सस्तो रेटमा नेपाल टेलिकमको गज्जबको अफर

  • शुक्रबार, २३ चैत २०७४ गते मा प्रकाशित
सस्तो रेटमा नेपाल टेलिकमको गज्जबको अफर

आधुनिक विश्वको महत्वपूर्ण सूचक हो ‘टेलि कम्युनिकेशन’ । सञ्चारलाई छिटो छरितो र प्रभावकारी बनाएपछि यसको ब्यापक प्रयोग हुन थाल्यो । यसको प्रयोगमा नेपाली समाज पनि अभ्यस्त भइसकेको छ ।

 

खासगरी माओवादीको १० वर्षे युद्धपछि यसको प्रयोग ब्यापक बढेको हो । र नेपाल टेलिकम यहाँको दूरसञ्चार सेवाका लागि भरपर्दाे माध्यम बन्दैआएको छ । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमले आफ्ना ग्राहकलाई सस्तो सेवा उपलब्ध गराउँदैआएको छ ।

 

‘राष्ट्रको सञ्चार’

नेपाल टेलिकमले आफ्नो मूल नारा नै बनाएको छ, ‘राष्ट्रको सञ्चार’ । यसैले पनि आम नागरिकको विश्वास नेपाल टेलिकममाथि रहेको यसका पदाधिकारीहरु बताउँछन् ।

 

सेवाग्राहीको आवस्यकतालाई ध्यानमा राख्दै उत्तरदायीपूर्ण भुमिका निर्वाह गर्दैआएको नेपाल टेलिकमले मुलुकको आर्थिक÷सामाजिक विकासमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । साथै एक प्रगतिशील संस्थाको रुपमा ग्राहकको हित र सेवामा समर्पित छ । पछिल्लो समय देशका दुर्गम गाउँमा समेत पुर्याएको सेवा साँच्चिकै लाभलाग्दो छ ।

 

जसले गर्दा विदेशमा रहेका आफन्तसँग गाउँलेहरु चाहेको बेला बोल्न पाउने भएका छन् । नेपाल टेलिकमको यस्तो सेवा नै समय सुहाउँदो र वैज्ञानिक सेवाको रुपमा धेरैले बुझेका छन् ।

 

विपद्मा साथ

विपद्को बेला समेत टेलिकमले नेपाली जनताको लागि साथ दिँदैआएको छ । २०७२ सालको विनाशकारी भूकम्प, तराइमा बाढीले जनजीवन प्रभावित पारेको बेला टेलिकमले सित्तैमा फोन सेवा उपलब्ध गराएको थियो ।

 

आम जनतालाई विपद्को बेला यस्ता सेवा दिँदा नेपाल टेलिकमले थप विश्वास पाएको अनुभव टेलिकमका कर्मचारीहरुलाई छ । नेपाल टेलिकमबाट इन्टरनेट, सिमलगायत विभिन्न सेवा लिनेको संख्या १ करोड ८७ लाख ४४ हजार ९ सय ८६ पुगेको छ ।

 

यस्तै टेलिकमले आम उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न अफरको व्यवस्थासमेत गर्दैआएको छ । पछिल्लो पटक जीएसएम र सीडीएमएमा रेगुलर, नाइट, सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम, ह्वाट्सयाप) स्ट्रिमिङ, डाटा प्याकेजका साथै विभिन्न अवसरमा अफर उपलब्ध गराउँदै आएको टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन् ।

 

नमस्ते क्रेडिट

‘कल पनि नकाटिने अतिरिक्त शुल्क पनि नलाग्ने !’ नेपाल टेलिकमको मज्जाको सापटी अफर हो यो । नेपाल टेलिकमले नै प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ को सुरुवात गरेको हो ।

जस अन्तरगत कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलमा कल गर्दा गर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिन्छ । 

 

यस्तो सापटी रकम ५ रुपैयाँ देखि ४० रुपैयाँ सम्म उपलब्ध हुन्छ । सो रकमपछि गरिने रिचार्ज रकमबाट काटिने छ । यसरी सापटी लिँदा लिएको रकममा ब्याज वा अन्य कुनै कर लाग्ने छैन । आम सेवाग्राहीले टेलिकमको यस्तो अफर खुब मन पराएको पनि बताइन्छ ।

 

कमसेकम ३ महिना पहिलेदेखि प्रयोगमा रहेको सिममा मात्र यो सुविधा उपलब्ध हुनेछ । कति रकम सापटी लिन सकिन्छ भन्ने बारेमा जानकारी लिनका लागि क्त्ब्त्ग्क् लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ ।

 

यस्तै यो सेवा बन्द गर्नका लागि क्त्इए लेखेर र फेरि यही सुविधा सुचारु गर्नका लागि क्त्ब्च्त् लेखेर १४७७ माएसएमएस पठाउन सकिन्छ । एक पटक लिएको सापटी रकम तिरेपछि फेरि अर्को पटक पनि सापटी लिन सकिन्छ ।

 

सापटी रकमको प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन पनि सकिने टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीको भनाइ छ ।

‘डाटा प्याक’ 

मोबाइल फोनमा नेपाल टेलिकमको इन्टरनेट चलाउन सजिलो र सस्तो उपाय हो डाटा प्याक । यस अन्तरगत अलटाइम डाटा प्याक, नाइट डाटाप्याक, सामाजिक सञ्जाल डाटा प्याक, डाटा स्ट्रीमिङ प्याक छन् ।

 

नेपाल टेलिकमका प्रयोगकर्ताले अलटाइम डाटा प्याक अन्तरगत १० देखि तीन सय रुपैयाँमा ३ दिनदेखि २८ दिनसम्म डाटा र बोनस डाटा खरिद गरेर इन्टरनेटको मज्जा लिन सक्छन् । यो सुविधा अन्य दूर सञ्चार प्रदायक कम्पनीभन्दा निकै नै सास्तो हो ।

 

त्यस्तै, टेलिकमले नाइट डाटा प्याकमा बेलुका १० बजेदेखि विहान ६ बजेसम्मका लागि सस्तो मूल्यमा मोबाइल डाटा खरिद गर्न सक्नेछन् । नाइट डाटा प्याक कम्तिमा १० देखि बढीमा तीन सय रुपैयाँसम्मको खरिद गर्न सक्ने व्यवस्था नेपाल टेलिकमले गरेको छ ।

नाइट डाटा प्याक अन्य डाटा प्याकभन्दा निकै सस्तो छ । नाइट प्याकमा १५ रुपैयाँमा १ सय ५० एमबी खरिद गर्दा २१ एमबी डाटा बोनस प्राप्त गर्न सकिन्छ । कुल १ सय ७१ एमबी डाटालाई ३ दिनमा समाप्त गर्नुपर्ने समयावधी तोकिएको छ ।

 

सामाजिक सञ्जाल प्याक अन्तरगत फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपका लागि छुट्टाछुट्टै प्याक पनि नेपाल टेलिकमले ग्राहकलाई उपलब्ध गराएको छ । टेलिकमले आइओएस र एन्ड्रोइड फोन प्रयोगकर्ताका लागि कम्तिमा १२ देखि अधिकतम दुई सय रुपैयाँसम्मको सामाजिक सञ्जाल प्याक उपलब्ध गराएको हो ।

नेपाल टेलिकमले यूट्यूव प्रयोगकर्ताका लागि पनि गजबको अफर दिएको छ । ग्राहकले वाउ टाइम एपबाट सस्तो रेटमा यूट्यूव भिडियो र लाइभ टेलिभिजन स्ट्रिमिङको मज्जा लिन सक्छन् । ४५ रुपैयाँदेखि ११५ रुपैयाँसम्मको प्याकेज लिन पाइने स्ट्रीमिङ प्याकमा १४ प्रतिशत बोनस पनि प्राप्त गर्न सकिन्छ ।

 

‘फोर जी’

नेपाल टेलिकमले ग्राहकलाई सस्तो मुल्यमा फोर जी लिट सेवा उपलब्ध गराउँदैआएको छ । हाल काठमाडौं र पोखरामा सञ्चालन रहेको फोर जी सेवा मोबाइलमा *४४४# डायल गरी सञ्चालन गर्न सकिन्छ । यसका लागि भने ग्राहकको मोबाइल फोर जी नेटवर्क सपोर्ट गर्ने हुनुका साथै फोर जी वा लिट नेटवर्कको उपलब्धता भएको स्थानमा हुनुपर्छ ।

टेलिकमले १४ प्रतिशत बोनससहित १२ रुपैयाँदेखि पाँच सयसम्मका विभिन्न प्याक लिन सक्छन् । यी डाटा प्याक मुल्य अनुसार ३ दिनदेखि २८ दिनसम्म चालउन सकिन्छ । नेपाल टेलिकमले प्रदान गरेका डाटा प्याकेज पनि अन्य नेटवर्कको भन्दा धेरै सस्तो हो । फोर जीबाट हाई स्पिडमा इन्टरनेट चल्ने भएकाले यसबाट उच्च गुणस्तरको भिडियो अवरोधबिना हेर्न सकिन्छ ।

 

‘भ्वाइस प्याक’

नेपाल टेलिकमले ग्राहकलाई सस्तो दरमा भ्वाइस प्याकको सुविधा दिँदैआएको छ । टेलिकमका जीएसएम र सीडीएमए प्रयोगकर्ताले भ्वाइस प्याक लिन सक्छन् । भ्वाइस प्याक लिनका लागि १४१५ मा एसएमएस पठाउनु पर्ने हुन्छ । 

यस्तै टेलिकमले ग्राहकलाई नाइट भ्वाइस प्याकको सुविधा पनि दिएको छ । ग्राहकले सस्तो दरमा राति १० बजेदेखि विहान ६ बजेसम्म नाइट भ्वाइस प्याकको मज्जा लिन सक्ने छन् ।

 

नेपाल टेलिकमको एसएमएसमा पनि आकर्षक अफर छ । १२ रुपैयाँमा १ सय २० वटा एसएमएस प्राप्त गर्न ग्राहकले १४१५ मा एसएमएस सिक्स्टी टाइप गरेर एसएमएस पठाउन सक्नेछन् ।

‘सीयूजी प्याक’

नेपाल टेलिकमले स्प्रीङ अफर अन्तरगत भ्वाइस डाटा र फ्रि एसएमएस सहितको सीयूजी प्याक उपलब्ध गराएको छ । सीयूजी प्याक नेपाल टेलिकमको जीएसएम र सीडीएमए प्रयोगकर्ताले लिन सक्छन् । सीयूजी प्याकमा चार सयदेखि १६ सयसम्मको प्याकेजमा भ्याइस कल, डाटा र फ्रि एसएमएसको सुविधा उपलब्ध छ ।

सस्तोमा भारत कल
 

नेपाल टेलिकमले भारतमा आउट गोइङ कल अफर अन्तरगत सस्तो मुल्यमा डेली प्याक, विक्ली प्याक, मन्थ्ली प्याक पनि दिँदैआएको छ । डेली प्याक अन्तरगत ३५ रुपैयाँमा १५ मिनेट कुरा गर्न सकिन्छ । प्याक लिन भने १४१५ मा एसएमएस पठाउनु पर्ने हुन्छ । 

अन्तर्राष्ट्रिय कल रिसिभ गर्दा बोनस
 

नेपाल टेलिकमका ग्राहकले अन्तर्राष्ट्रिय कल रिसिभ गर्दा समेत स्वतः बोनस पाउन सक्छन् । उक्त प्राप्त बोनस कल र एसएसएसलाई नेपाल टेलिकमकै नेटवर्कभित्र प्रयोग गर्नु पर्नेछ ।

 

नेपाल टेलिकमको नेटवर्क प्रयोगकर्ताले विदेशबाट सात दिनभित्र सात मिनेट कल रिसिभ गरेको अवस्थामा १४ मिनेट फ्रि कल  र १४ वटा एसएमएस सित्तैमा प्रयोग गर्न सक्ने छन् । उक्त अफरको समयावधी ३ दिनको हुन्छ ।

अनलाइन खरिद
 

नेपाल टेलिकमबाट उपलब्ध विभिन्न डाटा प्याकेज अनलाइन माध्यमबाटै खरिद गर्न सकिन्छ । यसका लागि ‘अफर डट एनटीसी डट एनइटी डट एनपी मा गएर खरिद गर्न सकिन्छ ।

 

नेपाल टेलिकमको जीएसएम वा सीडीएमए मोबाइलका विभिन्न डाटा प्याकेज छनोट गर्न सकिन्छ । प्रयोगकर्ताले डाटा प्याकेजको मुल्य र समयावधिसमेत सँगै देख्न सक्छन् । 

 

मोबाइल डाटा लिन ग्राहकले आफ्नो मोबाइल नम्बर र पीयूके नम्बर राख्नु पर्दछ । सबै विवरण भरेपछि ग्राहकले बाइ डाटा प्याक बटनमा थिच्नु पर्छ । यसका लागि ब्यालेन्स भने हुनु पर्छ । पीयूके नम्बर थाहा पाउनका लागि १४१५ मा एसएमएस गर्न सकिन्छ ।

 

मोबाइलबाट 
 

नेपाल टेलिकमको डाटा प्याकेज मोबाइलबाट पनि लिन सकिन्छ । आफ्नो मोबाइलमा *१४१५# डायल गरेर र १४१५ मा एसएमएस पठाएर आवश्यकता अनुसार डाटा प्याकेज खरिद गर्न सकिन्छ ।