नयाँ मोडेलका सवारीसाधन खरिद गर्न नाडा अटो शोमा जाऔँ

  • शनिबार, २३ भदौ २०७५ गते मा प्रकाशित
नयाँ मोडेलका सवारीसाधन खरिद गर्न नाडा अटो शोमा जाऔँ

काठमाडौं । कार, जिप र मोटरसाइकल पारखीहरूको विशेष मेला अर्थात् नाडा अटो शो सुरु हुन लागेको छ । बर्सेनि आयोजना गरिने अटो शोको यो १३ औं संस्करण हो । 

 

राजधानीको भृकुटी मण्डपमा आयोजना गरिने उक्त शो यही भदौ २६ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ ।  

 

शोका लागि चाहिने सम्पूर्ण तयारी पूरा भइसकेको नाडा अटोमोबाइल्स डिलर एसोसिएसन अफ नेपालले जनाएको छ ।


नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा हुने उक्त शो को शीर्ष प्रायोजक (टाइटल स्पोन्सर) यसपटक पनि सर्वो वल्र्ड क्लास लुब्रिकेन्टस् रहेको छ ।  

 

नाडाले नेपाली कार, जिप र मोटरसाइकलका उपभोक्तालाई सही यान्त्रिक ज्ञान उपलब्ध गराउँदै आएको दुई दशक भएको छ । सवारीसाधन तथा अटो कम्पोनेन्ट्ससम्बन्धी सम्पूर्ण जानकारी एकै थलोमा उपलब्ध गराई, नेपाली अटोमोबाइल क्षेत्रमा भइरहेको आधुनिक एवं प्रविधिको विकासको प्रचार–प्रसार र प्रवर्धन गर्नु नाडा अटो शोको मुख्य उद्देश्य रहेको छ । साथै नाडा सो २०१८ ले सवारीसाधनको महत्व र उपयोगिताबारे व्यापक जानकारी गराउनका साथै ड्राइभिङ, ट्राफिक नियमको पालना एवं सडक सुरक्षासम्बन्धी व्यापक जन चेतनाको अभिवृद्घि गराउने छ । 

शोमा यस वर्ष चार पांग्रे, दुई पांग्रे र अटो कम्पोनेन्ट्सको अत्यधिक मागलाई ध्यानमा राखी तीनवटा ह्याङ्गर (डोम) राखिएका छन् तर ठाउँ अभावका कारण हेभी कमर्सियल गाडीहरू प्रदर्शनीमा नराखिने भएको छ ।

 

६ दिनसम्म चल्ने नाडा अटो शो–२०७५ मा १९ वटा ब्रान्डका ४ पांग्रे तथा २० वटा ब्रान्डका २ पांग्रे सवारीसाधन रहने छन् । यसैगरी पैठारीकर्ता, डिलर, उत्पादक तथा ब्रिक्रेता गरी यसवर्ष कम्पनीहरूको सहभागिता रहेको छ भने ठूला साना गरी १ सय ३४ वटा ब्लक तथा स्टलहरू रहने छन् । प्रदर्शनीमा प्रख्यात ब्रान्डका सवारीसाधनका साथै प्रविधिको विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्ट्स, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एसोसरिजलगायत नेपालमै उत्पादित सामग्रीसमेत रहने छन् ।

 

सर्वोद्वारा प्रायोजित नाडा अटो शो–२०१८ मा आउने अवलोकनकर्ताहरूको सुविधालाई ध्यानमा राखी प्रदर्शनी क्षेत्रमा २ पांग्रे, ४ पांग्रे तथा अटो कम्पोनेन्टहरू छुट्टाछुट्टै राखिने छन् । साथै सहभागी व्यवसायीहरूले आफ्ना विभिन्न ब्रान्डका सवारीसाधन, पार्टपूर्जा तथा अन्य सेवाहरू ग्राहकसमक्ष प्रत्यक्ष पु¥याउने तथा प्रत्याशित उपभोक्ताहरूका कौतुहललाई सम्बोधन गर्ने प्रयास गर्नेछन् । 

 

प्रदर्शनी स्थलमा व्यवस्थित जलपान गृह, मिडिया कक्ष, ट्राफिक प्रहरी कक्ष एवं ठाउँठाउँमा सहायता डेस्कको सहज व्यवस्था गरिएको छ । नाडा अटो शो–२०१८ एउटा निमेलको थलो मात्र नभई सूचनाको आदान– प्रदान, विश्लेषण तथ समग्र नेपाली अटोमोबाइल व्यवसायको समष्टिगत विकासलाई प्रस्तुत गर्ने विश्वसनिय मञ्चसमेत बन्ने आयोजकहरूको विश्वास रहेको छ । यस वर्ष प्रवेश टिकटमा प्रत्येक दिन गोला प्रथाद्वारा भाग्यशाली विजेताले कुलप्याड मेगा २.५ डी प्राप्त गर्न सक्नेछन् । जसलाई जय माँ इन्टरकन्टिनेन्टल प्रालिले प्रायोजित गरेको नाडाको भनाइ छ । गत वर्षहरूमा भएको उत्साहजनक सहभागितालाई दृष्टिगत गरी ६ दिने मेला अवधिभर ६० हजार आगन्तुकहरूले प्रत्यक्ष अवलोकन गर्ने विश्वासका साथ त्यसैअनुरूपको अन्तिम तयारीमा आयोजकहरू जुटेका छन् । 

नेपालको अटोमोबाइल्स व्यवसायीहरूको साझा संगठनले शो आयोजना गरेर नेपाली उपभोक्ताहरूलाई सही सूचना प्रवाह गरेर स्वच्छ व्यावसायिक प्रयास झझल्को दिँदै आएकोमा कसैको दुईमत नहोला । अत्यधिक राजस्व संकलनमा टेवा पु¥याउँदै मुलुकको विकास निर्माण क्षेत्रमा नयाँ पाइला थप्ने काममा नाडा अटो शोको अद्वितीय योगदान रहेको छ । आफ्नो जिन्दगीको आयबाट कार, जिप वा मोटरसाइकल चढ्ने सपना साँचेर बसेका सम्पूर्ण नेपाली अटोमोबाइल्सप्रेमीहरूलाई नाडा अटो शोका आयोजकहरूले शोमा सक्रिय सहभागिता जनाउन अन्तर हृदयदेखि आमन्त्रण गरेका छन् ।  


सम्बन्धित खबरहरू

यसपटकको नाडा अटो सोमा यस्ता छन् विशेषता (भिडियोसहित)

‘स्वतन्त्र व्यवसायमा नाफा जत्ति पनि खान पाइन्छ’ (भिडियाेसहित)