परिश्रम र समर्पणले लोकप्रिय बनेको रोयल ए–वान

  • बिहिबार, १९ साउन २०७४ गते मा प्रकाशित
परिश्रम र समर्पणले लोकप्रिय बनेको रोयल ए–वान

काठमाडौं । मान्छेको जीवन झन झन व्यस्त हुँदै गएको छ । व्यस्तताका कारण मानिसहरुसँग खाना, खाजा आफै बनाएर खाने फुर्सद पनि हुँदैन । खाना मिठो होस, छिटो होस र स्वास्थ्यबद्र्धक पनि होस भन्ने चाहना सबैलाई हुन्छ । किनभने खानासँग मानिसको स्वास्थ्य जोडिएको हुन्छ ।
होटल, रेष्टुरामा खाजा, खाना खान जानेहरु धेरै हुन्छन् । काठमाडौं उपत्यकामा त होटल रेष्टुरा यति धेरै छन कि कुन रेष्टुराँ ग्राहकका लागि उपयुक्त छ, कसले स्वास्थ्यबद्र्धक खाना दिन सक्छ भन्ने धेरैलाई थाहा नै हुँदैन ।

काठमाडौंमा क्वालिटीमा ध्यान दिने, सधै स्वच्छ सफा खाना खुवाउने रेष्टुरेन्ट बास्तवमै कम छन् । औलामा गन्न सकिने किशिमका छन् । काठमाडौंमा होटल रेष्टुरेन्टहरु धेरैजसो चलेका मात्रै छन् । व्यवसायिक सफलता प्राप्त गर्न सकेका छैनन् । किनभने उनीहरुले आफ्ना ग्राहकलाई सधै झुक्याएर खाना खुवाउने, एकैपटक धनी हुने सपना देखेका हुन्छन् । तर जसले आफ्ना ग्राहकलाई क्वालिटीको खाना खुवाउँछ, उसले व्यवसायिक सफलता पनि हात पार्छ । झुक्याएर होइन, ग्राहकलाई विश्वास दिलाएर काठमाडौंमा स्थापित भएको एउटा रेष्टुरेन्ट हो – रोएल ए– वान फास्ट फुड ग्रुप ।
काठमाडौंको तिनकुनेमा पहिलो रोयल ए–वान फास्ट फुड खुलेको थियो । तिनकुनेको यो पहिलो रेष्टुरेन्टले नै उपभोक्ताको मन जित्यो । रेष्टुरेन्ट चलाउने सञ्चालक, कामदार सबैको राम्रो व्यवहार, मिठो र स्वास्थ्यबद्र्धक ‘डिसेस’का कारण यो रेष्टुरालाई काठमाडौंमा स्थापित हुन धेरै समय नै लागेन । रोयल ए–वान अहिले ‘चेन रेष्टुरेन्ट’मा बदलिसकेको छ । यो रेष्टुरेन्टको स्लोगन नै उपभोक्ता लक्ष्यित छ । रोयल फास्ट फुडले लेख्ने गरेको छ– ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना ।

स्थापनाको छोटो अवधिमा रोयलले १५ वटा त शाखा नै विस्तार गरिसकेको छ । काठमाडौंको गैरीगाउँ, धुमबाराही, चाबहिलदेखि, न्यूरोडलगायत स्थानमा रोयल ए वानका शाखा छन् ।

रोयल ए वानका शाखाहरुको नाम एकैनाशको भने छैन । तर नियमित ग्राहकहरुलाई रोयलका शाखा चिन्न गाह्रो भने हुँदैन । कतिपय स्थानमा पार्टी प्यालेस पनि रोयलले सञ्चालन गरेको छ । विवाह, व्रतबन्ध, सेमिनार, बैठक आदिका लागि रोयलका सभाहलहरु उपयुक्त छन् ।
रोयल एवानको अर्को राम्रो विशेषता भनेको ताजा र धेरै किशिमका खानाका परिकारहरु पनि हुन् ।

सबै सेवा सुविधा राम्रो हुँदा हुँदै पनि आम उपभोक्ताले खर्च गर्न सक्ने भन्दा धेरै महंगो भयो भने त्यस्तो रेष्टुरेन्टको कुनै अर्थ हुँदैन । तर रोयल ए वान सबैकालागि पहुँचयोग्य छ ।


रोयल ए–वानका सञ्चालक हिमाल श्रेष्ठ भन्छन्–


‘ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो । तसर्थ हामी ग्राहकको रुचि अनुसार गुणस्तरीय , स्वास्थ्यबद्र्धक, अग्र्यानिक खाने कुराहरुको परिकार बनाउने गर्छाैं । सधै ग्राहकको सेवामा तत्पर रहेर ग्राहककै खुशीमा हामी रमाउने गर्दछौं र विभिन्न ठाउँहरुमा रेष्टुरेन्टका शाखा खोल्न सक्षम भएका छौं । स्वच्छ वातावरण , ताजा सफा खानेकुरा, नेपाली जुसको पनि व्यवस्था रहेको छ । हरेक रेष्टुरेन्टमा वाइफाइ, टेलिफोन आदिको सुविधा छ । ग्राहकले एक रेष्टुरेन्टबाट गर्ने अपेक्षा हामी पूरा गर्न सक्षम छौं ।’


रोएल ए वान फास्ट फुड ग्रुपका शाखाहरु

  • ए वान क्याफे एण्ड पार्टी प्यालेस – नयाँ बानेश्वर काठमाडौं सम्पर्क– ४३५९२११
  • ए वान क्याफे – भिमसेनगोला काठमाडौं सम्पर्क – ४४८६५४६
  • ए वान क्याफे – न्यूरोड काठमाडौं सम्पर्क – ४२५१६९७
  • ए वान क्याफे एण्ड ब्यांक्वैट – धोबिघाट ललीतपुर सम्पर्क – ५५२६७००
  • ए वान क्याफे एण्ड पार्टी प्यालेस – चाबहिल काठमाडौंँ सम्पर्क –४४७८४८९
  • ए वान क्याफे – धुमबाराही शंखपार्क सम्पर्क –४४१७९२१
  • ए वान क्याफे – तिनकुने काठमाडौंैँ सम्पर्क –४४८३०२३
  • रोएल फुड क्याफे – बौद्ध काठमाडौं सम्पर्क –४४६५३४४
  • रोएल फुड क्याफे – सिनामंगल काठमाडौं सम्पर्क –४१११०४६
  • रोएल फुड क्याफे एण्ड व्यानक्वेट – थसीखेल ललितपुर सम्पर्क –५५२४१५०
  • क्याफे त्रिवेणी फास्ट फुड – बौद्ध काठमाडौ सम्पर्क –४९१७६२१
  • त्रिवेणी फुडल्याण्ड – बौद्ध काठमाडौं सम्पर्क –४४८५५१६
  • क्याफे लाइन हर्ट – कमलादी काठमाडौंैँ सम्पर्क –४४२३८६८
  • क्याफे योंग हर्ट – गैरीगाउँ काठमाडौंैँ सम्पर्क –४१२२३१
  • नमुनम फास्ट फुड – लगनखेल ललितपुर सम्पर्क –५००४१००

ए – वान स्पेसल परिकारहरु

  • ट्राउट माछाको परिकार
  • सानो माछाको परिकार
  • लोकल कुखुराको परिकार
  • ब्रोइलर कुखुराको परिकार
  • सेकुवाको परिकार
  • हाँसको परिकार
  • बँदेलको परिकार
  • हड्डीको सुप
  • नेवरी खाजा सेट
  • साँदेको छोइलाको परिकार
  • नेपाली खाना सेट