माछापुच्छ्रे बैंकको भिसा कार्डबाट सामान खरिद गर्नुहोस्, क्यास व्याक पाउनुहोस्

  • बुधबार, १९ बैशाख २०७५ गते मा प्रकाशित
माछापुच्छ्रे बैंकको भिसा कार्डबाट सामान खरिद गर्नुहोस्, क्यास व्याक पाउनुहोस्

सामान खरिद गर्दा कुनै बैंकले पैसा फिर्ता गर्छ भन्न थाहा पाउनु भएको छ ? यदि थाहा पाउनु भएको छैन भने, माछापुच्छ्रे बैंकले एक हजार रुपैयाँसम्म फिर्ता दिने गज्जबको अफर ल्याएको छ ।   ग्राहकलाई उच्चतम् फाइदा पुर्याउने उद्देश्यले क्यास ब्याक अफर ल्याएको हो । 


भरपर्दो र विश्वसनीय बैंकका रुपमा चिनिएको माछापुच्छ्रे  बैंकले नयाँ वर्ष २०७५ को अवसर पारेर १० प्रतिशत क्यास ब्याक अफर ग्राहकमाझ प्रस्तुत गरेको छ । बैंकबाट जारी भएका भिसा चिप कार्डहरूबाट १० प्रतिशत क्यास ब्याक लिन सकिन्छ । नयाँ वर्षको अवसर ल्याएको यो कार्यक्रमअन्तर्गत किनमेल गरेरे भरपूर फाइदा उठाउन सकिन्छ ।

 

क्यास ब्याक अफरमा बैंकबाट जारी गरिएका चिप कार्डहरु प्रयोग गरी सामान खरिद गर्दा वा कुनै पनि प्रकारका बिल भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म ग्राहकको खातामा फिर्ता हुन्छ । यसका लागि बैंकले प्रदान गरेका डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोग गरी सामान खरिद गर्नुका साथै बिल भुक्तानी गर्न सकिन्छ ।

 

ग्राहकले पाउने फिर्ता रकम महिनाको अन्त्यमा बैंकले ग्राहकको खाता जम्मा गरिदने व्यवस्था गरेको छ । ग्राहकले जति पनि खरिद गर्न सक्छन् । कारोबारको सीमा तोकिएको छैन । बैंकले प्रत्येक खरिदमा क्यास ब्याक दिने छ । यस हिसाबले खरिदकर्ताका लागि फलदायी अफर मान्न सकिन्छ ।

 

बैंकले यो अफर चिप कार्डमा मात्रै लागू गरेको छ । चिप कार्ड नभएका ग्राहकले बैंकको नजिकको शाखामा सम्पर्क गरी आफ्नो चिप कार्डमा परिवर्तन गर्ने सक्ने व्यवस्था पनि बैंकले गरेको छ ।

 

यसबाहेक उच्च ब्याजदरको ‘स्मार्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले हालै लञ्च गरेको स्मार्ट योजनामा ग्राहकलाई स्मार्ट बनाउने आकर्षक ‘फिचर्स’ समेत समावेस गरिएका छन् । माछापुच्छ्रे बैंकले ग्राहकलाई उच्च लाभ पुर्याउने उद्देश्यले यो योजना सार्वजनिक गरेको हो ।


साथै ‘स्मार्ट बचत खाता’ खोल्ने ग्राहकले बैंकले उपलब्ध गराएका नौ वटा सेवा सित्तैमा प्रयोग गर्न पाउनेछन् ।


ती हुन् :

१ . इन्टरनेट बैंकिङ

२ . मोबाइल बैंकिङ सेवा

३.  डेबिड कार्ड

४.  डी–म्याट एकाउन्ट

५  सी–आस्वा

६  चेकबुक एकाउन्ट स्टेटमेन्ट

७.  क्रेडिट कार्ड

८.  मेरो शेयर

९.  एबीबीएस फ्यासिलिटी स्मार्ट बचत खातामा उपलब्ध निःशुल्क सेवाहरु । 

 

पाँच हजारमा खाता खोल्न सकिने यस योजनामा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने छ । साथै ग्राहकलाई बैंकले लकर सेवामा समेत ५० प्रतिशत छुट दिएको छ । यस योजनालाई पनि ग्राहकले पहिलेका योजना जस्तै मन पराउने बैंकले विश्वास लिएको छ ।

 

यी सुविधा बाहेक व्यवसाय गर्न चाहना राख्ने ग्राहकको लागि पनि छुट्टै व्यवस्था गरेको छ । नयाँ व्यवसाय सुरु गर्नेका लागि भन्दै बैंकले एसएमइ लोनका व्यवस्था

गरेको छ । पाँच कार्यदिनमा स्वीकृत हुने गरी ल्याएको यस सेवाबाट ५ लाखदेखि १ करोड ५० लाखसम्मको कर्जा लिन सकिनेछ । बालबालिकाको सुनिश्चित र उज्वल भविष्यका लागि बालबालिका बचत खातासमेत सञ्चालनमा छ ।

 

यस्तै, भविष्यमा उच्च शिक्षा तथा सामाजिक दायित्व निर्वाह गर्नका लागि बैंकले युवा बचत खाताको व्यवस्था गरेको छ । जसबाट युवाहरुले सुरक्षित रुपमा बचत गर्न सक्नेछन् । आत्मनिर्भर महिलाका लागि पनि बैंकले पेवा बचत खाताको सेवा प्रदान गरेको छ । जसमा महिलाहरुले पेवा रकम सुरक्षित गर्न सक्छन् ।

 

बैंकले विदेशको कमाई संसारको कुनै पनि कुनाबाट सजिलै र सुरक्षित तरिकाले स्वदेश पठाउने, जम्मा हुने र उच्चतम ब्याज पाइने व्यवस्था गरेको छ । यस सुविधामा विदेशमा रहेका नेपालीले स्वदेशमा रहेको आफ्नो खातामा सिधै रकम जम्मा गर्न सक्नुका साथै विदेशबाट पनि खाता खोल्न सकिन्छ ।

 

‘सम्मान बचत खाता’मा ५० वर्षभन्दा माथिका नेपाली नागरिकले सुरक्षित तथा सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्छन् । माछापुच्छ्रे बैंकले जीवनभरको मान–मर्यादाको सम्मान गर्दै यस्तो सुविधा ल्याएको हो । यसबाहेक बैंकले अटोलोन, हाउसलोन, बिमालगायतका सेवाहरु पनि प्रदान गर्दै आएको छ ।

 

खाता खोल्न सम्पर्क नम्बर र स्थान ।
 

खाता खाेल्न सम्पर्क नम्बर र स्थान ।

Corporate Office

MBL Tower, Lazimpat
Kathmandu
Tel: +977 -1-4428556
Fax: +977-1-4425356
SWIFT:MBLNNPKA
Email: [email protected]

नजिककाे शाखामा सम्पर्कका लागि याे लि‌ंकमा सम्पर्क गर्नुहाेस् ।  माछापुच्छ्रे बैंकका अाउटलेटहरु