अब जनजनको पहुँच सोझै न्युज रुममा

  • आइतबार, २४ चैत २०७५ गते मा प्रकाशित
अब जनजनको पहुँच सोझै न्युज रुममा

के तपाईंसँग लेख्ने जाँगर छ ? आफ्नो लेखाई अरुले अभिरुचिपूर्वक पढून भन्ने इच्छा छ ? इच्छाशक्ति तपाईंको, संयोजन हाम्रो । तपाईंको कलमको सम्मान गर्दै सूचनाको संसारमा डोर्‍याउनने हाम्रो संकल्प । कलम चलाउनुस् , अनि हामीलाई सम्झनुस् । तपाईंको सानो सूचना समाज सुधारको मियो बन्न सक्छ । विकृति होस् या सुकृति सवै विषय ग्राह्य हुने छन् । तपाईंलाई न्यूज रुमसंग जोड्ने प्रणको सेतू हो– पब्लिक न्यूज एजेन्सी । जसलाई उम्दा युवाहरुको टीमले सञ्चालनमा ल्याएको छ । निष्कर्षमा नागरिक पत्रकारिता हाम्रो यात्राको गन्तव्य हो । जनताको समाचारलाई जनतामाझ पुर्याउनु हाम्रो दायित्व हो ।


पब्लिक न्यूज एजेन्सी (पिएनए) निजी क्षेत्रको समाचार एजेन्सी हो । पिएनले अनवरत विभिन्न विधाका समाचार सम्प्रेषण गर्दछ । काठमाडौं मुख्यालय रहेको यस एजेन्सीले टेलिभिजन, रेडियो र अनलाइन सञ्चार माध्यमका लागि आवश्यक पर्ने समाचार, भिडियो तथा फोटो उपलब्ध गराउँछ । यसका साथै पत्रकार, मिडिया, कर्पोरेट हाउस र आम जनतामाझ समाचार सम्प्रेषण गर्नुका साथै यी स्रोतबाट आएका समाचार उत्पादन एवं प्रसारण पनि गर्दछ । राजनीतिक, आर्थिक, सामाजिक, खेलकूद, मनोरञ्जनलगायत विविध विधाका खोजमूलक समाचार उपलब्ध गराउन हामी प्रतिवद्ध छौं । 


पिएनएले उपलब्ध गराउने फोटो, भिडियो तथा समाचार अन्य सञ्चारमाध्यमहरु जस्तै टेलिभिजन, रेडियो तथा अनलाइन मिडियाले पनि प्रयोग गर्न सक्नेछन् । सञ्चार गृह, सर्वसाधारण त यसबाट लाभान्वित हुने छन नै, आफ्ना गतिविधिका समाचार प्रकाशन, प्रसारणका लागि कर्पोरेट हाउसलाई पनि सुविधा पुग्नेछ । ती निकायका समाचार आमसञ्चार क्षेत्रमा सूचना पुर्याउने दायित्व इमान्दारपूर्वक पूरा गर्नेछौं । 


पिएनएको सुविधा दोहोरो हिसावमा उपभोग गर्न सकिने छ ।  चाहेको खण्डमा  पिएनएबाट निशुल्क रुपमा प्रयोग गर्ने एउटा बाटो सुरक्षित छँदैछ, अर्कातर्फ कुनै  समाचार आफैं पोष्ट गर्नुपरेमा पिएनएको वेबसाइटमा आफ्नो यूजरआइडी बनाएर समाचार सम्प्रेषण सुविधा  रहेको छ । 


विधिको शासन, कानुनको सर्वोच्चता शिरोपर गर्दै आमजनताको चासो र प्रजातान्त्रिक मूल्य मान्यतामा अडिग रहेर सञ्चार क्षेत्रको काम गर्नु यो एजेन्सीको प्राथमिकता हो । 


पिएनएमार्फत विज्ञापन कम्पनीहरूले व्यापार प्रवद्र्धनको लागि विज्ञापन दिन सक्नेछन् । पिएनएले ग्राहकले चाहेको मिडिया हाउसमा विज्ञापन छाप्न मद्दत पु¥याउने छ । पिएनएमा उपलब्ध विभिन्न ब्यानरमार्फत विज्ञापन गराइनेछ । विज्ञापन एजेन्सी, पिएनएमा राखिने विभिन्न ब्यानर एड र प्रेस विज्ञप्ति पठाएर कुनै पनि बिजनेस तथा कर्पोरेट हाउसले लाभ लिन सक्छन् । 


अहिलेको अवस्थामा अनलाइन विज्ञापन अन्य माध्यमभन्दा बढी प्रभावकारी मानिन्छ । यसले कुनै पनि व्यवसायको ब्राण्डिङमा अहं भूमिका निभाउँदै आएको तथ्यमा कसैको दुइमत हुन सक्दैन । विज्ञापनमा चासो भएका नयाँ पुस्ता र व्यापार प्रवद्र्धनको लागि पिएनए एक ठूलो माध्यम बन्न सक्छ । 


सब्सक्राइबको विधि 


पिएनएबाट विशेषगरी चार प्रकारका प्रयोगकर्ताले लाभ प्राप्त गर्न सक्नेछन् । ती हुन्– सञ्चारगृह, स्वतन्त्र पत्रकार, कर्पोरेट हाउस र आममानिस । यी चार प्रयोगकर्तामध्ये कुनै एक अनुकूल प्रयोगकर्ताको छनौट गरेर निशुल्क खाता खोल्न सकिनेछ । 


कसरी प्रयोग गर्ने ?  

  • पब्लिक न्यूज एजेन्सीको वेबसाइट (www.publicnewsagency.com) को बायाँ भागमा गएर निशुल्क खाता दर्ता गर्न सकिन्छ ।
  • समाचारभित्र चार प्रकारका सब्सक्राइबर अर्थात यूजर राखिएको छ । पब्लिक न्यूज एजेन्सी, अन्य सञ्चारगृह, स्वतन्त्र पत्रकार र जन पत्रकारिताबाट । यी चारमध्ये कुनै एक छनौट गर्न सक्नुहुनेछ । 
  • कुनै एक प्रकार छनौट गरिसकेपछि त्यहाँ निशुल्क खाता भनेर लेखिएको देख्न सक्नुहुनेछ । त्यहाँबाट आफ्नो पिएनएको खाता हाल्न सक्नुहुनेछ । पिएनएको खाता बिना पनि फेसबुक र गुगल अकाउन्ट मार्फत सिधै लग इन गर्न सक्नुहुनेछ । एकपटक लग इन गरिसकेपछि तपाईको स्वचालित रुपमा पिएनएमा खाता खुल्नेछ ।
  • आफ्नो अकाउन्ट लग इन भइसकेपछि साइटको बायाँ भागमा तपाईंले राष्ट्रिय समाचार, अन्तर्राष्ट्रिय समाचार, विचार र अंग्रेजीको क्याटागोरी देख्नुहुनेछ । त्यहाँ गएर सम्बन्धित समाचार हेर्न सकिन्छ । 
  • पिएनएको वालमा अन्य व्यक्तिले सम्प्रेण गरेका समाचार हेर्न सकिन्छ । यसका साथै अन्य यूजरलाई पनि फलो गर्न सक्नुुहुनेछ । 
  • रातो बक्समा लेखिएको नयाँ समाचारमा क्लिक गरेर तपाईंले आफ्नो समाचार पिएनएमा पोष्ट गर्न सक्नुहुनेछ । 
  • कृपया समाचार पोष्ट गर्दा युनिकोडमा कन्भर्ट गर्नुहोला ।


अन्त्यमा,


हामी नामले नभई कामले फरक छौं । हामीले सम्प्रेषण गर्ने समाचार सामाग्री अन्य मिडिया या पत्रकारले पनि नि:शुल्क प्रयोग गर्न पाउनेछन् । सामान्य व्यक्तिलाई पनि आफ्ना वरिपरि घटेका घटना समाचार बनाउन परेको खण्डमा तत्काल पिएनएमा गएर समाचार पोष्ट गर्न सक्नेछन् । हामीमार्फत कुनै पनि व्यावसायिक घरानाले चाहेको मिडियामा विज्ञापन दिन सक्नेछन् । कुनै पनि संघ संस्थाले आफ्ना प्रेस विज्ञप्ति अब  इमेलमार्फत पठाइराख्न जरुरी छैन । पिएनएमा सिधै प्रेस विज्ञप्ति प्रसारण गर्न सकिने सुविधा पनि रहेको छ । 


यति हुँदाहुँदै एउटा सर्त चाहिँ छ, त्यो के भने प्रयोगकर्ताले सामाग्रीको स्रोत भने अनिवार्य खुलाउनुपर्ने छ । हामीलाई पढ्नुहोस्, सब्सक्राइब गर्नुहोस् । सूचना लिनुहोस्, सूचना दिनुहोस् ।