बिग अफर : सुपथ मूल्यमा राख्नुहोस घर–अफिसमा अत्याधुनिक सिसिक्यामेरा

  • शनिबार, ०९ चैत २०७५ गते मा प्रकाशित
बिग अफर : सुपथ मूल्यमा राख्नुहोस घर–अफिसमा अत्याधुनिक सिसिक्यामेरा

आधुनिक समयमा सुरक्षालाई गम्भीर रूपमा लिन आवश्यक छ। सुरक्षाको आवश्यकता व्यवसाय र औद्योगिक क्षेत्रमा मात्रै नभए हाम्रो घरको लागि पनि आवश्यक रहेको छ। हरेक क्षेत्रमा अपराध, चोरीलगायतका घटना बढ्दै गएकाले अब हामीले सुरक्षाका विभिन्न विधिहरूका बारेमा विचार गर्नु आवश्यक भएको छ।


अहिलेको समयमा घर र काम गर्ने ठाउँमा सुरक्षा प्रदान गर्ने सबैभन्दा लोकप्रिय र प्रभावकारी साधन सिसिटिभी अर्थात् क्लोज सर्किट क्यामेरा हो। सिसिटिभी चोरका लागि एकदमै सफल प्रतिबन्धात्मक साधनका रूपमा काम गर्न सक्छ। सिसिटिभी राख्दा चोरी गर्ने व्यक्तिलाई कम्तिमा पनि दुईपटक त सोच्न बाध्य बनाउँछ।


पछिल्ला दिनमा सुरक्षाका साधनमा प्रयोग हुने प्रविधि अविश्वसनीय रूपमा उन्नत भएका छन्। अँध्यारो ठाउँमा पनि सहज भिडियो खेच्न सक्ने नाइटभिजन क्यामेराका साथै ती फुटेजलाई साधारण टिभी, कम्प्युटर र मोबाइलमा पनि हेर्न सक्ने प्रविधिको विकास भएको छ।



सिसिटिभीलाई भिडियो सर्भिलेन्सका रूपमा पनि चिनिन्छ। सिसिटिभी क्लोज सर्किट सिस्टमा आधारित रहेर सबै प्रविधिहरूलाई जोडिएको हुन्छ। यसमा रेकर्ड भएका भिडियो सार्वजनिक रूपमा प्रसार गरिँदैन। यसकारण यसको रेकर्ड गर्नका लागि डिभिआर ९डिजिटर भिडियो रेकर्डर० एनभिआर ९नेटवर्क भिडियो रेकर्डर०लगायतका टुलमा भिडियो रेकर्ड गरिन्छ।


सिसिटिभीका इक्विपमेन्टले लगातार भिडियो रेकर्ड गर्न सक्छन् र विशेष घटनाका दिन ती भिडियोलाई हेर्नका लागि प्रोग्राम गर्न सकिन्छ। त्यस्तै भिडियोलाई विशेष दिनमा हेर्नका लागि त्यसको गुणस्तरका आधारमा स्टोर गरेर राख्न सकिन्छ। आवश्यक परेको बेला युजरले फेरि पहिलाको भिडियोलाई परीक्षण गर्न सक्छ।


सिसिटिभी क्यामेराको प्रचलन जर्मनबाट सन् १९४२ बा सुरु भएको इतिहास रहेको छ। त्यसपछि सिसिटिभी क्यामेराहरू बैंक र क्यासिनोको सुरक्षाका लागि लगाइएको थियो। पछि यसलाई विभिन्न व्यवसाय रेस्टुरेन्ट, एयरपोर्ट, ट्राफिक, मनिटरिङ शिक्षालय, औद्योगिक कलकारखानामा लगाइयो। पहिलो यो प्रविधि अत्याधिक महँगो थियो तर समयको अन्तरालमा सरल र सस्तो भएयो। यो एकपटक प्रयोग गरेपछि बारमबार यसका लागि खर्च गर्न नपर्ने भएकाले सहज र सरल मानिन्छ। साथै यो प्रविधिमा आधारित भएकाले यसले दिने सुरक्षा उच्चतम मान्न सकिन्छ। जसले गर्दा घर तथा अफिसको सुरक्षाका लागि पनि प्रयोग गर्ने प्रचलन बढेको छ।

 

यो टुल अफिस म्यानेजम्यान्टका लागि डिजिटल सुरक्षा प्रदान गर्ने गर्दछ। साथै एकपटक प्रयोग गरेपछि अन्य खर्च पनि कम गराउँछ। सेक्युरिटी गार्ड राख्दा प्रत्येक महिना उसलाई तलब भुक्तान गर्नुपर्छ भने सिसिक्यामेरा राखेपछि एकपटकमात्रै खर्च गरेपुग्छ। फिल्डबाटै अफिस तथा घरलाई निगरानी पनि गर्न सकिन्छ भने अफिसको उत्पादकत्वलाई ३० देखि ५० प्रतिशत बढाउने पनि विभिन्न अनुसन्धानले देखाएका छन्। 


विभिन्न प्रविधिमा आधारित सिसिटिभी क्यामेरा अहिले बजारमा उपलब्ध छन्। यसका विभिन्न फिचर, स्टाइल, र अप्सन रहेका छन्। तपाईंको आवश्यकताअनुसार इन्डोर आउट डोर दिन वा रात यस्ता कैयौँ फ्याक्टरमा काम गर्न सिसिक्यामेरा अहिले बजारमा उपलब्ध छन्। 


आम उपभोक्ताको सुरक्षालाई मध्यनजर गर्दै बिग टेकले पनि विभिन्न टेक्नोलोजिमा आधारित रहेर प्याकेजसहित सिसिटिभी क्यामेरा बजारमा ल्याएको छ। विगतदेखि नै ग्राहकको सन्तुष्टिमा दत्तचित्त भएर लागिरहेको बिग टेकले आउँदै गरेको नयाँ वर्षलाई मध्यनजर गर्दै विभिन्न प्याकेजका सिसिक्यामेरा सेट ल्याएको हो। प्याकेज खरिदकर्ताले विभिन्न निःशुल्क जडानदेखि अन्य विभिन्न सुविधा प्राप्त गर्ने सक्नेछन्।


सेवाग्राहीसँग लंगलास्टिङ सम्बन्ध राख्न रुचाउने कम्पनीले दक्ष र प्रविधिमा निपूर्ण भएका प्राविधिकबाट सिसिटिभी जडान गर्दै आएको छ। देशभर सर्भिस दिँदै आएको कम्पनीले चुस्त र दुरुस्त कार्यसम्पादन गर्दै आएको छ। 


कम्पनीले विभिन्न ६ वटा प्याकेजमा निःशुल्क सिसिटिभी जडान गर्दैआएको छ। यसका साथै प्याकेजमार्फत एक वर्षस्मम निःशुल्क सर्भिस दिने, सेवाग्राही अफिसमै आएर प्याकेज खरिद गर्दा पाँच प्रतिशत थप छुट दिने, यसकासाथै अनलाइन माध्यमबाट पनि प्याकेज किन्न सकिने र सामग्रीमा १ वर्षसम्मको वारेन्टी दिने गरेको छ।

 

यस्ता छन् प्याकेज


प्याकेज-१



४ सिसिक्यामेरा (एचडिसिभिआइ टेक्नोलोजी)
२ मेघा पिक्चल फुल एचडी क्यामेरा
१ टिबीको हार्ड डिक्स
५ एम्पियर पावर सप्लाइ एडाप्टर
८ च्यानल एक्सभिआर
९० मिटर एनालग केबल
८ जिबी पेनड्राइभ


प्याकेज-२ 

 



४ सिसिक्यामेरा (एचडिसिभिआइ टेक्नोलोजी)
२ मेघा पिक्चल फुल एचडी क्यामेरा
२ टिबीको हार्ड डिक्स
१० एम्पियर पावर सप्लाइ एडाप्टर
८ च्यानल एक्सभिआर
९० मिटर एनालग केबल
१६ जिबी पेनड्राइभ


प्याकेज-३


८ सिसिक्यामेरा (एचडिसिभिआइ टेक्नोलोजी)
२ मेघा पिक्चल फुल एचडी क्यामेरा
१ टिबीको हार्ड डिक्स
१० एम्पियर पावर सप्लाइ एडाप्टर
८ च्यानल एक्सभिआर
९० मिटर एनालग केबल
३२ जिबी पेनड्राइभ


प्याकेज-४



४ आइपी क्यामेरा (फुल एचडी)
४ पोर्ट पिओइ स्विच
१०० मिटर क्याट ६ केबल
८ च्यानल एक्सभिआर
८ जिबी पेनड्राइभ


प्याकेज-५



६ आइपी क्यामेरा (फुल एचडी)
८ पोर्ट पिओइ स्विच
१०० मिटर क्याट ६ केबल
८ च्यानल एक्सभिआर
१६ जिबी पेनड्राइभ


प्याकेज-६



८ आइपी क्यामेरा (फुल एचडी)
८ पोर्ट पिओइ स्विच
१०० मिटर क्याट ६ केबल
८ च्यानल एक्सभिआर
३२ जिबी पेनड्राइभ


बिग टेकको विभिन्न अफरहरू खरिद गर्नका लागि निम्न नम्बरमा सम्पर्क गर्नुहोस् ।

सम्पर्क नम्बरहरू ०१ ४२१९३०२,४२२१४९९, ९८०११५०००२