यसकारण पर्नेछ तपाईंको छनोटमा फक्सवागनको ‘पोलो १.०’ कार 

  • बुधबार, १० असोज २०७५ गते मा प्रकाशित
यसकारण पर्नेछ तपाईंको छनोटमा फक्सवागनको ‘पोलो १.०’ कार 

काठमाडौं । जर्मनीको विश्वविख्यात गाडी निर्माता कम्पनी फक्सवागनले मध्यम आय भएका परिवारलाई पनि आफ्नो बजेट सुहाउँदो ‘पोलो १.०’ को नयाँ कार नेपाली बजारमा ल्याएको छ । 


फक्सवागनले यसअघि पनि पोलोको विभिन्न शृंखला बजारमा ल्याइसकेको छ र जसलाई कारका पारखीहरूले अत्यधिक रुचाइएको थियो । यस्तै कार पारखीहरूको रुचिलाई ध्यानमा राखेर केही मात्रामा सिसी र मूल्य घटाएर विभिन्न वर्गलाई व्यवहारिक रूपमा सुहाउने गरी ‘पोलो १.०’ नेपाली बजारमा बिक्रीवितरण र प्रवर्धन गरिएको हो । 


विशेष प्रस्तुति


फक्सवागनका आधिकारिक आयात एवं वितरक पूजा इन्टरनेसनल नेपाल प्राइभेट लिमिटेडले विश्व विख्यात फक्सवागनको पछिल्लो उत्पादन पोलो १.० नेपालीको हरेक जनजीवनका वर्गलाई सुहाउने र उनीहरू कै रुचिलाई ध्यानमा राखेर कार बजारमा ल्याएको जनाएको छ । फक्सवागनले पोलो बजारमा ल्याउनअघि ग्राहक एवं उपभोक्ताहरूको सुझावअनुरूप बजार अनुसन्धान गरेको थियो । 


विश्वका ग्राहकबीच फक्सवागन भन्नेबित्तिकै  त्यसै गाडी बलियो हुने गर्दछ भन्ने छापलाई अविछिन्न र ग्राहकको न्यानो स्नेह सदैव पाइराख्न नयाँ उत्पादन पोलोको निर्माण कालमा पनि यसको बडी र इन्जिनको गुणवत्तामा विशेष ध्यान दिइएको छ । किनकि फक्सवागन आफ्ना ग्राहक र उपभोक्ता  गुमाउन चाहँदैन् अपितु बढोत्तरी गर्न चाहन्छ । ग्राहक र उपभोक्ताबीच रहेको ऐतिहासिक सम्बन्धलाई दरिलो र दिगो बनाइराख्न  फक्सवागन सधैँ सजग र सतर्क रहेको छ । 


बजारमा आएका वा रहेका अन्य कम्पनीको कारको तुलना फक्सवागन पोलोसँग गर्नु युक्तिसंगत नहुने हालै सम्पन्न ‘नाडा अटो शो–२०१८’ मा फक्सवागनको स्टलमा ग्राहक तथा उपभोक्ताले देखाएको ‘रेस्पोन्स’ बाट थाह लाग्ने बताइएको छ । उक्त शोको क्रममा पूजा इन्टरनेसनल नेपाल प्रालिले अनुमान गरेभन्दा बढी उपभोक्ताहरूले माया एवं कार बुकिङमा तत्परता देखाएको थियो । जसबाट पूजा इन्टरनेसनल नेपाल प्रालि नेपाली उपभोक्तासँग हौसिएको छ । फक्सवागनले नाडा अटो शोमा ‘बेस्ट स्टल’ को सम्मान पनि पाएको छ । चार जनाको परिवार परिवारलाई मद्दतिलो (कन्र्फोटेबल) कार पोलोमा यात्रा गर्दा कसैले पनि थकानको महसुस गर्न पर्दैन् । किनकि यसको कारको भित्री वनावट नै आरामदायी र मद्दतिलो गरी बनाइएको छ । 


इन्जिन/ ग्याल्बनाइज्ड बडी


फक्सवागनको सबैभन्दा ठूलो विशेषता भनेको नै इन्जिनको सशक्तता हो । यो कार १५ हजार किलोमिटर चलिसकेपछि मात्रै एक पटक सभिर्सिङ गरे पुग्छ भने अन्य कम्पनीका कार ३५ सयदेखि ५ हजार किलोमिटर पुगेपछि अनिवार्य सभिर्सिङ गर्नु पर्दछ । फक्सवागनले बलियो इन्जिन निर्माणमा ध्यान दिनाले उपभोक्तालाई मर्मत तथा सम्भार खर्चमा विशेष बचत हुन गएको हो । 


विशेष सुविधा


पोलोमा उपभोक्ताको सुविधाका लागि अत्यन्तै सूक्ष्म तरीकाले विश्लेषण गरेर अन्य कारको तुलनामा विशेष सुविधाको व्यवस्था गरिएको छ । जसअनुसार हेलोजिन हेडलाइट, हेडलाइटलाई बढी चम्किलो पार्न कालो रङ कोट गरी ड्युअल बिम हेड ल्याम्प्स्को व्यवस्था गरिएको छ । यस्तै ग्याल्बनाइज्ड बडी, सानोतिनो कोराकारले पनि नखुलिइने अथवा नबिग्रिने गरी रङ लगाइएको र कारको बम्परमा प्रकाश प्रत्यावर्तन हुने व्यवस्था गरिएको छ ।

 


१ लिटर पेट्रोलले  १८.४७ किमि


यात्राको क्रममा पानी परेको खण्डमा कार भित्र वाफले नढाकियो भनी तापक्रमको संयोजनको व्यवस्था एवं कारको बडी कलरसँगै मिल्ने गरी ढोकाको ह्यान्डलको रङ पनि उस्तै लगाइएको जसले गर्दा ह्यान्डल र कारको बडी समान देखियोस् यस्तो सूक्ष्म व्यवस्थापन तपाईंले अन्य कारमा पाउन सक्नुहुन्न । 

यसैगरी अत्यधिक गतिमा कार चलाउँदा पनि केही फरक नपरोस् भन्ने उद्देश्यले आर १४ र आर १५ अलो ह्विल कभर्सको सहजै व्यवस्था एवं ढोकाको ऐनामा ‘टर्न इन्डिकेटर्स्’ को जडान गरिएको छ । जसले गर्दा आफूभन्दा पडाडिका गाडी चालकले थाह पाउन सकून कि आफूभन्दा अगाडिको गाडी कुन दिशातर्फ जाँदैछ भनेर ।  पोलो १.० ले १ लिटर पेट्रोलले कसेकम १८.४७ किलोमिटर कुद्न मद्दत गर्दछ । यस कारको सडकको सतह अर्थात् ग्राउन्ड क्लिरेयन्स १६८ रहेको छ । जसका कारण तपाईंलाई पहाडी वा खाल्डाखुल्डी बाटोमा यात्रा गर्नुपर्दा कुनै तनाव व्यहोर्नु पर्दैन् । 


फराकिलो बुट स्पेस


तपाईंले यो पोलो कारको उपभोग गरिसकेपछि तपाईंका सम्बन्धित समान (पर्सनल बिलोगिङ्स्) कहाँ–कहाँ मात्र राख्ने भनेर चिन्ता लिनु पर्दैन किनभने पोलोमा बुट स्पेस अन्य कारको तुलनामा प्रशस्त छ । जसका कारण सानो परिवारको लामो दूरीको यात्रा वा पिकनिक जस्ता सामाजिक समारोहका लागि चाहिने सामान राख्ने ठाउँ पर्याप्त छ । 


सुरक्षा


कारमा यात्रारत व्यक्तिको सुरक्षाका लागि अगाडिको भागमा दुईटा एअर व्याग र रिअर भ्यू देख्न सकिने व्यवस्था पनि छ ।        
पोलो १.० ले धेरै विशेषता बोकेको मध्ये एन्टिलक ब्रेक सिस्टम, किसेन्ट्री, हाइट संयोजन सिट, टेलिस्कोपिक स्टिरिङ, पावर विन्डो, पूर्ण सक्षम एसी सिस्टमका कारण यो कार ‘परफेक्ट फ्यामिली कार’ हो भन्न तपाईं हिच्किचाउन हुन्न ।


यसको अतिरिक्त पोलो कारमा तपाईं एक पटक भित्र बसिसक्नु भएको छ भने बाहिरी न्वाइजले तपाईंलाई असर नगरोस् भन्नाका लागि साउन्ड प्रुफ हुने गरी भित्री वातावरण मिलाइएको छ । यस्तै कारको स्टिरिङसँगै रहेको स्विचलाई थिचेर तपाईंले वाइपरलाई छिटो, मध्यम र बिस्तारै चलाउन सक्नुका साथै इन्जिन टेम्प्रेचर, इन्धनको भण्डारण अवस्था, म्युजिक भोल्युम कन्ट्रोल, दिनमा एक पटक गाडी चलाउँदा कति किलोमिटर चलाइयो भनी सजिलैसँग हेर्न मिल्दछ । 


पोलोमा मोबाइल चार्ज, फराकिलो कपबोर्ड, एसडी कार्ड, अक्स, ब्ल्यूटुथ कनेक्सन, क्लाइमेट कन्ट्रोललगायत ५ स्पिडको गियर लिभरको व्यवस्था गरिएको छ । 


पोलो १.० चढ्दा बेग्लै अनुभूति


यस्तै कारको पछाडिका यात्रुका लागि चाहे त्यो यात्रुको हाइट ६ फिट किन नहोस् उनी पनि आराम र मद्दतिलो ढंगबाट यात्रा गर्न सकून भनी हेड रुम र लेग हाइटको व्यवस्था गरिएको छ । जसका कारण तपाईंले कारको पछाडिको भाग साँघुरो छ भनेर गुनासो गर्न नपरोस् । पोलोको इन्जिनको आवाज अत्यन्तै न्यून आउने हुनाले इन्जिनले ७.८ पिएस ऊर्जा उत्र्सजन गर्दछ र वायर इन्सुलेसन पनि उत्तम तरीकाले गरिएको छ ।    पोलो अन्य कारको तुलनामा पोलो १.० सबैको खल्ती सुहाउँदो र जर्मनीको विश्वविख्यात कम्पनीसँग तपाईंले नाता गाँस्दा पक्कै पनि तपाईं आफूलाई समृद्ध महसुस गर्नुहुन्छ । 


हामी तपाईंलाई सिफारिस गर्दछौँ कि तपार्इं कार किन्ने सोचमा हुनुहुन्छ भने अवश्य पनि दायाँबायाँ नहेरिकन तपाईं ‘फक्सवागनको पोलो १.०’ नै रोज्नुस् । तपाईंले गरेको लगानी खेर जाने छैन । पोलो १.० कार किन्न तपाईंले पूजा इन्टरनेसनल नेपाल प्राइभेट लिमिटेडको राजधानीस्थित थापाथली शो रुममा सम्पर्क गर्न सक्नुहुन्छ । त्यसका लागि तपाईंले शो रुमको ०१–४१००५९३, ०१–४१००५९४ र ०१–४१००५९५ मा सम्पर्क गर्न सक्नुहुन्छ । यदि माथि दिइएको फोन नम्बरमा तपाईंले सम्पर्क गर्नु भयो भने त्यहाँ तपाईंलाई न्यानो अभिवादनसहित आवश्यक सम्पूर्ण जानकारी प्राप्त हुनेछ । 


र, अन्त्यमा पूजा इन्टरनेसनल नेपाल प्राइभेट लिमिटेडले ६५ प्रतिशत बैंकिङ र ३५ प्रतिशत डाउन पेमेन्टमा कार उपलब्ध गराउने सुविधा पनि व्यवस्था गरिएको छ । साथै जर्मनी भाषामा फक्स भनेको पिपुल्स र वागन भनेको कार वा गाडी हो । यसकारण फक्सवागन भनेको सही मानेमा पिपुल्स कार हो । ।