धेरैको रोजाईमा सुजुकीको भिटेरा ब्रेजा (भिडियाेसहित)

  • मङ्गलबार, २६ भदौ २०७५ गते मा प्रकाशित
धेरैको रोजाईमा सुजुकीको भिटेरा ब्रेजा (भिडियाेसहित)

काठमाडौं । सुजुकीको भिटारा ब्रेजा गाडी पछिल्लो समय धेरै उपभोक्ताहरुको रोजाईमा परेकोछ । पाँच जनाको परिवारका लागि उपयुक्त हुने भिटारा ब्रेजा सुजुकी कम्पनीले बजारमा ल्याएको छ । इन्धन किफायती, स्पेयर पार्टसको सहज उपलब्धता, आरामदायी, सुरक्षित आदि विशेषताका कारण यो गाडीमा धेरैको आँखा परेको छ । 

 

विभिन्न रङमा पाइने भिटारा ब्रेजा बाहिर हेर्दा जति आकर्षक छ, त्यो भन्दा यसको इन्टेरियर अरु व्यवस्थित छ । यो गाडीको डिजाइनमा धेरै दिमाग  र समय खर्च गरिएको देखिन्छ । सुरक्षामा कम्परमाइज नगरी तयार पारिएको यो गाडीको बजार मूल्य ३७ लाखको हाराहारीमा छ । यस्तै मोडल र सुविधा भएका अन्य गाडीको तुलनामा यसको मूल्य सस्तो मान्न पनि सकिन्छ । 

 

सिजी अटोका मार्के्टिङ मेनेजर करुण शाक्य भन्छन्, ‘गाडी चढ्नेहरुले भिटारा ब्रेजा मन पराएका छन् । जसले चढ्नु नै भएको छ उहाँहरुलाई त यो गाडीको विशेषता थाहा हुने कुरा भएन । तर म अनुरोध गर्दछु कि एकपटक आफै चढेर मूल्यांकन गर्नुहोस् ।’

इञ्जिन
 

यो गाडीको इञ्जिन डिडिआइएस २०० हो । डिओएचसी भल्भ सिस्टम भएको भिटारा ब्रेजामा चार सिलिण्डर छन्, १२४८ सिसी इञ्जिन क्षमता यसमा जडित छ । 

४८ लिटर क्षमताको फ्युल ट्यांकी रहेको डिजेल खपत गर्ने यस गाडीको इञ्जिनको म्याक्सिमम टर्क २०० २१७५० छ । 

 

प्रतिलिटर २४ दशमवल ३ किलोमिटरसम्मको माइलेज दिने भिटारा ब्रेजा वातावरण प्रति सचेत सवारी हो । बिएसआइभी प्रविधिका कारण यो गाडी वातावरण प्रति सचेत हो भन्न सकिन्छ । 

आकार प्रकार

भिटारा ब्रेजाको कुल लम्बाई ३९९५ एमएम छ भने चौडा १७९० एमएम र उचाई १६४० एमएम छ । ह्वीलबेस २५०० एमएम रहेको छ । ग्राउन्ड क्लियरेन्स पनि १९८ एमएम रहेकोले नेपाली भूबनोट भएको  देशमा यो गाडी उपयुक्त हुन सक्छ । 

 

अगाडि भेन्टिलेटेड डिस्क छ भने रेअर ब्रेक ड्रम छ । सस्पेन्सन, टायर आदि पनि उच्च स्तरको भएकोले चानचुन अवस्थामा यो गाडीले धोका दिने सम्भावना दूर्लभ हुन्छ । 

कुल वजन १ हजार ६ सय ८० किलोग्राम रहेको ब्रेजा सुरक्षाको दृष्टिले धेरै  राम्रो मानिएकाे छ । 

सुरक्षा 


यो गाडीमा रहेका सुरक्षा व्यवस्था निम्नानुसार छन् ः 

एन्टी थेफ्ट सुरक्षा प्रणालीः यो प्रणाली जडान भएपछि चोरहरुले गाडी चोर्न सक्दैनन् । सुरक्षाका सबै प्रबन्ध मिलाइएका कारण सितिमिति यस्ता गाडी चोर्न असम्भव नै छ । 

 

सुजुकी टेक्ट बडीः यो च्यासिसको एक आधुनिक डिजाइन हो । अंग्रेजीमा त्भ्ऋत् अर्थात टोटल एफेक्टिभ कन्ट्रोल टेक्नोलोजीमा आधारित यस्तो प्रविधि वर्तमान विश्व बजारमा प्रचलनमा छ । यो प्रविधिले च्यासिसलाई हल्का र मुख्य भागहरुलाई बलियो बनाइएको हुन्छ । 
 

 

एबिएस विद एबिडीः यो विशेषता भएको मोटरहरु उच्च गतिमा पनि चालकले सजिलै आफ्नो नियन्त्रणमा राख्न सक्छन् । एबिएस भन्नाले एन्टि लक ब्रेकिङ सिस्टम हो भने एबिडी भन्नाले एलोक्ट्रोनिक ब्रेकिङ सिस्टम हो । यो ब्रेक सिस्टममा गाडी आफैले आफूसँग भएको भारका आधारमा कुन चाक्कमा बढी ब्रेक लगाउने कुनमा कम भन्ने सन्तुलन मिलाउने गर्छ । 

 

चालकका लागि एअर ब्यागः एअर ब्यागले दुर्घटनाको समयमा सुरक्षा प्रदान गर्दछ ।  

 

चालक छेउमा एअर ब्यागः एअर ब्यागले दुर्घटनाको समयमा सुरक्षा प्रदान गर्दछ । 

 

ड्युल हर्नः  स्थान, सडक र अवस्था हेरेर दुई प्रकारको हर्न प्रयोग गर्न सकिन्छ । 

प्रोजेक्टर हेड ल्याम्पः पोजेक्टर हेड ल्याम्पले सामान्य ल्याम्पभन्दा बढी उज्यालो दिन्छ र ब्याट्री पनि कम खपत गर्छ । यसकारण पनि यो प्रविधिको ल्याम्प आधुनिक मोटरहरुमा जडान हुन थालेको छ । 

 

इन्जिन इमोबलाइजरः यो प्रविधि निकै रोचक छ । यो प्रविधि जडान भएपछि गाडीको आफ्नै अर्थात कम्पनीले दिएकै चाबी नछिराई इञ्जिन स्टार्ट नै हुँदैन । डुब्लिकेट चाबी गाडीले स्वीकार नै गर्दैन । नक्कली चाबी प्रयोग गरेर कसैले पनि चोर्न सक्दैन । 

 

रिभर्स पार्किङ सेन्सरः चालकले गाडी चलाउँदा वा रिभर्स गर्दा उसले वरपरको सबै भाग देख्न सक्दैन । गाडी रिभर्स गर्दा पनि पछाडिका कुनाहरु लुकिङ ग्लासबाट हेर्न सक्छ तर गाडीको ठीकपछाडि कुन वस्तु गाडीबाट कति नजिक छ भन्ने देखिरहेको हुँदैन । सामान्यतः गाडी पार्क गर्ने बेला रिभर्स गिअरमा जानु पर्ने हुन्छ । यस्तोमा रिभर्स पार्किङ सेन्सरले सहयोग गर्छ । कुनै वस्तुमा ठोक्किन लाग्यो भने त्यो सेन्सरले अटोमेटिक चालकलाई सूचना दिन्छ । जसबाट ठोक्किने कुनै क्षति हुने सम्भावना लगभग अन्त्य हुन्छ । 

 

 

रिभर्स पार्किङ क्यामेराः क्यामेरासमेत जडान गरिएका कारण रिभर्समा चालकलाई खास समस्या हुँदैन । पछाडिको दृश्य चालकले सिटमै बसिबसी हेर्न सक्छ ।   

 

रिअर विपर एन्ड वासरः रिअर विपर एन्ड वासर भन्नाले गाडीको पछाडिको भागमा रहेको शिशा सफा गर्ने सुविधा हो । 

 

ब्रेजामा अन्य तमाम सुविधाहरु पनि छन् जुन आजको दिनमा गाडी चढ्नेहरुले आम रुपमा खोज्ने गर्छन् । जस्तो कि सेन्ट्रल लकिङ सिस्टम, किलेस इन्ट्री सिस्टम, फ्रन्ट पावर विन्डोज, रिअर पावर विन्डोज, म्यानुअल एसी, एटो एसी, हाइट एडजस्टेबल चालक सिट आदि । 

 

रङहरु 
भिटेरा ब्रेजा गाडी विभिन्न रङहरुमा  उपलब्ध छन् । धेरैजसो रङ नेपालमा उपलब्ध छन् । जसअनुसार कालो  र रातोको सम्मिश्रण, फेयरी यल्लो र पर्ल आर्कटिक ह्वाइट, सेरुलियन ब्लु र पर्ल आर्कटिक ह्वाइट, पर्ल आर्कटिक ह्वाइट, प्रिमियम सिल्भर, ग्रेलाइट ग्रे, ब्लेजिङ रेड, सेरुलियन ब्लु, फेयरी यल्लोमा उपलब्ध छन् । छनोटको यति धेरै सुविधा भएपछि उपभोक्ताले मनपसन्द रङमा लिन सक्छन् । 

 

किन्न कहाँ जाने ? 
सुजुकीको भिटेरा ब्रेजा खरिद गर्न काठमाडौं उपत्याकामा मात्रै पनि १३ वटा शोरुमहरु छन् । काठमाडौंबाहिर २३ वटा शोरुमहरु छन् । सुजुकीका गाडीहरुकालागि नेपालको आधिकारिक बिक्रेता चौधरी ग्रुप हो । केही महत्वपूर्ण शोरुमहरु निम्नानुसार छन्ः 


थापाथली काठमाडौंः ०१–४२२९०८६, ०१–४२२९०९९, ०१–४२४५३६१

झम्सीखेल ललितपुरः ०१–५५४७१६५, ०१–५५४७१६६, ०१–५५२५०६६

भैरहवाः ९८५७०३०१२१

विराटनगरः ९८०२७११०५४

वीरगञ्जः ९८०६८०११७५

बुटवलः ९८४७०६८६७८

पोखराः ९८५६०२०१६९