अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट एम. बी. ए डिग्री सि.जी. इन्स्टिच्युट अफ म्यानेजमेन्टमा

  • बिहिबार, १४ भदौ २०७५ गते मा प्रकाशित
अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट एम. बी. ए डिग्री सि.जी. इन्स्टिच्युट अफ म्यानेजमेन्टमा

काठमाडौं । चौधरी ग्रुपको सिजी होल्डिङ्स आफैँमा एउटा हस्ताक्षर हो । नेपाली समाजको आर्थिक र शैक्षिक उन्नयनमा अचेल सिजी होल्डिङ्स एक अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ भन्दा अतिशतियोक्ति नहोला । यथार्थमा भन्ने हो भने सिजी होल्डिङ्सको शैक्षिक क्षेत्रको पूर्वाधार र संरचनालगायत शिक्षण विधिको अनुकरणीय सिद्धान्तले नेपाली विद्यार्थीको अध्ययनको स्तर अन्तर्राष्ट्रिय उचाइमा छोएको छ । चाहे अमेरिका, युरोप, अस्ट्रेलिया होस् वा भारतलगायत अन्य मुलुकको विद्यार्थीको दाँजोमा सिजीआइएम कलेजद्वारा उत्पादित विद्यार्थी कोही भन्दा कम होइनन् कि एक से एक छन् । अहिले पनि सिजीआइएम कलेजका विद्यार्थीहरू विश्वका कुनै पनि कुनामा आफ्नो प्रतिभा प्रदर्शन गर्न पछि परेका छैनन् ।  उनीहरूको दर्जा विकसित मुलुकका विद्यार्थीसरह छन् र गर्व र सम्मानपूर्वक मानव जातिको समूल विकासमा काँधमा काँध मिलाएर अगाडि बढिरहेका छन् । 


सिजीआइएम कलेजले  व्यवस्थापन संकायअन्तर्गतको सबैभन्दा उत्कृष्ट र प्रतिष्ठित विधा मानिने एम.बी.ए प्रोग्राम सञ्चालन गरेको छ । 


नेपालकै स्थापित व्यावसायिक घरानाद्वारा सञ्चालित यो कलेज छोटो अवधिमै विद्यार्थीहरूको मन जितेर अन्य कलेजको तुलनामा अटल रहन सफल भएको छ । सिजीआइएम कलेजमा अध्ययन गर्ने विद्यार्थी आफ्नो भविष्य सुन्दर हुने कुरामा ढुक्क देखिन्छन् ।

 

कलेजका प्रिन्सिपल प्रमोद पराजुलीका अनुसार सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा स्थपित गर्न कलेजले विशेष जोड दिने गरेको छ । सिजीआइएममा अध्ययन गरेका विद्यार्थीका लागि सिजीले अवसर दिलाउने पराजुलीको भनाइ छ । पराजुली भन्छन्, ‘प्रत्येक व्याचका उष्कृष्ट विद्यार्थीलाई सिजी होल्डिङ्सले प्रत्यक्ष रूपमा ‘प्लेसमेन्ट’ को अवसर दिन्छ ।’

 

स्थापनाको पाचौँ वर्ष प्रवेश गर्दै गर्दा पाचौँ ब्याचका लागि सिजीआइएममा सेप्टेम्बरमा इनटेकको लागि भर्ना खुल्ला गरेको छ । आकर्षक विज्ञापनभन्दा पनि प्रभावकारी मूल्यांकन, अनुभवी शिक्षक, चुस्त व्यवस्थापन, सिकाइ केन्द्रित पढाइ, प्रतिबद्ध सञ्चालक भएकाले सिजीअाइएम  शिक्षा क्षेत्रमा उदीयमान संस्थाको रूपमा रहेको छ । 


के हो सिजीआइएम एम.बी.ए ?

सिजीआइएमले मलेसियाको लिमककविङ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ । विश्वको दसवटा देशका बाह्रवटा ठाउँमा यो विश्वविद्यालयअन्तर्गत एमविए प्रोग्राम चल्छ । सिजीआइएममा एम.बी.ए चलाउने आफ्नै सिद्धान्त र मूल्यमान्यता रहेको कलेजका प्रधानाध्यापक पराजुली बताउँछन् । उनी भन्छन्, ‘हामी सधैँ स्टुडेन्ट सेन्ट्रिक (विद्यार्थी केन्द्रित) हुन्छौं । यहाँ चल्ने प्रोगाम नै विश्वभर चल्छन् । विशेषतः हाम्रो कलेजमा भएको एम.बी.ए प्रोग्राम  इन्डस्ट्रीसँग जोडिएको छ । विद्यार्थीहरू यहाँ आए भने ग्लोबलाइज्ड करिकुलम (विश्वजन्य पाठ्यक्रम) र इन्डस्ट्री अलाइड (उद्योगमैत्री) वातावरणमा सिक्ने अवसर पाउँछन् । एमविए ग्र्याजुएटको मार्केटमा भएको माग हामीले पूरा गर्न सक्छौं ।’


सिजीले नेपालमा मात्र होइन विश्वका थुप्रै देशमा आफ्नो व्यवसाय विस्तार गरेको छ । होटल, रियलस्टेट, सिमेन्ट, स्वास्थ्य, ऊर्जा, खाद्यान्नलगायत विभिन्न विधामा लगानी गर्दै आफ्नो ‘ब्रान्ड’ लाई विश्वसामु परिचित बनाउँदै आएको सिजीले पछिल्लो समय शिक्षा क्षेत्रमा पनि आशातीत हात लागेको छ । प्राज्ञिक ज्ञानलाई उद्योगसँग जोड्ने उद्देश्यसहित शिक्षा क्षेत्रमा हात हालेको सिजीको भनाइ छ ।

 

‘सिजीआइएम आइएसओ सर्टिफाइड कलेज हो । त्यसकारण यसको भौतिक पूर्वाधार र मर्मत सम्भार आइएसओअनुसार नै चल्छ । हाम्रो सुुविधा सधैँ विद्यार्थीमुखी हुन्छ’, उनले थपे ।

आइएसओ सर्टिफाइड कलेज भएको हुनाले यसका भौतिक पूर्वाधारमा कुनै कमी नरहेको कलेजका प्रधानाध्यापक पराजुली बताउँछन् । खेलकुदका लागि मैदान, सेमिनार हल, कक्षाकोठा र हरियालीलाई कलेजले सदावहार राखेको छ ।

 

एम.बी.ए पढाएर विद्यार्थीलाई म्यानेजरसँगै उद्यमी पनि बनाउने उद्देश्य रहेको कलेजका एमविए प्रोग्राम प्रमुख लक्षमण पोख्रेलले बताए । एमविए पढेका विद्यार्थीलाई अबको दिनमा उद्यमी बन्न पहल गर्नुपर्ने बताउँदै उनले थपे, ‘विद्यार्थीमा रोजगारी खोज्ने मात्र नै भएर रोजगारको अवसर बनाउन सक्ने क्षमताको विकास गराउनुपर्छ । यसका लागि सिजीआइएमले विद्यार्थीको विभिन्न अतिरिक्त क्रियाकलापमा जोड दिने गर्छ । पाठ्यक्रम नै सबैथोक होइन । समय सापेक्ष ज्ञान र सिपकाे विकास गर्नु नै यस संस्थाको मुख्य लक्ष्य रहेको छ । ’


कस्ता विद्यार्थीले सिजीआइएममा एम.बी.ए गर्न पाउने ?

सिजीआइएममा एम.बी.ए पढ्न व्यवस्थापनकै विद्यार्थी हुनुपर्छ भन्ने जरुरी नरहेको भन्दै पोख्रेलले भने, ‘यहाँ हामी पढेपछि डिग्रीसँगै सीपको पनि विकास गराउँछाैँ । एम.बी.ए म्यानेजमेन्टको प्रोग्राम भएपनि यो सबै क्षेत्रमा चाहिन्छ । यो पढ्नलाई म्यानेजमेन्ट नै पढेको हुनुपर्छ भन्ने छैन । इन्जिनियरले पनि एम.बी.ए गरिरहेका छन् । कुनै पनि विधामा स्नातक उत्तीर्ण विद्यार्थीहरूको न्यूनतम प्राप्ताङ्क ४५ प्रतिशत तथा सिजिपिए २.५ प्राप्त गरेकाले सिजीआइएममा एम.बी.ए गर्न सक्छन् । नेपालको ठूलो इन्डस्ट्रीसँग सीधै जोडिएको हुनाले हाम्रा विद्यार्थीले उद्यमशीलताका विषयमा बढी ज्ञान आर्जन गर्न सक्छन् ।’

 

उनले आफ्नो प्रोग्रामका बारेमा सिधा सम्पर्क गर्न सुझाउँछन् ।


माेबाइलः ९८०१२००८२७

फाेनः १–४१०७१०१, ४१०७११४

इमेल: [email protected]