एक्सेल कलेजकाे 'प्रतिवद्धता': पढाइ सक्किएपछि 'जागिर'काे पनि अवसर

  • बुधबार, ३० फागुन २०७४ गते मा प्रकाशित
एक्सेल कलेजकाे 'प्रतिवद्धता': पढाइ सक्किएपछि 'जागिर'काे पनि अवसर

काठमाडौं । काठमाडौंस्थित मध्यवानेश्वरमा रहेको एक्सेल बिजनेस कलेज स्थापनाको झण्डै दशक पुग्नै लाग्दा नेपालकै पहिलो रोजाइको म्यानेजमेन्ट कलेजको सूचीमा पर्न थालेको छ ।

 

कलेजका केही आकर्षक ‘प्रोग्राम’ र बलियो व्यवस्थापनका कारण कलेजको आकर्षण बढ्दोछ । बहुराष्ट्रिय कम्पनी चौधरी ग्रुपसँगको सहकार्यमा म्यानेजमेन्टको अध्यापन गराउँदैआएको यस कलेजले स्थापना कालदेखि नै गुस्तरीय शिक्षा दिँदैआएको छ ।

 

एक्सलेल कलेजले अहिले तीनवटा शैक्षिक कार्यक्रम संचालन गर्दैआएको छ । सन् २००९ मा बिबिए प्रोग्राम सुरु गरेको यस कलेजले सन् २०१३ मा बिबिए-बिआई प्रोग्राम थप्यो । सन् २०१७ मा पोखरा युनिभर्सिटीबाट सम्बन्धन लिएर एमबिए प्रोग्राम सञ्चालन गरेको छ ।

बिजनेस युनिट हेड तथा एकेडेमिक डाइरेक्टर डा. विष्णुप्रसाद भट्टराईका अनुसार अन्तर्राष्ट्रिय एमबिएको उद्देश्यअनुसार एक्सेल कलेजमा शैक्षिक कार्यक्रम संचालन हुदैछ । डा. भट्टराई भन्छन्, ‘नेपालकै सबैभन्दा गुणस्तरीय शिक्षा दिनुपर्छ भन्ने मान्यताअनुसार नै एक्सेल कलेजले बजार सुहाउँदो र गुणस्तरीय शिक्षाका लागि एउटा व्यवस्थित बाटो बनाइसकेको छ ।’

 

डा. भट्टराई प्रारम्भिक कालदेखि नै एक्सेल कलेजसँग जोडिएर शैक्षिक क्षेत्रको पृष्ठपोषण गरिरहेका छन् । म्यानेजमेन्ट कलेजअन्तरगत एक्सेल कलेजलाई नेपालकै पहिलाे म्यानेजमेन्ट कलेज बनाउन उनीलगायत उनको टिम लागिपरेको छ ।

 

क्षमता विकास

बजारसँगै विद्यार्थीको आवश्यकता पूरा गर्न विद्यार्थीको व्यक्तिगत रूपबाटै शैक्षिक गुणस्तरलाई विकास गर्ने योजनाअनुसार एक्सेल कलेज अघि बढेको बताइएको छ ।

 

सामुदायिक कलेजबाट आउने विद्यार्थीका लागि पोखरा युनिर्भसिटी अन्तरगत १० प्रतिशत छात्रवृत्ति कोटा उलबब्ध गराउने पनि डा. भट्टराईले बताए । साथै अंग्रेजी भाषागत सुधारका लागि पनि एक्सेल कलेजले विशेष कक्षाको व्यवस्था गरेको बताएको छ । त्यस्ता क्लासमा खासगरी लेखन र अंग्रेजी बोल्ने कौशल सुधार्न प्रयत्न हुन्छ ।

 

विषयगत कमजोर विद्यार्थीका लागि भने कलेजले पहिलो सेमेस्टरमै १५ दिनको ट्रेनिङ सञ्चालन गर्ने बताइएको छ । सँगै व्यक्तित्व विकास तालिमको व्यवस्था गरिएको छ ।

 

विद्यार्थीको क्षमता विकासका लागि केही शैक्षिक कार्यक्रम बाहिरका कार्यक्रमहरुको पनि व्यवस्था गरेको कलेजले बताएको छ । यस्तै समयानुकुल थप शैक्षिक कार्यक्रम पनि ल्याउने तयारी रहेको डा. भट्टराईले बताए ।

 

पढाइपछि सुनौलो अवसर

एक्सेल कलेजले यहाँ पढेका केही मेधावी विद्यार्थीका लागि सुनौलो अवसर प्रदान गर्दैआएको छ । चौधरी ग्रुपसँग सहकार्य गरेकाले पनि यस कलेजबाट एमबिए पास गरेका उत्कृष्ट पाँच र स्नातक गरेका उत्कृष्ट तीन विद्यार्थीले चौधरी ग्रुपमै जागिर पाउँछन् ।

 

‘नेपालका अन्य कलेजले स्वयंसेवी काम गराएका होलान् तर वचन-वद्धताका साथ जागिर दिन्छाैँ भनेर एजेण्डा अघि बढाएका छैनन्,’ डा. भट्टराईले भने, ‘हामीले त भर्नाको बेलामै यस्तो प्रतिबद्धता गर्छौँ ।’

 

उनका अनुसार एक्सेल कलेजले यसअघिदेखि नै एमबिएका उत्कृष्ट पाँच विद्यार्थी, बिबिएका टप थ्री विद्यार्थी र बिबिए–बिआईका उत्कृष्ट तीन विद्यार्थीलाई सिजीमा जागिरकाे अवसर दिँदै अाएकाे छ ।

 

पढाइपछि जागिरको लागि भौँतारिनु नपर्ने भएकाले पनि पछिल्लो समय म्यानेजमेन्टका विद्यार्थीहरु एक्सेलमै आउने गरेको बताउँछन् भट्टराई ।

 

अाैद्याेगिक क्षेत्र भ्रमणकाे अवसर

सिजीको आफ्नै उद्याेग भाएकाले कलेजले यहाँका विद्यार्थीर्लाइ उद्याेगमा भ्रमण पनि गराउँदैआएको छ । विद्यार्थीले अाैद्याेगिक क्षेत्रमा भइरहेका विकासका साथै अनुसन्धानका प्रक्रिया कसरी सञ्चालन हुन्छ भन्ने विषयमा व्यवहारिक ज्ञान सैद्धान्तिक ज्ञानसँगै पाउँछन् ।

 

यसरी यहाँका विद्यार्थीले जागिर सुरु गर्नुअघि नै उद्याेगिक क्षेत्रमा देखिएका समस्या, चुनौती, समाधान के हुन् भन्ने कुराको व्यवहारिक जानकारी बुझ्ने अवसर पाउँछन् । साथै अथिति ‘लेक्चरर’को माध्यमबाट विद्यार्थीलाई वर्तमान बजारका आवश्यकता र चुनौतीबारे जानकारी दिँदैआएको कलेजले बताएको छ ।

 

यस्तै अनुसन्धानात्मक प्राेजेक्ट, प्रस्तुति, सफलताका कथा, सफ्टवेयरकाे ज्ञान, मल्टिमिडिया लगायत पद्धतिबाट अध्यापन गराउँदैआएको पनि बताइएको छ । कलेजका अनुसार जागिरका लागि मात्रै नभइ उद्यमशिलताका लागि पनि विद्यार्थीको क्षमता विकास गर्दैआएको बताउँछन् डा. भट्टराई ।

 

उद्यमशिलता विकासका लागि कलेजले बेलाबेला विद्यार्थी माझ नयाँ-नयाँ व्यवसायसँग सम्बन्धित याेजनाहरू प्रतिस्पर्धा पनि गराउँदैआएको छ । जहाँ छानिएका उत्कृष्ट व्यवसायिक याेजनाहरूलाई कलेजले नै आवश्यक सहयोगसहित सार्वजनिक गर्ने वातावरण मिलाउँदैआएको छ ।

 

चुनाैती कम गर्ने याेजना

२१ औँ सताब्दीमा विश्वबजार नै सिंगो गाउँ जस्तै बनेको छ । शैक्षिक क्षेत्रमा धेरै चुनाैती छन् नै । कलेजका प्रिन्सिपल राजन प्रसाद कंडेलका अनुसार शैक्षिक चुनाैतीलार्इ कम गर्न सीप तथा ज्ञान मात्र नभइ सकारात्मक अानिबानी पनि विकास हाे । विद्यार्थीहरुलाई आफूहरुले सकारात्मक प्रवृत्तिको विकास पनि गराउँदैआएको बताउँछन् प्रिन्सिपल कंडेल । उनी भन्छन्, ‘एउटा पूर्ण बिबिए, बिबिए–बिआइ र एमबिएमा कस्ता कुरा आवश्यक पर्छ ? भन्ने विषयमा एक्सेल कलेज बढी केन्द्रित भएको छ ।’

 

सैद्धान्तिक ज्ञान र वास्तविक जीवनमा देखिने भिन्नता तथा बजारमा जाँदा देखिने समस्यालाई मध्यनजर गरेर कलेजले व्यवहारिकका साथै अतिरिक्त कक्षा समेत सञ्चालन गरिरहेको कंडेलको भनाइ छ ।

शैक्षिक पूर्वधार

कलेजले खुल्ला वातावरण तथा भूकम्प प्रतिरोधी घरमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दैआएको छ । मल्टिमिडिया, साउण्डसिस्टम, लेक्चरलाई चाहिने भर्चुअल क्लासलगायत कुरा त छँदै छन्, यसबाहेक विद्यार्थीको आवश्यकताअनुसार अन्य इनफ्रास्टक्चर पनि उपलब्ध हुने प्रिन्सिपल कंडेलले बताए ।

 

कलेजमा आकर्षक र व्यवस्थित पुस्तकालय छ, जहाँ विभिन्न अनुसन्धानात्मक लेखहरू, व्यवस्थापन सम्बन्धी लेखहरू, तत्कालै बजारमा अाएका कितावहरू, विदेशी लेखकका कितावहरु समेत उपलब्ध छन् । कलेजले अनलाइन पुस्तकालय पनि सञ्चालन गरेको छ । साथै, कलेज क्षेत्रभित्रै सफा क्यान्टिन पनि छ । कलेजले ‘आइएसओ ईम्प्लिमेन्ट’ सहित सोही मापदण्ड अनुरुप व्यवस्थापनका कक्षाहरु सञ्चालन गर्दैआएको छ ।

 

अावेदन

कलेजले एमबिए इन्टेकका लागि अहिले भर्ना लिइरहेको छ । ‘खुल्ला क्षेत्र’ भएका कारण एमबिए पढ्न चाहने जुनसुकै संकायबाट स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले आवेदन दिन सक्छन् । तर स्नातक तहकाे परीक्षा ४५ प्रतिशत अंक ल्याइ उत्तीर्ण भएकाे हुनुपर्छ भने सिजिपिए २ हुनुपर्ने मादण्ड छ ।

सम्पर्क 

माेबाइलः ९८०१२००८२७

फाेनः १–४४८५१०९, ४४६२१७० 

इमेल: [email protected]

http://excelcollege.edu.np/