‘थ्री डी एनिमेसन र भिएफएक्स सिकौं महिनाको लाखौं कमाऔं’ (भिडियाेसहित)

  • सोमबार, १४ साउन २०७५ गते मा प्रकाशित
‘थ्री डी एनिमेसन र भिएफएक्स सिकौं महिनाको लाखौं कमाऔं’ (भिडियाेसहित)

काठमाडौं । राजधानीको कान्तिपथ (जमल) स्थित माया एनिमेसन एकेडेमीमा प्राविधिक सीप सिक्ने युवायुवतीको घुइँचो नै लाग्ने गरेको छ ।

उपत्यकाका अन्य एकेडेमीको तुलनामा आफ्नो बजेटले भ्याउने, भरपर्दो र अनुभवका आधारमा प्रशिक्षकको विशेष निगरानीमा प्रविधियुक्त सीप सिक्न पाइने भएकाले यहाँ तालिम लिन आउनेको  संख्या अत्यधिक रहेको छ । 


सम्बन्धित विषयमा अत्याधुनिक एवं सहज पद्धतिबाट सीप सिकाउने भएकाले यहाँ तालिम लिन आउनेको भीड नै लाग्ने गरेको संस्थाका संस्थापक इन्द्रलाल बलामी बताउँछन् । 


नेपाल आजसँग कुराकानी गर्दै बलामीले भने, ‘जुरासिक पार्कको जस्तो हाई लेबलको एनिमेसन र भिज्युअल इफेक्ट्स (भिएफएक्स) सिकाउँदा विद्यार्थीहरू प्रशिक्षित भएका छन् ।’  डिजिटल फोटोग्राफी  जस्तो प्रविधि एक महिनामै सिकेर  पनि सजिलै आत्मनिर्भर बन्न सक्ने उनको ठम्याई छ । 


बलामीले १४ देखि २४ वर्ष उमेरका शिक्षार्थीले माया एकेडेमीमा सीप सिकेर स्वदेश तथा विदेशमा मनग्य पैसा कमाएर बसिरहेको उदाहरणहरू प्रस्तुत गरे । 


उनका अनुसार नेपालमा सीप सिक्न सस्तो भएकाले विदेशी विद्यार्थीहरू पनि नेपालमा आउने गरेको जानकारी दिए ।  


उक्त एकेडेमीमा थ्री डी (थ्री डाइमेनसन) र भिएफएक्स (भिज्युअल इफेक्ट्स) अन्तर्गत  सीप तथा रोजगारमूलक तालिम प्रदान गरिने  मायाका संस्थापकसमेत रहेका बलामीले बताए । १३ वर्षअघि आफ्नै इच्छा र सौखमा सुरु गरिएको उक्त संस्था अहिले एकेडेमीमा रूपान्तरण भइसकेको छ ।  


थ्री   डी एनिमेसन र भिएफएक्स सिकेका दक्ष जनशक्ति उपत्यकाको बजारमा तुरन्तै खपत भइरहेको बताउँदै सञ्चालक बलामीले केही जनशक्तिले अस्टे«लिया, न्युजिल्यान्ड, थाइल्यान्ड, मलेसिया, बेल्जियम, इन्डियालगायत देशमा राम्रै रोजगारी पाएको जानकारी दिए । 


उनको संस्थामा थ्री डी एनिमेसनअन्तर्गत विज्ञापन डिजाइनदेखि फिल्मी भिएफएक्स, युटुब, फेसबुकलगायत मल्टि मिडियासम्बन्धी काम गर्नुका साथै तालिम पनि प्रदान गरिन्छ । 


यस्तै थ्री डी एनिमेसनअन्तर्गत कार्टुन बनाउनेदेखि लिएर ग्राफिक डिजाइनसम्बन्धी तालिम प्रदान गर्दै आइरहेको बलामीले जानकारी दिए । उनका अनुसार माया एनिमेसन एकेडेमीबाट उत्पादित करिब १५ सय जनशक्तिमध्ये अधिकांश स्वरोजगार भइसकेका छन् । 


थ्री डी एनिमेसन र मल्टि मिडियाको बजार एकदमै बलियो रहेको बताउँदै उनले भने, ‘अझै यसको विकास र बेरोजगार युवालाई स्वरोजगार बनाई देशको आर्थिक समृद्धिका लागि सरकारले थ्री डी एनिमेसन र  भिएफएक्सका क्षेत्रमा एउटा सरकारी एकेडेमी र छुट्टै प्राविधिक शिक्षालयको स्थापनामा सक्रियता बढाउनुपर्छ ।’


शिक्षाका दृष्टिकोणले सरकारले थ्री डी एनिमेसन र भिएफएक्सलाई विषयगत रूपमा  समावेश गर्न सके भविष्यमा नेपाल प्राविधिक शिक्षालयका रूपमा अघि बढ्ने र तमाम् युवायुवती स्वरोजगार बन्नेमा दुईमत नभएको उनको भनाइ छ ।   


माया एनिमेसन एकेडेमीमा अहिले पनि सयौंले थ्री डी एनिमेसन र भिएफएक्ससम्बन्धी नियमित तालिम लिइरहेका छन् । 


दक्ष तथा ख्यातिप्राप्त एवं आधिकारिक प्रशिक्षकबाट प्रदान गरिने थ्री डी एनिमेसन र भिएफएक्सअन्तर्गतको तालिममा आफ्नो सिट सुरक्षित राखेर स्वरोजगार बन्न संस्थाले आग्रह गरेको छ । 


कुनै पनि सीप सिक्नका लागि लगानी त गर्नैपर्छ । सामान्य होटेल वेटरको काम सिक्नका लागि मानिसले लाखौँ खर्च गर्ने गरेको पाइन्छ ।


तर, माया एनिमेसन एकेडेमीमा प्राविधिक सीप सिक्न उपत्यकामा रहेका अन्य संस्थाको तुलनामा आफ्नो बजेट सुहाउँदो रकममा सिक्ने अवसर प्रदान गर्ने गरिएको छ । यससम्बन्धमा बलामी भन्छन्, ‘माया एनिमेसन एकेडेमीमा सिकाइने सीप र तालिम पूर्ण रूपमा जान्न ५ हजारदेखि लिएर डेढ लाखसम्म शुल्क लाग्नेछ ।’


यसरी गरिएको लगानीमा सिकिने तालिम डेढ वर्षको हुने बलामीले बताए ।
 
माया एकेडेमीमा के के सिकाइन्छ ? 

१. फोटो एडिटिङ ।
२. ग्राफिक डिजाइन ।
३. भिडियो एवं मूभि एडिटिङ । 
४. भिएफएक्स ।
५. थ्री डी एनमेसन एन्ड गेम डिजाइन  ।
६. अटोक्याड ।
७. थ्री डी भिज्युलाइजेसन ।

शाखा विस्तार योजना 

रानीपोखरी नजिकै रहेको जमलमा केन्द्रीय कार्यालय रहेको माया एनिमेसन एकेडेमीले अहिले पोखरामा पनि शाखा सञ्चालन गरिरहेको छ ।  पोखरामा पनि प्राविधिक तालिम लिन आउनेको संख्या उत्तिकै मात्रामा बढिरहेको संस्थापक बलामी बताउँछन् । 


उनका अनुसार स्थानीय र अन्तर्राष्ट्रिय बजारमा थ्री डी एनिमेसन र भिएफएक्सको क्षेत्र विस्तार बढ्दो छ । यसैलाई दृष्टिगत गर्दै एकेडेमीले देशका मुख्य सहरहरूमा निकट भविष्यमै शाखा विस्तारको योजना अघि बढाएको उनले बताए । 


‘शाखा विस्तारमा जुटेका छाँै’, उनले भने, ‘छिट्टै केही वर्षभित्रै अरू प्रदेशमा पनि काम सुरु हुन्छ ।’ 


बलामीका अनुसार स्थानीय र अन्तर्राष्ट्रिय बजारको मागलाई दृष्टिगत गरी आउट सोर्सिङ स्टुडियो स्थापना गर्ने लक्ष्य रहेको छ । 


कसरी सम्पर्क गर्ने ?


राजधानी काठमाडौंको कान्तिपथ (जमल) मा रानीपोखरी नजिकै पुगेर त्यसको ठीक उत्तरतिर माया एनिमेसन एकेडेमीको साइनबोर्ड सजिलै देख्न सकिन्छ । शान्त वातावरणमा माया एकेडेमीको कार्यालयमा पुगेर सहजै रूपमा संस्थापक एवं सञ्चालक बलामीलगायत सम्बन्धित प्रशिक्षकसँग प्रत्यक्ष सम्पर्क गर्न सकिन्छ वा ०१(४२३९५०९ कार्यालयको टेलिफोन र मोबाइल नं. ९८६०१४०५१३ मा सीधै सम्पर्क गर्न पनि सकिन्छ । 


आत्मनिर्भर बन्न चाहने युवायुवतीका लागि मायाको यो स्वर्ण अवसर हो भन्ने कुरामा दुईमत छैन । अब सिर्फ जाँगर र उत्साह र लगनशीलताको मात्र आवश्यकता देखिन्छ ।