विकासका लागि त्रिदेशीय व्यापारिक साझेदारी : प्रधानमन्त्री दाहाल

    पुस – २७ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको आर्थिक विकासका लागि त्रिदेशीय व्यापारिक साझेदारी आवश्यक भएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ६६ औँ वार्षिक साधारणसभा तथा चेम्बर दिवस उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले त्रिदेशीय व्यापारिक साझेदारी कायम गर्नसके त्यसको सबैभन्दा बढी फाइदा नेपाललाई हुने बताए। “रुग्ण उद्योगलाई पुनःस्थापना गर्ने तयारीमा सरकार लागेको छ, वित्तीय […]

  • राजनीति
  • संशोधनसहित महत्वपूर्ण विधेयक अघि बढ्छ : प्रधानमन्त्री

    पुस – २३ । प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयदेखि अवरुद्ध संसद् भोलि (आइतबार) देखि सञ्चालन भई महत्वपूर्ण विधेयक अघि बढ्ने बताएकाछन् । राजनीतिज्ञ शान्ता श्रेष्ठद्वारा लिखित ‘मान्छेभित्रको मान्छे’ स्मरण सङ्ग्रहको आज लोकार्पण गर्दै उनले संसद् सुरु भएसँगै संविधान संशोधन प्रस्ताव, महाअभियोग प्रस्ताव र निर्वाचनसम्बन्धी विधेयकको प्रक्रिया अघि बढ्ने बताएका हुन् । प्रधानमन्त्री दाहालले भने – “संसद् भोलिदेखि […]

  • मुख्य समाचार
  • समाचार प्रभावः खानेपानी चुहावट रोक्न प्रधानमन्त्रीकाे १७ बुँदे लिखित निर्देशन

    पुस – २१ । प्रधानमन्त्री पुष्पकमल दाहालले उपत्यकाको खानेपानी चुहावट रोक्न सरोकारवाला निकायका प्रमुखलाई १७ बुँदे लिखित निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित बैठकमा उनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई बाँकी बक्यौता तत्काल उठाउन र चुहावटलाई ४० प्रतिशतबाट २० प्रतिशतमा झार्न निर्देशन दिएका खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिए। खानेपानी तथा […]

  • समाज
  • पृथ्वी जयन्तिमा विदा दिन सरकार प्रधानमन्त्री सकारात्मक

    पुस – २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पृथ्वी जयान्तिमा विदा दिने विषयमा सकारात्मक देखिएका छन् । बिहीबार पृथ्वीनारायण शाहको जन्मदिनमा सार्वजनिक विदा दिन मन्त्रिपरिषद्मा प्रस्ताव गरिएको थियो । सरकारले २०६२ ०६३ को जनआन्दोलनपछि बनेको सरकारले पृथ्वी जयान्तिमा दिइने विदा कटौती गरेको थियो । आपूर्ति मन्त्री दीपक बोहोराले बिहीबारको मन्त्रिपरिषद् बैठकमा पृथ्वीजयन्ती मनाउनु पर्ने प्रस्ताव […]

  • अर्थ/बजार
  • पुँजीगत खर्च ८० प्रतिशत पुर्याउन निर्देशन

    पुस – १८ । प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक वर्षको अन्त्यमा कम्तीमा पनि ८० प्रतिशत पुँजीगत खर्च गर्नेगरी काम गर्न निर्देशन दिएकाछन् । राष्ट्रिय विकास समस्या समाधान समितिको ३८औँ बैठकलाई सम्बोधन गर्दै उनले आव सुरु हुनुभन्दा ४५ दिनअघि बजेट आए पनि पहिलो चौमासिकमा पुँजीगत खर्च पाँच प्रतिशत मात्र हुनु दुःखद भएको बताए। “काठमाडौँ–निजगढ द्रुतमार्ग, बूढीगण्डकी जलविद्युत् […]

  • मुख्य समाचार
  • राष्ट्रिय एकताबाटै संविधान कार्यान्वयन – प्रधानमन्त्री दाहाल

    पुस – १६। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दलबीचको राष्ट्रिय एकताबाट नै संविधान कार्यान्वयन हुन सक्ने दृढता व्यक्त गरेका छन् । सामूहिक तमु ल्होछार कार्यक्रम मूल समारोह समिति पोखराद्वारा आयोजित सामूहिक तमु ल्होछार कार्यक्रममा विशिष्ट व्यक्तिहरुलाई सम्मान गर्र्दै उनले एकताबिना संविधान कार्यान्वयन असम्भव भएकाले एकताका लागि त्याग गर्न सबैसँग आग्रह गरे । ‘त्याग गर्दा […]

  • समाचार
  • विज्ञान प्रविधिको समूचित उपयोग गर्नुपर्छ: प्रधानमन्त्री

    पुस – १६ । प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान प्रविधिको समूचित उपयोग गरी राज्यको विकास र समृद्धि कायम गर्न सक्ने बताएका छन् । नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलन तथा एकता भेलाको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले पूर्वाधार निर्माण तथा विकासमा प्राविधिकको महत्वपुर्ण भूमिका रहेको बताए । उनले भूकम्पपछिको पुनःनिर्माणमा खटिएका इन्जिनियरको सुरक्षा र आवश्यकतालाई सरकारले […]

  • समाचार
  • राष्ट्रिय एकताले सबै जनजातिका पहिचान र अधिकारलाई बलियो पार्न सक्छ: प्रम दाहाल

    पुस – १५ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानलाई सबै क्षेत्र र वर्गको सर्वस्वीकार्यता बनाउनुपर्ने बताएका छन् । तमू ल्होछार, २०७३ को उपलक्ष्यमा शुक्रबार टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले निर्दिष्ट गरेका निर्वाचन निर्धारित समयभित्र सम्पन्न गर्न सरकारले प्राथमिता दिएको बताएका हुन् । प्रधानमन्त्री दाहालले भने “वर्तमान सरकारको सम्पूर्ण ध्यान संविधानलाई सर्वस्वीकार्यता र अपनत्व […]

  • समाचार
  • शिक्षा सबै वर्ग र समुदायका लागि सर्वसुलभ हुनुपर्छः प्रम

    पुस – १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शिक्षाका माध्यमद्वारा सक्षम जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन् । ललितपुरमा आज भएको त्रिविको ४२ औँ दीक्षान्त समारोहलाई सम्बोधन गदै उनले त्रिविबाट उपाधि हासिल गरेका विद्यार्थीलाई विश्व समाजमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न त्रिविको चुनौती भएको उल्लेख गरे । “शिक्षित विद्यार्थी लेखपढ गर्न कार्यमा निपुण […]

  • समाचार
  • छुवाछूतका घटनामा संलग्न दोषीमाथि कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

    पुस–१४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समयमा मुलुकका विभिन्न स्थानमा भइरहेको जातीय भेदभाव तथा छुवाछूत घटनामा संलग्न दोषीमाथि कारबाही गर्ने बताएका छन् । पछिल्लो पटक काभ्रेकी लक्ष्मी परियारको हत्यालगायत मुलुकभरि भएका छुवाछूतका घटनालाई लिएर संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति र दलित नागरिक समाजका प्रतिनिधिले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर बुझाएको ज्ञापनपत्र बुझ्दै उनले […]

  • राजनीति
  • संसद्को गतिरोध अन्त्य गर्न सभामुख घर्तीको तीनदिने अल्टिमेटम

    पुस – १४ । सभामुख ओनसरी घर्तीले तीन दिनभित्र संसदको गतिरोध अन्त्यको पहल गर्न दलहरुलाई अल्टिमेटम दिएकी छिन् । उनले अवरुद्ध संसद संचालन गर्ने सम्बन्धमा दलीय सहमति नजुटे प्रक्रियामा प्रवेश गरिने बताएकी हुन् बिहिबार रिपोर्टस क्लबको तर्फबाट ज्ञापनपत्र बुझ्दै सभामुख घर्तीले तीन दिन भित्र दलीय सहमति नजुटे व्यवस्थापिका संसदको बैठक बाटै निकास खोजिने बताइन् । संविधानको […]

  • समाचार
  • प्रधानमन्त्री अगलागी क्षेत्र आउने कार्यक्रम सर्यो

    पुस –  १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागि क्षेत्रको स्थलगत निरिक्षण गर्ने कार्यक्रम सरेको छ । प्रधानमन्त्री आगलागीबाट भएको क्षतीको निरिक्षण र पीडितहरुलाई राहत प्याकेज घोषणाका लागि पुस १३ गते संक्रान्तिबजारमा आउने कार्यक्रम रहेको थियो । प्रधानमन्त्रीको कार्यव्यस्थताका कारण निर्धारित कार्यक्रम सरेकाले पुस १९ गते उक्त […]

  • राजनीति
  • गणतन्त्रको उपलब्धिलाई उल्टाउने प्रयास भइरहेको छ – प्रधानमन्त्री

    पुस ११ – प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गर्न नदिएर जनान्दोलन र लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई उल्टाउने प्रयास भइरहेको बताएका छनु । नेपाल तामाङ घेदुङले सोमबार आयोजना गरेको ‘नेपाल तामाङ घेदुङ प्रदेश -३ प्रादेशिक भेला’मा उनले भने, ‘संविधान संशोधनको प्रस्तावमा लोकतान्त्रिक भनिने पार्टीले संसद् चल्न, बहस गर्न दिएको छैन, यहाँ परिवर्तनलाई उल्टाउने जमर्को भइरहेको छ, उल्टाउने […]

  • राजनीति
  • संविधान कार्यान्वयन नै प्रमुख आवश्यकताः प्रधानमन्त्री

    पुस–११ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमार्फत मुलुकलाई एकताबद्ध गर्दै संविधान कार्यान्वयनको चुनौतीको सामना गर्दै अगाडि बढ्नु साेमबारको प्रमुख आवश्यकता भएको बताएका छन् । एकसय चौबिसौँ माओ दिवसका अवसरमा साेमबार एक शुभकामना सन्देश दिनुहुँदै नयले प्राप्त उपलब्धिको जगमा क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्न […]

  • राजनीति
  • पारदर्शी सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन

    पुस – ९। प्रधानमन्त्री पुष्पकमल दाहालले छिटोछरितो, पारदर्शी तथा सुशासन कायम गर्ने गरी सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिनुएका छन् । शनिबार जिल्ला प्रशासन कार्यालय दाङमा सरकारी कार्यालयका कार्यालय प्रमुखलाई निर्देशन दिदैं उनले विकास निर्माणका कामलाई योजना बनाएर तोकिएकै समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री दाहालले नेपाली जनताले राष्ट्र सेवक कर्मचारीवाट राम्रो कामको अपेक्षा चाहेका छन् […]

  • राजनीति
  • आन्दोलनलाई छोडेर वार्ता र सहमतिमा आउनुको विकल्प छैनः प्रधानमन्त्री

    पुस ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयन गर्न सबै दल एक ठाउँमा आउनुको विकल्प नरहेको बताएका छन् । रुकुमको चुनवाङमा गुरिल्ला ट्रेल (युद्ध पर्यटन)को  शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक संविधान कार्यन्वयन हुन नदिनका लागि विभिन्न तत्वहरु लागि परेकाले सबै आन्दोलनलाई छोडेर वार्ता र सहमतिबाट अगाडि बढ्नुपर्नेमा जोड दिए । नयाँ संविधान घोषणाका […]

  • राजनीति
  • मधेसी, थारु, जनजातिलाई हेपेर संविधान कार्यान्वयन गर्न सकिदैनः प्रधानमन्त्री

    पुस–८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित हुने विश्वास व्यक्त गरेका छन् । ‘मधेसी, थारु, जनजातिलाई हेपेर संविधान कार्यान्वयन गर्न सकिदैन,’ गोरखाको मुच्चोकमा निर्माण भएको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाको शुक्रबार उद्घाटन गर्दै उनले भने, “यो संविधान सबैको संविधान बनाउनका लागि संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्छ ।” […]

  • राजनीति
  • ‘राष्ट्रिय सहमति निर्माण गर्न संविधान संशोधन’

    पुस–७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमति निर्माण गर्न सजिलो होस् भनेर संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको बताएका छन् । पाँचौँ धादिङ महोत्सवको बिहिबार उद्घाटन गर्दै उनले संशोधनको प्रस्ताव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले पहिले संसद्मा दर्ता गराएको प्रस्ताव भएकाले संविधान कार्यान्वयनका लागि सबैको स्वीकार्यता बढाउनका […]

  • राजनीति
  • ‘वैशाखको अन्तिम साता स्थानीय तहको निर्वाचन’

    पुस – ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाखको अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने तयारी भइरहेको बताएका छन्। प्रेस सेन्टर नेपाल प्रदेश नं ६ ले मंगलबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने – तहको निर्वाचनपछि मात्र संविधान पूर्णरुपमा कार्यान्वयनमा आउने भएकाले सरकार स्थानीय तहकै निर्वाचन गराउने तयारीमा लागेको छ। प्रधानमन्त्री प्रचण्डले मधेसी, थारु, […]

  • समाचार
  • ‘सिमकोट–हिल्सा सडक निर्माणमा प्राथमिकता दिने’

    पुस – ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुम्ला जिल्लाको हिल्सा नदीमा निर्माण गरिएको पुल मंगलवार उद्घाटन गरेका छन् । सात करोड ५० लाखको लागतमा सो पुल निर्माण गरिएको हो । प्रधानमन्त्री दाहालले राजनीतिक दलका मागबमोजिम विद्युत् उत्पादनका लागि एक अध्ययन टोली पठाउने, सिमकोट मैदानमा रु तीन करोड निकासा गरी आङ्गिक क्याम्पसलाई प्राथमिकता दिने, पर्यटकीय […]

  • राजनीति
  • सङ्घीयता खारेज गर्ने षड्यन्त्र भैरहेको छ

    पुस – २। प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै न कुनै रुपले सङ्घीयतालाई खारेज गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घको नवौँ राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उहाँले वर्तमान सरकारले चालेको कदमलाई साथ नदिए देशमा ठूलो राजनीतिक दुर्घटना हुने खतरा रहेको बताए । सङ्घीयताले देश टुक्राउँछ, सङ्घीयताले जनताको बीचमा फाटो पार्छ भन्ने एउटा पुरानो एकात्मक […]

  • राजनीति
  • प्रधानमन्त्रीद्वारा निर्वाचनको तयारी गर्न निर्देशन

    पुस – २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको आन्दोलन संविधान, सङ्घीयता र गणतन्त्र विरोधी भएको बताएका छन् ।माओवादी केन्द्र चितवनको कार्यालयमा शनिबार कार्यकर्तालाई निर्देशन दिँदै उनले संविधान कार्यान्वयनको वातावरण बनाउन सबै राजनीतिक शक्ति र जनतालाई लिएर सरकार अघि बढिरहेको बताए । संविधान संशोधन प्रस्तावमाथि विरोध गर्नेहरुले विरोधको औचित्य पुष्टि गर्न नसकेको उनले उल्लेख गरे । […]

  • समाचार
  • प्रधानमन्त्रीबाट कुलेखानी तेस्रो आयोजनाको निरीक्षण

    पुस – २ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको विकास आयोजना निर्माण गर्ने क्रममा पारदर्शी र गुणस्तरीय सेवा तोकिएको समयमा पूरा गर्न सम्बन्धित आयोजनाका प्रमुखहरू बढी जिम्मेवार हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री दाहालले मकवानपुर जिल्लाको भैसे गाविस–६ कमलमत्तामा निर्माणाधिन कुलेखानी तेस्रो आयोजनाको विद्युत् गृह जलाशय मार्ग र टर्वाइनको आज निरीक्षण गर्नुहुँदै आयोजनाका प्रमुखले छिटोछरितो ढङ्गबाट सरकारले उपलब्ध […]

  • समाचार
  • ‘निजी सम्पत्ति भएको पुष्टि भए सन्यास लिन तयार’

    पुस – १ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग कुनै निजी सम्पत्ति नरहेको बताएका छन् । प्रेस सेन्टर नेपाल कास्कीले शुक्रवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले आफूसँग भएको सम्पत्ति पनि पार्टीकै भएको जिकिर गरेका हुन् । चण्डले प्रधानमन्त्रीका रूपमा सार्वजनिक गरेको सम्पत्ति पनि पार्टीकै भएको दाबी गरे । कसैले सम्पत्ति कतैकहीँ भएको पुष्टि […]

  • समाचार
  • प्रधानमन्त्रीले सम्झिए १० वर्षअघिकाे १० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने घोषणा

    मंसिर ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा रहेको जलविद्युत् क्षेत्रको विकासमा सरकारले केही महत्वाकांक्षी कार्ययोजना अगाडि सारेको बताएका छन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएलगत्तै गठन भएको आफ्नो नेतृत्वको सरकारले नै दश वर्षमा दश हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने घोषणा गरेको स्मरण गराउँदै प्रधानमन्त्री दाहालले यस क्षेत्रमा रहेका नीतिगत, कानुनी […]

  • समाचार
  • संशोधन प्रस्ताव परिमार्जन गरी संविधान संशोधन गर्न सकिन्छः प्रधानमन्त्री

    मंसिर – २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले दर्ता गराएको संविधान सशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन् । जनकपुर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सत्ता साझेदार, प्रतिपक्ष, मधेसी मोर्चा र सम्बद्ध पक्षसँग छलफल गरी संशोधन प्रस्ताव परिमार्जन गरी संविधान संशोधन गर्न सकिने बताए । प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावमा प्रतिपक्षले पनि सहयोग […]