• समाज
  • बूढीगण्डकीको मुआब्जा वितरण

    वैशाख–१ । बूढीगण्डकी जलविद्युत् आयोजनामा घरजग्गा डुब्ने धादिङका जग्गाधनीलाई मुआब्जा वितरण सुरु गरिएको छ । जिल्लाका खरी, मैदी र सलाङका २३ जग्गाधनीलाई मुआब्जा हस्तान्तरण गरिएको छ । तिनको ३८ कित्ता जग्गाको रु तीन करोड सात लाख ५९ हजार सात सय मुआब्जा रकम राष्ट्रिय वाणिज्य बैंक धादिङबेंसी शाखामा बिहीबार जम्मा गरिएको प्रजिअ उमेशकुमार ढकालले बताए । […]

  • समाज
  • ब्रतबन्धको भोज खाँदा १६ जना बिरामी

    फागुन–२० । ब्रतबन्धको भोज खाँदा धादिङकाे ज्यामरुङ– ७ कुमाइज्यामरुङका १६ जना बिरामी परेका छन् । गाउँका सुरेश बयलकोटीका घरमा उनीहरुले शुक्रबार ब्रतबन्धको भोज खाएको स्थानीयवासी मिठु बयलकोटीले जानकारी दिइन् । बिरामीको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ। बिरामीमा पेट र टाउको दुख्ने, पखाला लाग्ने, बान्ता हुनेलगायतको लक्षण देखिएको जिल्ला अस्पताल धादिङका सुपरिटेन्डेन्ट रसिला अमात्यले बताइन् […]

  • समाचार
  • नेपाल पत्रकार महासङ्घ रसुवामा खतिवडा र धादिङमा छत्कुली विजयी

    फागुन–१८ । नेपाल पत्रकार महासङ्घ रसुवाको तेस्रो जिल्ला अधिवेशनले हेमनाथ खतिवडाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचन अधिकृत ऋषि अधिकारीका अनुसार उपाध्यक्षमा प्रेमप्रसाद पौडेल र महिला उपाध्यक्षमा अनु शर्मा, सचिवमा सीमा तामाङ, कोषाध्यक्षमा सूर्यबहादुर थोक्रा, सहसचिवद्वयमा प्रभाकर अधिकारी (खुला) र कमल तामाङ (समावेशी) रहेका छन् । त्यस्तै खुला सदस्यमा सरस्वती न्यौपाने, […]

  • पर्यटन
  • गणेश हिमालका कारण पर्यटक आकर्षित

    पुस – २२ । काठमाडौँ: गणेश हिमालले धादिङको पर्यटन विकासमा ठूलो सहयोग पुगेको व्यवसायीले बताएका छन् । गणेश हिमाल पर्यटन विकास समितिको ‘पाँचाैँ वार्षिक साधारण सभा तथा गणेश हिमाल स्मारिका विमोचन’ समारोहका सहभागिले धादिङको पर्यटकको मुख्य आकर्षणको केन्द्रविन्दु गणेश हिमाल र रुवी भ्याली रहेको बताएका हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बाँनियाले […]

  • समाज
  • असिना र हिमपातले जनजीवन कष्टकर

    पुस–१८ । उत्तरी धादिङका विभिन्न भागमा साेमबार असिना पानी र केही भागमा हिउँ परेकोे छ । दार्खा, झर्लाङ, सत्यदेवी, रि र सेमजोङ गाविसमा असिनापानी परेकाका कारण जनजीवन प्रभावित भएको छ । भूकम्पपछि टहरामा र केही व्यक्ति त्रिपालमै बस्दै आएकाले जनजीवन प्रभावित भएकाले जाडोमा परेको असिनापानीले गाउँबासी समस्यामा परेको झर्लाङका योवन तामाङले बताए । सुदूर उत्तरी […]

  • समाचार
  • बूढीगण्डकीमा कुनै अवरोध नगर्न सांसदको आग्रह

    मंसिर – २१ । धादिङ र गोरखाबाट प्रतिनिधित्व गर्ने सांसदहरुले बूढीगण्डकी जलविद्युत् आयोजनामा कुनै पनि अवरोध नगर्न आग्रह गरेका छन् । दुवै जिल्लाबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरुले सामूहिक वक्तव्यमार्फत चरम ऊर्जा सङ्कट भोगिरहेको मुलुकलाई विद्युत् उपलब्ध गराउने सहज आयोजनाका रुपमा रहेको बूढीगण्डकी आयोजना सम्पन्न गरेरै छाड्नुपर्नेमा जोड दिए । आयोजना निर्माणका लागि ठेक्का आह्वान गरी […]