टाटाको जेस्ट कार यसकारण छ लोकप्रिय 

  • मङ्गलबार, ०१ जेठ २०७५ गते मा प्रकाशित
टाटाको जेस्ट कार यसकारण छ लोकप्रिय 

काठमाडौं । गाडी, जीप, कार आदि उत्पादनमा भारतको लिडिङ कम्पनी टाटा मोटर्सको जेस्ट कारले धेरैको ध्यान तानेको छ । मध्यम मूल्यमा अत्याधुनिक सुविधासमावेश भएका कारण जेस्ट कारले बजार लिइरहेको छ । 

 

३९९५ एमएम लम्बाई, १६९५ एमएम चौडाई, १५७० एमएम उचाई भएको यो कारको वजन १ हजार १ सय ६ किलोग्राम छ । चक्काको साइज भने १६ इन्चको छ ।

 

पेट्रोल र डिजेल दुवै खाले इन्जिनमा पाइने जेस्टको मोडल र विशेषताका आधारमा मूल्यहरु कायम गरिएका छन् । पेट्रोलबाट चल्ने १२ सय सिसी क्षमताको जेस्ट रेभोट्रन एक्सएमको मूल्य ३१ लाख ५५ हजार कायम गरिएको छ । 

 

त्यस्तै १२ सय सिसीकै जेस्ट रेभोट्रन एक्सटीको मूल्य ३४ लाख ९५ हजार छ । 

 

डिजेल इन्जिन भएको १२४८ सिसीको जेस्ट क्वाड्रजेट एक्सएमको मूल्य पनि ३४ लाख ९५ हजार रहेको छ । जेस्ट क्वाड्रजेट एक्सटी मूल्य ३७ लाख ९५ हजार छ ।  जेस्ट ब्रान्डमा बजारमा उपलब्ध मध्ये जेस्ट क्वाड्रजेट एक्सटी नै हाललाई उच्चतम मूल्यको कार हो । 

 

चालक अगाडिको डिस्प्ले मोनिटरमा रहेका धेरै किशिमका विशेषताले यो कारलाई मध्यम मूल्यमा उच्चतम् सुविधा दिने कार बनाएको छ । चालकले अगाडिको डिजिटल प्रविधिको डिस्प्लेबाट धेरै किशिमका सुविधाहरु लिन सक्छन् । 

सुविधामात्रै नभएर कारमा सुरक्षाको महत्व बढी हुन्छ । अझ नेपाल जस्तो दूर्घटनाको जोखिम बढी भएको मुलुकमा सवारी सुरक्षा महत्वपूर्ण हुने गर्छ । यो कार जे सुकैमा गएर ठोक्किए पनि चालक र चालकको छेउमा बस्नेको ज्यान जाने सम्भावना अत्यन्त कम हुन्छ । किनभने दुवैका लागि अगाडि एसआरएस एअर ब्याग राखिएको छ । यदि कारमा सवार सबैले बेल्ट राम्रोसँग बाँधेका छन् र कार दुर्घटनामा नै पर्यो भने पनि मानवीय क्षति हुने सम्भावना निक्कै नै कम हुन्छ । अर्थात ढुक्कसँग जेस्टमा यात्रा गर्न सकिन्छ । 

 

चलिरहेको कारको ढोकाहरु बन्द भएका रहेनछन् भने दुर्घटना हुने सम्भावना बढी हुन्छ । तर यो कारको विशेषता के छ भने कारले निश्चित स्पीड समातिसकेपछि कारका ढोकाहरु स्वचालित ढंगबाट बन्द हुन्छन् । जसले असुरक्षा कम गराउँछ । 

 

जेस्ट कारको अर्को महत्वपूर्ण विशेषता यो हो कि यसमा अल्ट्रासोनिक रेअर पार्क सेन्सर जडान गरिएको छ । अर्थात यदि तपाई यो कारलाई पार्क गर्ने बेला पछाडि वा अगाडिको भाग कुनै वस्तुसँग ठोक्किदै छ कि ? चालकको आँखा नपुग्ने भागमा कुनै वस्तु ठोक्किन लागेको छ भने कारमा जडान भएको सेन्सरले पूर्वजानकारी दिन्छ । अर्थात कुनै वस्तु यति दूरीमा छ, कारमा क्षति पुग्न सक्छ भन्ने पूर्वजानकारीले सुरक्षा बढाउँछ । यस्तो विशेषता काठमाडौं जस्तो व्यस्त सहरमा बढी उपयोगी हुन्छ । 

 

जेस्टका कारहरुमा नाइन्थ जेनरेसनको एबिएस र इबिडी सुविधा पनि छ । यो सुविधा भनेको कारको ब्रेकसँग सम्बन्धित छ । एबिएस र इबिडी सुविधा भन्नाले कारका सबै चक्कामा सन्तुलित ढंगले ब्रेक लगाउने भन्ने बुझिन्छ । यो सुविधा नभएका कारहरुमा यदि स्पिडमा चलिरहेको अवस्थामा ब्रेक लगाइन्छ भने कार पल्टिने वा अनियन्त्रित हुने सम्भावना बढी हुन्छ । तर एबिएस÷इबिडी सुविधा भएका कार सन्तुलित हुन्छन् र दुर्घटनाको सम्भावना धेरै कम हुन्छ । 
    



धेरै सुविधा औलाले छोएको भरमा वा बोलेकै भरमा 

स्टेअरिङको देब्रतिर रहेको डिस्प्लेबाटै धेरै सुविधाहरु लिन सकिन्छ । अनौठो त के छ भने तपाईले बोलेकै भरमा पनि एफएम स्टेसन परिवर्तन गर्न सक्नु हुन्छ । कारमा जडित इन्फोटेनमेन्ट सिस्टम उच्च गुणस्तरको छ । कारमा ८ वटा त स्पीकर जडान गरिएको छ । जसले उच्च क्वालिटीको आवाज दिन्छ । यस्तो आवाज टचस्क्रिनबाटै नियन्त्रण गर्न पनि सकिन्छ ।


एसी कन्ट्रोल, फ्यानको गति बढाउने÷घटाउने, तापक्रम घटाउने/बढाउने आदि काम पनि भ्वाइस कमान्डबाट हुन्छन् । 


इन्फोटेइन्मेन्ट अन्तर्गत म्युजिक सिस्टमलाई रिमोट कन्ट्रोलरद्वारा नियन्त्रण गर्ने, कारको गतिका आधारमा आवाज नियन्त्रित हुने, ब्लुटुथ कनेक्टिभिटी, फोनबुक, कल लग आदि सुविधा जडान गरिएको छ । 


कारभित्रको इन्टेरियर पनि आकर्षक छ । अगाडि र पछाडिका सिटबीचको ग्याप राम्रो भएकोले बस्न आरामदायक छ । सामान राख्ने स्पेस पनि ठूलो छ । स्टेअरिङमै धेरै किशिसमका फंक्सनहरु नियन्त्रण गर्ने सुविधा पनि राखिएको छ । 



इन्जिनका विशेषताहरु 


जेस्टको इन्जिनमा तीन खाले सुविधा राखिएका छन् । इन्धन कम खर्च गर्नका लागि ‘इको’, सहरमा चलाउन ‘सिटी’ र उच्च गतिमा चलाउन ‘स्पोर्ट’ मोडमा इन्जिन चलाउन सकिन्छ । अर्थात यो मल्टि ड्राइभ मोडमा आधारित हुन्छ । 

 


 कार खरिद गरेको चार वर्षसम्म कम्पनीले नै वारेन्टी दिन्छ । म्यानुफ्याक्चरिङ डिफेक्ट अर्थात निर्माणका क्रममै कुनै खराबी रहेछ भने त्यस्तो पार्टपुर्जाहरु निःशुल्क फेरिने सुविधा छ । यस्तो सुविधा ७५ हजार किलोमिटरसम्म चलाउँदा वा चार वर्षसम्म उपलब्ध हुन्छ । वारेन्टी बारे बुझ्न, खरिद गर्न वा कुनै पनि जानकारीका लागि शुल्क नलाग्ने नम्बर १६६००१५५७७७  मा सम्पर्क गर्न सकिन्छ । 

 

धेरै उपभोक्ताहरुले सवारी साधनको रङ पनि ख्याल गर्छन् । केही केहीले आफूलाई कुन रङ शुभ हुन्छ भन्ने देखाएर पनि खरिदका लागि पुग्ने गर्छन् । टाटाको जेस्ट कार बिक्री गरिरहेको सिप्रदी ट्रेडिङमा हाललाई प्रिस्टाइन ह्वाइट (सेतो) भेनेटियन रेड (रातो)  र स्काई ग्रे रङका कारहरु उपलब्ध छन् ।