यस्ता छन् डाटा प्याकका फाइदा, यति पैसा बचाउँ गर्नुस्

  • मङ्गलबार, १७ साउन २०७४ गते मा प्रकाशित
ntc-logo-nepalaaja

सबै स्तरका ग्राहकहरुको लागि नेपाल टेलिकमको डाटा सेवा सस्तो र सुलभ छ । साधारण प्रयोगकर्ताले एक रुपैयाँमा प्रति एम बी पाउँछन् भने डाटा प्याक चलाउँदा ३०० रुपैयाँमा १५०० एम बी खरिद गरेर चलाउन पाउँछन् । त्यतिमात्र होइन नेपाल टेलिकमले दिँदै आएका ६ वटा भिन्न डाटा प्याक अन्तर्गत ग्राहकले पैसा बचाउ गर्न सक्छन् ।

नाइट डाटा प्याकमार्फत ६६५६ एम बी प्याक रु ३०० मा खरिद गर्न सकिन्छ । यसमा प्रति एमबीको शूल्क ४ पैसा लाग्न जान्छ । जब की ५०० एमबी प्याक खरिद गर्दा प्रति एमबी ९ पैसा पर्न जान्छ । यसरी एमबी बढ्दै जाँदा त्यसको समयवधि पनि बढ्दै जान्छ र प्रति पैसा पनि घट्दै जान्छ । जुन ग्राहकहरुको लागि राम्रो पक्ष हो । कुन एम बी प्याक चलाउँदा कति पैसा बचत गर्न सकिन्छ तलको सूचीमा पनि हेर्न सकिन्छ ।