सबैको रोजाइ पर्फेक्ट फेमिली कार, सीजीको सेलेरियो

  • शुक्रबार, ०४ फागुन २०७४ गते मा प्रकाशित
सबैको रोजाइ पर्फेक्ट फेमिली कार, सीजीको सेलेरियो

काठमाडाैं । सजिलो, छिटो र छरितो साधनका रुपमा हेरिएको मोटरसाइकलभन्दा सुरक्षित, स्तरीय र परिवारसहित हिँड्न सकिने भएकाले कारको माग बढ्दै छ । बजारमा आफ्नो क्षमता र आवश्यकताअुनसार न्यूनतमदेखि अधिकतम मूल्यसम्मका सवारीसाधन छन् । यसै मध्येको एक हो प्रर्फेकट फेमिली कार सेलेरियो । आज हामी यसै कारको रिभ्यू गर्न गइरहेका छौँ ।

 

फेमिली कार

प्रर्फेक्ट फेमिली कार ‘सेलेरियो’ परिवारका आवश्यकतालाई मध्यनजर गर्दै भित्रिएको हो । नेपालमा आधिकारिक रुपमा सुजुकीका चार पाङ्ग्रे सवारीसाधन विक्रि गर्दै आइरहेको सीजी होल्डिङ्गको अटोमोटिभ डिभिजन, सीजी मोटोकर्पले आफ्नो अत्यधिक लोकप्रिय प्यासेन्जर कार ‘सेलेरियो’को नयाँ फेसलिफ्ट भर्जनहरु नेपाली बजारमा भित्र्याएको छ । यसले आफ्नो आवश्यकता र स्तरीय सवारी चढ्ने सोखलाई सजिलै पूरा गर्न सकिन्छ ।

 

इन्जिन

सेलेरियोमा परिक्षित तथा प्रमाणित अवार्ड विजेता के १० ईञ्जिनको प्रयोग गरिएको छ । के १० ईञ्जिनले ६८ पीएसको अधिकतम शक्ति उत्सर्जन गर्दै प्रतिलिटर २३ दशमलव १ किलोमिटर माइलेज दिने क्षमता राख्छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै माइलेज दिने कार हो ।

 

फिचर्स

आरामदायी अनुभवका लागि विभिन्न फिचर्सका साथै अतुलनिय कार्य प्रदर्शनी तथा क्षमताका लागि सेलेरियोलाई उत्कृष्ट मानिएको छ । सेलेरियोमा सुरक्षाका विभिन्न अत्याधुनिक फिचर्सहरु उपलब्ध रहेका छन् । कारमा जडान गरिएको ईम्मोबलाइजरले चोरीलगायतबाट सुरक्षा प्रदान गर्दछ भने अन्य सुरक्षा प्रणालीहरु पनि जडान गरिएका छन् ।

 

त्यस्तै दुर्घटना हुँदा बटुवाहरुको सुरक्षार्थ गर्दन तथा टाउकोमा लाग्न सक्ने चोटपटक न्यूनिकरणका लागि प्रयोग हुने सुरक्षा फिचर्स पनि समावेश छ । कारका हरेक भ्यारियन्टमा स्ट्यान्डर्ड ड्राइभर एयरब्याग उपलब्ध छन् ।

 

एण्टिलक ब्रेकिङ प्रणाली, फोर्स लिमिटर तथा प्रि टेन्सनर सुविधा सहितको ईएलआर सिट बेल्ट हुनु पनि कारको अर्काे विशेषता हो । सुरक्षा फिचर्सलाई दृष्टिगत गर्दा यसलाई पारिवारिक प्रयोगका लागि सर्वाेत्कृष्ट कारका रुपमा पनि लिइन्छ । ग्राहकले यो कारमा लगानी गरिएको पैसा खेरा जाने छैन ।

 

अारमदायी अनुभव

कारको पछिल्लो भागमा गरिएको परिमार्जनले नयाँ कारलाई पुरानाका तुलनामा हेर्दा फराकिलो लुक्स प्रदान गरेको छ । सार्वजनिक नयाँ कार बाहिरबाट हेर्दा मात्र ट्रेण्डी नभइ कारको भित्री सजावटमा समेत विशेष ध्यान दिएको छ । कम्पनीले आरामदायी अनुभव दिन उपयुक्त सिट तथा फेब्रिक्सको प्रयोग गरिएको छ ।

 

साथै, विद्युतीय माध्यमबाट समायोजन गर्न सकिने ओआरभीएम्स, अटो डाउन ड्राइभर पावर विण्डो, किलेस ईन्ट्री, ईलेक्ट्रिक पावर स्टेरिङ, पावरफूल एयर कन्डिसनिङ, २ डिन म्युुजिक सिस्टम, ब्लूटूथ ह्याण्ड्स फ्रि प्रणाली लगायत फिचर्सहरु उपलब्ध रहेका छन् ।

 

चाहेकै समयमा खरिदकाे व्यवस्था 

नेपालमा दुई दर्जन बढी सवारी बिक्रेता कम्पनी भए पनि सीजीको आफ्नै प्रभाव र विश्वास छ । उच्च प्रतिष्पर्धामा सीजीले अन्य कम्पनीलाई उछिनेको छ । यसको राम्रो पक्ष भनेकै चाहेकै समयमा सवारी खरिदको सुविधा हो ।  तीन दशकदेखि सवारी साधन आयत गर्दै आएको कम्पनीले सामान्यदेखि उच्च वर्गका ग्राहकहलई आकर्षति गर्दै विभिन्न मोडेल र सुविधाका सवारी साधान बेच्दै आइरहेको छ ।

 

अटाेलाेनमा सहयाेग

साना वा दुई पांग्रे सवारीसाधन आफ्नै पूँजी जम्मा गरेर खरिद गर्ने सकिने भएपनि ठूला सवारी साधन गरिद गर्दा अटोलोनको आवश्यकता पर्दछ । अटोलोन गर्दा एकैपटक ठूलो रकम खर्चेर गाडी किन्नुभन्दा किस्तामा गाडी किन्दा सहज हुने भएकाले निम्नमध्यम वर्गीय परिवारसमेत सवारी साधानप्रति क्रेज बढ्दै गएको छ । कम्पनीले अटोलोनका लागि पनि विभिन्न बैंकहरुमा सहजीकरण गर्दै आएको छ ।

 

मूल्य

सेलेरियो भिएक्सआई मूल्य २३ लाख ४९ हजार तोकिएको छ भने सेलेरियो जेड्एक्सआईको मूल्य २६ लाख २९ हजार तोकिएको छ । मुलुकभर २९ ठाउँमा सर्भिस नेटवर्क रहेकोले कारमा कुनै पनि प्रकारको खराबी देखिना साथ मर्मत गर्न सकिन्छ ।

 

सर्भिसिङ

नयाँ गाडी खरिद गर्दा चार वर्षे वारेन्टि तथा ८ निःशुल्क सर्भिसिङ सुविधासहित उपलब्ध हुने छ । यसका अतिरिक्त कम्पनीले कारका जेन्यून स्पेयर्स पार्टसहरु सर्वसुलभ मूल्यमा उपलब्ध गराउँदै आएको छ । समग्रमा भन्दा सुजुकीको सेलेरियोमा खर्चिएको पैसा यतिकै खेर जाने छैन ।

 

सेलेरियोका विभिन्न मोडेलका गाडी खरिद गर्न इच्छुक हुनुहुन्छ वा टेस्टड्राइभ गर्न चाहानुहुन्छ भने ९८१८२९२५४४ मा सम्पर्क गर्न सक्नुहुन्छ । अथवा नजिकको सीजीअटोकमको शोरुममा पुगरे बुकिङ गर्न सक्नुहुने छ ।

 

प्रस्तुति -नेत्र पाैडेल