• खेल
  • चेल्सीको अग्रता अंकमा बर्नली बाढक, खेल बराबरीमा समाप्त

    फागुन–२ । इंग्लिस प्रिमियर लिगमा चेल्सीले बढी अंकको अग्रता लिने मौका गुमाएको छ । लिगअन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको चेल्सी बर्नलीसँग १–१ को बराबरीमा रोकिएपछि १२ अंकको अग्रता लिने मौका गुमाएको हो । खेलको सातौँ मिनेटमै पेड्रोको गोलबाट सुरुवाति अग्रता लिए पनि चेल्सीले जित भने निकाल्न सकेन । चेल्सीले लिएको अग्रतालाई बराबरीमा ल्याउन […]

  • खेल
  • जितसँगै चेल्सी एफए कपको चौथो चरणमा प्रवेश

    पुस–२५ । एफए कप फुटबलअन्तर्गत आइतबार राति भएको तेस्रो चरणको खेलमा चेल्सीले जित निकाल्दै चौथो चरणमा प्रवेश गरेको छ । चेल्सीले पिटरबोरोलाई ४–१ गोलको अन्तरले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको हो । चेल्सीको जितको लागि पेड्रोले दुई तथा मिसी बाटुशुयी र विलियनले १–१ गोल गरे । पिटरबोरोका लागि टम निकोलसले १ गोल गरेका थिए । […]

  • खेल
  • चेल्सी १३ खेलमा लगातार विजयी, स्टोक सिटी ४–२ ले पराजित

    पुस–१७ । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा शीर्षस्थानको चेल्सी विजयी हुँदै लगातार १३ खेलमा विजयी हुन सफल भएको छ । चेल्सीले स्टोक सिटीलाई ४–२ ले हराउँदै जित दर्ता गरेको हो । चेल्सीको जितको लागि विलियनले दुई तथा डिएगो कोस्टा र काहिलले १–१ गोल गरे । त्यस्तै स्टोकका लागि मार्टिन्स इण्डिज र क्राउजले १–१ गोल […]

  • खेल
  • चेल्सीले गर्यो आफ्नै कीर्तिमानमा बराबरी

    पुस–३ । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा जित दर्ता गर्दै लिग लिडर चेल्सीले आफ्नै कीर्तिमानमा बराबरी गरेको छ । चेल्सीले क्रिष्टल प्यालेसलाई १–० ले हराउँदै लगातार ११ जितको कीर्तिमानमा बराबरी गरेको हो । यस अघि चेल्सीले सन् २००९ मा लगातार ११ खेलमा जित दर्ता गरेको थियो । प्रिमियर लिगमा लगातार धेरै खेल […]

  • खेल
  • चेल्सीको प्रिमियर लिगमा ६ अंकको अग्रता

    मंसिर–३० । इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी विजयी भएको छ । चेल्सीले सन्डरल्याण्डलाई १–० गोल ले हराएको हो । यसका साथै चेल्सीले लिगको दोस्रो र तेस्रो स्थानमा रहेको लिभरपुल र आर्सनलसँग ६ अंकको अग्रता कायम गरेको छ । चेल्सीले लिगमा लगातार १० खेलमा जित पनि निकाल्न सफल रहेको छ । खेलको […]

  • खेल
  • २०१५ यता चेल्सीकाे ६ जरिवाना, सिटी पनि पर्याे कारबाहीमा

    मंसिर–२९ । इंग्लिस क्लब चेल्सी र म्यानचेस्टर सिटीबीच उत्पन्न भएको तनावको कारण दुवै टोली कारबाहीमा परेका छन् । प्रिमियर लिग अन्तर्गत डिसेम्बर ३ मा भएको खेलमा दुई टिमका खेलाडीबीच तनाव भएको थियो । चेल्सीलाई यसअघि कारबाही स्वरुप १ अंक घटाउने चेतावनी दिएपनि एक लाख पाउण्ड जरिवाना तिर्नभएको छ । त्यस्तै म्यानचेस्टर सिटीले पनि ३५ हजार […]

  • खेल
  • चेल्सी शीर्ष स्थानमा उक्लिन सफल

    मंसिर–२७ । जारी इंग्लिस प्रिमियर लिगमा चेल्सी शीर्ष स्थानमा उक्लिन सफल भएको छ । आइतबार राति भएको खेलमा चेल्सीले वेष्ट ब्रोमलाई १–० ले हराएको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेललाई जिताउन चेल्सीको लागि डिएगो कोस्टाले ७६ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए । उनको त्यो गोल नै निर्णायक भयो । जितपछि शीर्ष स्थानमा […]