सबैको रोजाइः भर्सटाईल कार ‘टाटा बोल्ट’

  • शुक्रबार, ०४ फागुन २०७४ गते मा प्रकाशित
सबैको रोजाइः भर्सटाईल कार ‘टाटा बोल्ट’

काठमाडौं । पछिल्लो समय कामकाजी व्यक्तिका लागि गाडी आवश्यकता नै बनेको छ । बजारमा थुप्रै गाडी छन् । तर ‘कम्फोर्टेवल’ थोरै हुन्छन् ।

 

चढ्न थालेको केही महिना देखि नै केही न केही समस्याले उपभोक्ता हैरान हुन्छन् । त्यसो त, प्रतिष्पर्धाका बीच धेरैको रोजाइमा परेको गाडी हो टाटा बोल्ट ।

 

मल्टी–ड्राइभ मोडमा पनि चलाउन सकिने प्यासेन्जर कार सेगमेन्टको प्रिमियम ह्याचब्याक गाडी हो बोल्ट । भारतीय उत्पादन कम्पनी टाटा मोटरले केही समयअघि मात्र सार्वजनिक गरेको यो गाडी छोटो समयमै नेपाली उपभोक्ताको रोजाइमा पर्दैआएको छ ।

 

सोहीअनुरुप हरेक दिन यसको माग बढ्दो रुपमा हुने गरेको यसका नेपालस्थित सेल्स अफिसर अर्जुनप्रसाद उप्रेती बताउँछन् । उत्कृष्ट ईन्जिन र स्टाईलिस डिजाइनको संयोजन रहेको टाटाबोल्ट डाक्टर, बैंकर, गैरसरकारी संस्थामा कार्यरत कर्मचारी, मोडेल लगायत ब्यस्त दैनिकी हुनेहरुका लागि पहिलो रोजाइमा पर्ने उप्रेतीको भनाइ छ ।

टाटा बोल्टमल्टि–ड्राइभ मोड

यसको गज्जवको विशेषता भनेको मल्टि–ड्राइभ मोड नै हो । यो गाडीलाई तीन मोडमा चलाउन सकिन्छ, स्पोर्ट, ईको र सिटी । स्पोर्टले शक्ति प्रदान गर्दछ र गाडीलाई तिब्र रफ्तारमा कुदाउन सकिन्छ । तर, इन्धनको खपत केही बढी हुन्छ । यस मोडले स्पोर्ट कारको अनुभव दिन्छ ।

 

ईको मोडमा भने इन्धन बचत हुने र पावर दिने गर्दछ । त्यस्तै सिटी मोडमा समान गतिमा गाडी चलाउन सकिन्छ । तीन किसिमका गाडी ड्राइभिङको अनुभव लिन चाहनेहरुका लागि पनि यो गाडी उत्तम मानिन्छ ।

 

यस्तै नेपाल जस्तो इनधन अभाव भइरहने मुलुकका उपभोक्ताहरुका लागि उपयोगी सावित हुने बताइन्छ ।

 

बाहिरी ‘लुक्स’

यस गाडीको अगाडिको भाग ह्युमन डिजाइन अर्थात् मानिसको मुहार जस्तै आर्कषक छ । फगल्याम्प र यसमा राखिएको स्टील क्रोमले गाडीको अगाडि पट्टीको डिजाइनलाई ग्ल्यामर देखाउँछ । पछाडिपट्टीको सीपिलरमा लगाइएको ब्ल्याक स्टीकरले गाडीलाई स्टाइलिस्ट देखाउँछ । यसको ‘लुक्स’ र डिजाइनका कारण पनि उपभोक्ताले छान्ने गरेका हुन् ।

 

यस गाडीको अर्को आकर्षक पक्षभनेको प्रोजेक्टर हेड लाइट हो । यसमा एलइडी ल्याम्पहरु जडित छन् । पछाडि टेलल्याम्प प्रयोग गरिएको छ । टाटाको लोगोसँगै प्रयोग गरिएको स्टील क्रोमले स्पोर्टी लुक दिएको छ । गाडीमा लचकदार सिटहरु जडान गरिएकाले गाडी लग्जरियस छ । लेगस्पेस पनि राम्रो छ ।

 

ईन्जिन

बोल्ट कार पेट्रोल र डिजेल दुवैमाउपलब्ध छ । यसमा इन्जिन १२ सय सिसीको छ । बोल्टमा जडान गरिएको टर्बो चार्जले १२ सय सिसीको गाडीमा पनि २ हजार सिसीको जति शक्तिदिने काम गर्छ । पेट्रोलतर्फ पाँचहजार आरपीएममा ९० पीएस र १५ सयदेखि चार हजार आरपीएममा पिकप्रदान गर्छ । जसले गर्दा उकालो र खाल्डाखुल्डी बाटोमा पनि सजिलै गुड्न सक्छ ।

 

डिजेलतर्फको कारमा १.३ लिटरको शक्तिशाली ईन्जिन छ । जसले चार हजार आरपीएमा ७५ पीएस र एक हजार सात सय ५० देखि तीनहजार आरपीएमको शक्ति प्रदान गर्दर्छ । १.२ लिटर पेट्रोलले १७.५७ किलोमिटर र डिजेलतर्फ २२.९५ किलोमिटर माइलेज दिन्छ ।

 

ब्रेक
१२०० सिसी क्षमताको बोल्टमा अगाडिको दुईवटा टायरमा डिस्क ब्रेक छ भने पछाडिको टायरमा ड्रम ब्रेक प्रयोग गरिएको छ ।९ जेनेरेशनको एन्टिलक सिस्टमले हाइवेमा जाँदा भरपुर मनरोञ्जन लिन सकिन्छ । दुर्घटना हुने सम्भवाना भएयसले गाडीलाई ठाउँको ठाउँमा रोक्न सकिन्छ ।

 

४.४ लिटर इन्धनक्षमताभएको बोल्टको १.७५ एमएम ग्राउण्ड क्लियरेन्स छ । अन्य कारहरुमा १.६५ मात्रै हुने भएकाले बोल्ट गाडीलाई नेपाली भूगोल सुहाउँदो मानिन्छ । साथै यसमा १५ इन्चको हृवील प्रयोग गरिएको छ ।

 

अन्यफिचर
बोल्टमा प्रिटेन्सनर सिटबेल्ड जडान गरिएको छ । कारको अगाडि भागमा चालक र यात्रुको सुरक्षाका लागि दुवै साइटमा एअर ब्याग राखिएको छ । बोल्डमा हिटरसहितको एयर कन्डिसन र पूर्ण रुपले अटोमेटिक ट्याम्प्रेचर संयोजन गर्न प्रविधिसमेत जडान गरिएको छ । यसमा रहेको रिमोट कंन्ट्रोलको सहायताले १५ मिटरको दूरीबाटै गाडीको हेडलाइट अन र अफ गर्न सकिने सुविधा रहेको छ ।

 

यस्तै, बोल्टमा मिररहरुलाई ड्राइभर सिटमै बसेर एड्जस्ट गर्न सकिन्छ । गाडी भित्रै सिटबेल्ट लगाएको वा नलगाएको भनी सूचना दिने प्रविधि पनि जडान छ । मनोरञ्जनका लागि बोल्टमा चार वटा स्पिकर र चार वटा ट्वीट्सहितको हर्मन कार्डनको साउन्ड सिस्टम छ । जसद्वारा उत्कृष्ट मल्टी मिडियाको अनुभव लिन सकिन्छ । हर्मन कार्डनको साउन्ड सिस्टम विश्वकै तेस्रो उत्कृष्टि मानिन्छ । म्यूजिक स्टिमलाई पनि रिमोट कन्ट्रोलबाट चलाउन सकिन्छ ।

 

यसैगरी, टचस्क्रिन सूचना, भिडियो प्लेब्याक, स्मार्ट फोनसँग सम्बन्धित नेभिगेसन, आधुनिक ब्लुटुथ प्रविधि, स्मार्ट भ्वाइस रिकग्निसन, आधुनिक स्मार्टफोन इन्टिग्रेसन, एसएमएस नोटिफिकेसनलगायतका सुविधा छन् ।

 

रङ र मूल्य

बोल्ट प्लाटिनम सिल्भर, स्काई ग्रे, रेड, हृवाइट, डुनजस्ता पाँचवटा आकर्षक कलरमा उपलब्ध छ । यो गाडी पेट्रोल र डिजेलमा एक्सइ, एक्सएम र एक्सटी गरी तीन–तीनवटा भेरियन्टमा उपलब्ध छ ।

 

नेपालीबजारमा पेट्रोल इञ्जिनबोल्ट रेभ्रोट्रन एक्स एमको मूल्य २९ लाख ५५ हजार रुपैयाँ पर्छ । त्यस्तै डिजेल बोल्टको मूल्य ३२ लाख५५ हजारसम्म रहेको छ । बोल्ड गाडी देशभर छरिएर रहेका सिप्रदीका डिलरबाट ग्राहकले कार खरिद गर्न सक्छन् । कारमा चार वर्षको वारेन्टी वा ७५ हजार किलोमिटर प्रदान गर्ने घोषणा गरेको छ ।

 

पुरानो र विश्वसनीय कम्पनी टाटाले ग्राहकलाई कम लागत एवं उच्चतम पुनः बिक्री मूल्य लगायतका सुविधा पनि प्रदान गर्दै आएको छ । टाटाको यही रणनीतिकै कारण उसले उपभोक्ताको मन जितिरहेको छ र आफूलाई कार सेगमेन्टको बलियो खेलाडी सावित गरेको छ ।

 

गाडीको स्पेयर्स पार्टस्को व्यवस्था पनि राम्रो रहेकोले सिप्रदीका देशैभर छरिएर रहेका सर्भिस सेन्टरबाट सर्वसुलभ मूल्यमा गाडीको मर्मत गर्न सकिन्छ । नेपालमै सबैभन्दा धेरै ठाउँमा सर्भिस सेन्टर भएको कम्पनीले मोबाइलमर्मत सेवा पनि प्रदान गर्दै आएको छ । काठमाडौंमै तीन ठाउँमा यसका सर्भिस सेन्टर छन् ।

 

अन्य सुविधा

सिप्रदीले बोल्ट खरिद गर्न चाहने ग्राहकका लागि विभिन्न बैंकहरुमा ऋणका लागि पहलसमेत गरिदिने सेल्स अफिसर उप्रेती बताउँछन् । गाडीको उपलब्धता अनुसार गाडी बुकिङ गरेको धेरैमा ४ देखि ५ दिनसम्ममा ग्राहकको हातमा गाडी उपलब्ध हुने उनको भनाई छ । बोल्टको रिसेल भ्यालू राम्रो हुने गरेको छ । सिप्रदीले गाडीको कन्डिसन हेरेर एक्सचेन्जमा ७५ प्रतिशतसम्म भ्यालू दिने गरेको सेल्स अफिसर उप्रेतीले बताए ।

 

यस्तै, इन्डिया, यूके र इटालीका समूहद्वारा डिजाइन गरी सञ्चालनमाल्याएको उत्कृष्ट यो कार हरेक दिन उपभोक्ताको पहिलो रोजाइ बन्न थालेको छ ।

 

स्टाइलिस कार बोल्टले ग्लोबल डिजाइन र स्तरलाई प्रत्याभूत गराउनेमा सिप्रदीविश्वस्त छ । सिप्रदी टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता हो ।

 

एक वर्षको रोडट्याक्स कम्पनीले नै तिरिदिन्छ । एसेसरिजहरु सिट कभरलगायत कम्पनीले नै उपलब्ध गराउँदै आएको छ । गाडी बुकिङ गर्दा टोकनमनीको रुपमा २५ हजारदेखि ५० हजार लिने गर्छ । गाडी खरिदको क्रममा कम्पनीले नै सहजीकरण गरिदिने भएकाले उपभोक्ताले बैंकहरुसँग कुनै झन्झट गर्नु नपर्ने पनि बताइएको छ ।

 

साथै कम्पनीले टेस्टड्राइभमा बढी फोकस गराउने भएकाले पूर्ण सन्तुष्ट भएपछि मात्रै गाडी खरिद गर्न सकिने सिप्रदीको भनाइ छ ।

 

तपाईं गाडी खरिद अथवा टेस्टड्राइभका लागि निम्न नम्बरमा सम्पर्क गर्नु सक्नु हुन्छ ।

 

नेपाल टेलिकम – ९८५१०००७५७ 
 

अथवा सिप्रदीको नजिकको शोरुममा पुगरे बुकिङ गर्न सकिने छ ।

 प्रस्तुति - नेत्र पाैडेल