माछापुच्छ्रे बैंकले ‘स्मार्ट खाता’ खोल्नेलाई यसरी बनाउँदैछ ‘स्मार्ट नागरिक’

  • बुधबार, १६ फागुन २०७४ गते मा प्रकाशित
माछापुच्छ्रे बैंकले ‘स्मार्ट खाता’ खोल्नेलाई यसरी बनाउँदैछ ‘स्मार्ट नागरिक’

काठमाडौं । स्मार्ट सिटीको बहस भइरहँदा माछापुच्छ्रे बैंकले ‘स्मार्ट बचत खाता’को नयाँ योजना ल्याएको छ । ग्राहकलाई उच्चतम फाइदा पुर्याउने उद्देश्यले उच्च ब्याजदरको ‘स्मार्ट बचत खाता’ सञ्चालनमा ल्याएको हो ।

 

बैंकले हालै लञ्च गरेको स्मार्ट योजनामा ग्राहकलाई स्मार्ट बनाउने आकर्षक ‘फिचर्स’ समेत समावेश गरिएका छन् । माछापुच्छ्रे बैंकले ग्राहकलाई उच्च लाभ पुर्याउने उद्देश्यले यो योजना सार्वजनिक गरेको बैंकले बताएकाे छ ।

 

साथै ‘स्मार्ट बचत खाता’ खोल्ने कस्टमरले बैंकले उपलब्ध गराएका नौ वटा सेवा सित्तैमा प्रयोग गर्न पाउनेछन् । ग्राहकलाई बैंकले लकर सेवामा समेत ५० प्रतिशत छुट दिएको छ ।

 

५ हजारमा खाता खोल्न सकिने यस योजनामा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने छ । यस योजनालाई पनि ग्राहकले पहिलेका योजना जस्तै मन पराउने बैंकले विश्वास लिएको छ ।

 

स्मार्ट बचत खातामा उपलब्ध नि:शुल्क सेवाहरु

 

इन्टरनेट बैंकिङ
मोबाइल बैंकिङ सेवा
डेबिड कार्ड
डी म्याट एकाउन्ट
सी आस्वा
चेकबुक एकाउन्ट स्टेटमेन्ट
क्रेडिट कार्ड
मेरो शेयर
एबीबीएस फ्यासिलिटी

 

यी सुविधा बाहेक व्यवसाय गर्न चाहना राख्ने ग्राहकको लागि पनि छुट्टै व्यवस्था गरेको छ । नयाँ व्यवसाय सुरु गर्नेका लागि भन्दै बैंकले एसएमइ लोनका व्यवस्था गरेको छ । पाँच कार्यदिनमा स्वीकृत हुने गरी ल्याएको यस सेवाबाट ५ लाखदेखि १ करोड ५० लाखसम्मको कर्जा लिन सकिनेछ । बालबालिकाको सुनिश्चि र उज्ज्वल भविष्यका लागि बालबालिका बचत खातासमेत सञ्चालनमा छ ।

 

यस्तै, भविष्यमा उच्च शिक्षा तथा सामाजिक दायित्व निर्वाह गर्नका लागि बैंकले युवा बचत खाताको व्यवस्था गरेको छ । जसबाट युवाहरुले सुरक्षित रुपमा बचत गर्न सक्नेछन् । आत्मनिर्भर महिलाका लागि पनि बैंकले पेवा बचत खाताको सेवा प्रदान गरेको छ । जसमा महिलाहरुले पेवा रकम सुरक्षित गर्न सक्छन् ।

 

बैंकले विदेशको कमाई संसारको कुनै पनि कुनाबाट सजिलै र सुरक्षित तरिकाले स्वदेश पठाउने, जम्मा हुने र उच्चतम ब्याज पाइने व्यवस्था गरेको छ । यस सुविधामा विदेशमा रहेका नेपालीले स्वदेशमा रहेको आफ्नो खातामा सिधै रकम जम्मा गर्न सक्नुका साथै विदेशबाट पनि खाता खोल्न सकिन्छ ।

 

‘सम्मान बचत खाता’मा ५० वर्षभन्दा माथिका नेपाली नागरिकले सुरक्षित तथा सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्छन् । माछापुच्छ्रे बैंकले जीवनभरको मान–मर्यदाको सम्मान गर्दै यस्तो सुविधा ल्याएको हो । यसबाहेक बैंकले अटोलोन, हाउसलोन, बिमालगायतका सेवाहरु पनि प्रदान गर्दै आएको अनिल सिवाकोटीले बताए ।

खाता खाेल्न सम्पर्क नम्बर र स्थान ।

Corporate Office
MBL Tower, Lazimpat
Kathmandu
Tel: +977 -1-4428556
Fax: +977-1-4425356
SWIFT:MBLNNPKA
Email: [email protected]

नजिककाे शाखामा सम्पर्कका लागि याे लि‌ंकमा सम्पर्क गर्नुहाेस् ।  माछापुच्छ्रे बैंकका अाउटलेटहरु 

प्रस्तुति - नेत्र पाैडेल