३ जी र ४ जीमा के फरक ?

  • मङ्गलबार, १७ साउन २०७४ गते मा प्रकाशित
4g

२ जी देखि ३ जी र ४ जीसम्म आउँदा यो बढ्दै गएको प्रविधिको प्रतिफल हो । ब्याण्डविथ बढ्दै गएपछि त्यसको स्पीड पनि बढ्दै जान्छ । जस्तो ३ जीमा भन्दा ४ जीमा स्पीड बढि छ । यसका साथै ३ जीमा भन्दा ४ जीमा सेवा सुविधा पनि बढि छन् । स्पीडको फरक हेर्दा, २ जीमा केबीपिएस को रेन्जको स्पीड छ भने ३ जीमा एमबीपिएसको रेन्जको स्पीड छ । अहिले २.५ जी पनि आएको छ । जस्तो हामीले मोबाइल चलाउँदा कहिले इ आउँछ भने कहिले जी । जी भनेको २ जी हो भने भने इ भनेको २.५ जी हो ।


एच भनेको ३ जी हो भने एच प्लस भनेको ३.५ जी हो । यसरी ब्याण्डविथ बढ्दै जानुसँगै अहिले ३२.८ एमबीपिएससम्म आइपुगेको छ ।