नेपाल टेलिकमको सस्तो डाटा प्याक कसरी लिने ?

  • मङ्गलबार, १७ साउन २०७४ गते मा प्रकाशित
NTC Data

काठमाडौं । नेपाल टेलिकमले दिने ‘डाटा प्याक’ धेरै मोबाइल प्रयोगकर्ताहरुका लागि आकर्षक हुन सक्छन् । तर आश्चर्यजनक विषय यो छ कि यस्ता आकर्षक अफरहरु धेरै जसो प्रयोगकर्तालाई थाहा नै छैन । नेपाल टेलिकमले मोबाइलमा इन्टरनेट चलाउने ग्राहकहरुका लागि दिएको अफरहरु साँच्चै सस्ता र आकर्षक छन् । मोबाइलमा दिनकै १ सय रुपैया इन्टरनेट चलाउँदा हैरान भइसकेका जोरपार्टीका दिनेश ढकाल नेपाल टेलिकमको अफर देखेर हैरान भएन । उनले तुरुन्तै आफ्नो मोबाइलका लागि स्कीम खरिद गरिहाले ।

नेपाल टेलिकमको जिएसएम प्रिपेड, जिएसएम प्रोपेड, सिडिएमएलगायत मोबाइलमा यस्ता सुविधा छन् । तर ती सबै बारे होलसेलमा बुझन केही झन्झटिलो हुन सक्छ । यसकारण धेरैले प्रयोग गर्ने जिएसएम प्रिपेड मोबाइलका प्रयोगकर्ताले सस्तोमा नेपाल टेलिकमको इन्टरनेट कसरी चलाउन सक्छन् ? यसको विधि र प्रक्रिया के हो ? यो कति सस्तो छ भन्ने बारे जानकारी दिन चाहन्छौं ।

यस्ता आकर्षक अफरहरु कसरी क्रियाशील गराउने भन्ने पनि प्रश्न आउन सक्छ । यदि तपाई कम्प्युटर वा ल्यापटपमा हुनुहुन्छ भने तलको लिंकमा जानुहोस र दिइएको निर्देशनअनुशार भरेर अफर एक्टिभेट गर्नुहोस्ः

http://offer.ntc.net.np/

अथवा*१४१४#मा कल गरेर अपरेटरको सहयोगमा पनि आफूले चाहेको सेवा एक्टिभेट गर्न सकिनेछ ।