नेपाल टेलिकमको सस्तो डाटा प्याक कसरी लिने ?

  • सोमबार, १६ साउन २०७४ गते मा प्रकाशित
NTC Data

 

नेपाल टेलिकमले पछिल्लो समय नयाँ नयाँ सेवा सुविधा थप गर्दै आएको छ । स्थापनाकालेदखि नै ग्राहकको सेवामा समर्पित रहेको नेपालको एकमात्र सरकारी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले पछिल्लो समय सेवा सुविधाहरु थप गरेको हो ।

नेपाल टेलिकममा डाटा प्याक अफरहरु सजिलै सब्स्क्राइब गर्ने तरिका यस्ता छन् । ग्राहकहरुले *१४१५# डायल गरेपछि निम्न डाटा प्याकका अफरहरु देखिन्छन्। 

  • नाइट डाटा प्याक
  • फेसबुक प्याक
  • स्मल डाटा प्याक
  • रेगुलर डाटा प्याक
  • न्यु इयर प्याक
  • नेपाल टेलिकम ४जी अफर
  • भोलुम क्वेरी

तत्पश्चात आफूले चाहेको प्याक वा अफर अन्तर्गतको संख्या (१ अथवा २ अथवा ३.......) लेखेर पठाई आवश्यक डाटा प्याक अथवा अफर लिन सकिन्छ । त्यती लेखेर पठाई सकेपछि प्याक अथवा अफरहरु आफैं सबस्क्राइब हुन्छन् । अन्तिममा ७ औँ नंबरमा रहेको भोलुम क्वेरीबाट भने बाँकी रहेको डाटाबारे जानकारी लिन सकिन्छ ।

पछिल्लो समय यी डाटा प्याकहरु ग्राहकहरका लागि आकर्षक बन्दै गएका छन् । नाइट डाटासेवा अनतर्गत जीएसएम, सिडिएमए प्रिपेडर पोस्ट पेड प्रयोगकर्ताहरुले बेलुकी १० बजेदेखि विहान ६ बजेसम्म अफर प्राप्त गर्न सक्छन् ।