• पर्यटन
  • सगरमाथामा फोहोरै फोहोर

    वैशाख ११।  विश्वको सर्वोच्च शिखर सगरमाथा चुम्न जाने आरोहण दलका सदस्यले कति फोहोरजन्य सामग्री लैजान पाउने सीमा तथा लगिएका सामग्री फिर्ता नगरे धरौटी जफतसहित थप कारबाही हुने कानुनी व्यवस्था छ ।  तर, हिजोआज सगरमाथा फोहोरै फोहोरको थुप्रोले ढाक्न थालेको भन्दै पर्यटन व्यवसायीले चिन्ता व्यक्त गर्न थालेका छन्। सगरमाथा ९८, ८४८ मि० को फोहोर व्यवस्थापन गर्न […]

  • पर्यटन
  • बाह्य पर्यटकको आगमन बढ्यो

    वैशाख – ९ । म्याग्दीमा बाह्य पर्यटकको आगमनमा उल्लेख्नीय वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा म्याग्दी भ्रमणमा आउने बाह्य पर्यटकको सङ्ख्या ५२ हजार २७ रहेका छन् । अघिल्लो आर्थिक वर्षमा करिब २५ हजार पर्यटकले मात्र म्याग्दीको भ्रमण गरेका थिए । कात्तिक महिनामा सबैभन्दा बढी पर्यटकको आगमन […]

  • पर्यटन
  • सगरमाथा अहिलेसम्मकै बढी आरोही

    वैशाख – ६ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालका अनुसार मङ्गलबारसम्ममा सगरमाथा आरोहणका लागि ३९ समूहका ३६५ जनाले आरोहण अनुमति लिएका छन् । सो सङ्ख्या अहिलेसम्मकै बढी भएको उनले बताए । गत वर्ष कुल ३४ समूहका २८९ जनाले आरोहणको अनुमति लिएका […]

  • पर्यटन
  • पर्यटकको केन्द्रबिन्दु बन्दै पत्ताले डाँडो

    वैशाख ६ । पछिल्लो समय पत्तालेडाँडा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।  विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनांै हिमालको दृश्यावलोकन गर्न सकिने मनोरमस्थल पत्तालेडाँडामा विभिन्न कार्यक्रम समेत आयोजना हुन थालेको छ । पत्तालेडाँडामा रहेको लौरेश्वर महादेवथानमा केहीवर्ष अगाडिदेखि नियमित वार्षिक मेला लाग्न थालेको छ । नयाँ वर्षको अवसरमा लगाइने उक्त मेलाले आन्तरिक पर्यकलाई आकर्षित गराएको […]

  • पर्यटन
  • सगरमाथामा ट्राफिक जाम !

    वैशाख ३ । सगरमाथका आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या बढ्दा ‘ट्राफिक जाम’ हुने सम्भावना बढेको छ । सगरमाथाको आधार शिविर पुग्न थालिसकेका आरोही करिब एक महिना त्यहाँ बिताएर यही वैशाखको पाँचौं हप्ता मौसमको अनुकूलता हेरेर सगरमाथा चढ्छन् ।  मौसम राम्रो भएकै बेला सबै आरोही दोस्रो, तेस्रो वा चौथो शिविरबाट शिखरतर्फ जाने भएकाले चौथो शिविरदेखि […]

  • पर्यटन
  • एकै याममा दुईपटक सगरमाथा चढ्दै भारतीय महिला

    चैत – २९ । सगरमाथा आरोहीले सामान्यतया एक याममा एकपटकमात्र सगरमाथा आरोहण गर्छन् । तर, एक भारतीय महिला एकै याममा दुईपटक सगरमाथा आरोहण गर्ने अनुमतिसहित मंगलबार सगरमाथा आधारशिविर पुगेकी छन् । सैँतीस वर्षीया अंशु जानसेन्पा मंगलबारआधारशिविर पुगेको ग्रिन हिमालय ट्रेकिङ कम्पनीका म्यानेजर दावा शेर्पाले जानकारी दिए । एकै याममा दुईपटक आरोहण गर्न लागेकी अंशुले सामान्य […]

  • पर्यटन
  • रेसुंगाको संरक्षण र विकासमा पर्यटन व्यवसायी जुट्न थाले

    चैत २९ । ऐतिहासिक तपोभूमिका रुपमा परिचित गुल्मी जिल्लास्थित रेसुंगा त्यहाँको आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्ने देखिएको छ । गुल्मी जिल्लाको सदरमुकाम तम्घासको शिरमा अवस्थित यो स्थल सदरमुकाम र आसपासको खानेपानीको मुख्य स्रोत हो भने ३१ प्रजातिका जडीबुटी, विशेष प्रकारका ३० थरी रुख तथा वनस्पति, १५ प्रकारका वन्यजन्तु, ४० प्रकारका पक्षी बसोबास गर्ने विविधतायुक्त स्थल […]

  • पर्यटन
  • कञ्चनपुरमा ४७ प्राकृतिक ताल

    चैत्र – २८ । कञ्चनपुरस् कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल रहेको पाइएको छ। जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले सङ्कलन गरेको तथ्याङ्कअनुसार यहाँ ४७ प्राकृतिक ताल रहेका छन्। सङ्कलित तथ्याङ्कअनुसार सबैभन्दा ठूला तालमा बेलौरी नगरपालिकाको पुरैना ताल र बन्दा ताल रहेका छन्। क्रमशः दुवै तालको क्षेत्रफल ३० र २५ हेक्टर रहेको छ।बाँकी अन्य तालको क्षेत्रफल शून्य […]

  • पर्यटन
  • आरोही धमाधम गन्तव्यतर्फ

    चैत २२ । वसन्त ऋतुको आगमनसँगै सगरमाथालगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका आरोही यतिखेर धमाधम गन्तव्यतर्फ लागिरहेका छन् । हिमालचुली आरोहणका लागि आजसम्म ३० वटा आरोहण समूह विभिन्न मितिमा त्यसतर्फ गएको पर्यटन विभागले जनाएको छ । विभागबाट आरोहण अनुमति लिएर एकसाताअघिदेखि विभिन्न समूह आरोहणमा गएको र अझै आरोही आउने क्रम जारी रहेको विभागका निमित्त […]

  • ताजा खबर
  • भारतीय जलसेनाले सगरमाथा आरोहण गर्ने (भिडियोसहित)

    चैत २१ । भारतका २४ जलसेनाले सगरमाथा आरोहण गर्ने भएका छन् । भारतीय जलसेनाको टोली मंगलाबर जिरी हुँदै आफ्नो यात्रा सुरु गर्न लागेको हो । १९ अप्रिलमा सगरमाथा बेस क्याम्प पुग्ने लक्ष्य राख्दै उक्त टोली लाग्नेछन् । यो समेत गरेर भारतीय जल सेनाका टोली दोस्रो पटक सगरमाथ पुग्न लागेका हुन् । सन् १९६५ मा पनि […]

  • पर्यटन
  • एसियन माउन्टेन बाइक रेस

    चैत १९ । माउन्टेन बाइक कम्पनी प्रालिका आयोजनामा एसियन एन्ड्युरो सिरिज माउन्टेन बाइक रेसको दोस्रो संस्करण यसै महिनामा हुने भएको छ । यही चैत २४ देखि २७ गतेसम्म नगरकोटमा आयोजना हुने उक्त रेसमा नेपालसहित १७ देशका ८१ जनाको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संयोजक अनुज अधिकारीले जानकारी दिए । उनकाअनुसार रेसमा नेपालबाट ४२ […]

  • पर्यटन
  • आकर्षक पर्यटकीय गन्तव्य बन्दै शिवासन क्षेत्र

    चैत १८ । पाल्पा जिल्लाको बगनाँसकाली गाउँपालिकास्थित बराङ्दीको महामृत्युञ्जय शिवासन क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । महामृत्युञ्जय शिवासन क्षेत्रमा १४ फिट उचाइ, आठ फिट चौडाइको शिवको मूर्ति स्थापना गरेपछि धार्मिक तथा पर्यटकीय गन्तव्य बन्दै गएको हो । तीनहजार ३०० किलोग्राम शुद्ध तामा र पित्तलको ध्यान मुद्रामा शिव देवताको मूर्ति स्थापनाले आन्तरिक पर्यटक आकर्षण गर्ने […]

  • पर्यटन
  • अब कञ्चनजंघामा नाउरको सिकार गर्न पाइने

    चैत–१२ । स्थानीय बासिन्दाले संरक्षण गरिरहेको कञ्चनजंघा संरक्षण क्षेत्रमा सरकारले व्यावसायिक सिकारको अनुमति दिने तयारी गरेको छ । संरक्षणमा संलग्न कञ्चनजङ्घा क्षेत्रका बासिन्दाले नाउरको सङ्ख्या अपेक्षाभन्दा धेरै वृद्धि भएको बताउँदै व्यावसायिक सिकारका लागि अनुमति दिन सरकारसँग आग्रह गरेका हुन् । उनीहरूले त्यसबाट हुने आम्दानी संरक्षणका थप कार्यक्रम सञ्चालनका लागि दिनसमेत माग गरेका छन् । कञ्चनजङ्जा […]

  • पर्यटन
  • बेल्जियमा सुरु भयो नेपाल पर्यटन वर्ष, पर्यटन पर्वद्धनमा सघाउँन नेपालीलाई राजदूतको आग्रह

    चैत्र १० । नेपाल पर्यटन वर्ष– युरोप २०१७ अन्तर्गत बेल्जियममा पर्यटन पर्वद्धनका लागि औपचारिक कार्यक्रम सुरु भएको छ । उक्त कार्यक्रमको उद्घाटन बेल्जियका लागि नेपाली राजदूत लोकबहादुर थापाले गरे । कार्यक्रममा उनले बेल्जियममा बसोबास गर्ने नेपाली नागरिकलाई बेल्जियमका सवारी साधनमा पवद्र्धनात्मक पोस्टर टाँसी नेपालको पर्यटनमा सहयोग पु¥याउन बेल्जियममा बसोबास गर्ने नेपाली नागरिकलाई अपिल गरेका छन् […]

  • पर्यटन
  • नेपालमा पाँच हजारभन्दा बढी प्राकृतिक ताल, हुम्लामा सबैभन्दा धेरै

    चैत ८ । राष्ट्रिय ताल संरक्षण विकास समितिले नेपालमा पाँच हजार तीन सय ५८ वटा प्राकृतिक ताल रहेको जनाएको छ । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेका ५०० मिटर उचाइभन्दा तल दुई हजार ७१२ वटा, ५०० मिटरभन्दा माथि तीन हजार मिटरभन्दा तल्लो क्षेत्रमा ४१९ र तीन हजारभन्दामाथि उचाइका दुई हजार २२७ ताल रहेका छन् । समितिका अध्यक्ष […]

  • पर्यटन
  • गुराँस र मनोरम हिमालको सुन्दरताले सजिएको रुइस

    चैत ८ । सदरमुकाम बेनीदेखि एक बिहानको पैदल दूरीमा रहेको म्याग्दीको पर्यटकीय रुइसे–भेडीओढार क्षेत्र प्राकृतिक सौन्दर्यले सु–सज्जित बनेको छ । भर्जिन (नयाँ) पदमार्गका रुपमा परिचित धौलागिरि आइसफल पदमार्गको प्रवेशद्वारका रुपमा रहेको यो क्षेत्रको जंगलमा फागुन महिनाको सुरुवातसँगै फुलेको राताम्मे गुराँसको सुन्दरताले पर्यटकलाई आकर्षित गरिरहेको छ । समुद्री सतहदेखि दुईहजार पाँचसय ३० मिटर उचाइमा भगवती, पिप्ले, […]

  • पर्यटन
  • मुस्ताङमा पर्यटकीय चहलपहल सुरु

    चैत ५ । मुस्ताङमा पर्यटकीय चहलपहल सुरु भएको छ । पर्यटकीय याम सुरु भएसँगै मुस्ताङ छिर्ने पर्यटकको संख्या दैनिक बढ्दो छ । फागुन–जेठ दोस्रो मुख्य पर्यटकीय याम हो । मध्यजाडोमा हिमपातसँगै अत्यधिक चिसो झेलेको मुस्ताङले अहिले न्यानोसहित पर्यटकलाई स्वागत गरिरहेको छ । पुस–माघमा एकाध पर्यटक देखिने मुस्ताङका गन्तव्यमा अहिले बाक्लै आन्तरिक तथा बाह्य पर्यटक देखिन्छन् […]

  • पर्यटन
  • सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल

    फागुन ३० । सगरमाथा क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमाली मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन दिन प्रतिदिन बढ्न थालेको हो । फागुनबाट सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नाम्चेका व्यवसायी दोर्जी शेर्पाले बताए । जाडो महिनामा लगभग शून्य बनेको खुम्बु क्षेत्रमा […]

  • पर्यटन
  • पर्यटन क्षेत्रलाई व्यवस्थित बनाइनुपर्ने — मन्त्री गिरी

    २७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले मुलुकको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान रहेकाले यसलाई व्यवस्थित बनाउनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबले शनिबार आयोजना गरेको अन्तक्र्रियामा उनले पर्यटन क्षेत्रको विकासका लागि मुलुकमा शान्ति र स्थिरता आवश्यक रहेको बताए । मन्त्री गिरीले नेपालको जैविक विविधता, प्राकृतिक सौन्दर्य, रमणीय स्थल, कला, संस्कृति तथा […]

  • पर्यटन
  • पर्यटन विकासको करोडौँ बजेट धुलोमै उडेर सकिन्छ

    फागुन – ११ । यस वर्ष पनि कर्णालीको पर्यटन पूर्वाधार विस्तारका लागि सरकारले यहाँस्थित कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिलाई सरकारले उपलब्ध गराएको चार करोड ६८ लाख रुपैयाँ बजेट दुरुपयोग भएको गुनासो बढेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत बिनियोजित बजेट विगतका योजनाझैँ पुनःपदमार्ग, मन्दिर, धर्मशाला, विश्रामस्थल र भ्यू टावर निर्माणमै खर्च हुने […]

  • पर्यटन
  • नगरकोटमा पर्यटकको चाप बढ्यो

    फागुन – ५ । पर्यटकीय क्षेत्र नगरकोटमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पपछि कमी आएको पर्यटकको चाप पुनः फर्किएको हो । नगरकोटमा चिनियाँ र युरोपेली पर्यटकको धेरै आउने गरेका छन् । त्यस्तै, साताको अन्तिम दिन आन्तरिक पर्यटकको चाप बढ्ने गरेको छ । ‘वसन्त ऋतु लागेसँगै […]

  • पर्यटन
  • गाउँ पर्यटनको विकासमा योगदान दिने तीन पर्यटनकर्मी सम्मानित

    फागुन – ४ । पोखरा गाउँ पर्यटन प्रवर्द्धनमा सक्रिय ‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ)’ पोखरा शाखाले गाउँ पर्यटनको विकासमा योगदान गर्ने तीनजना अगुवालार्ई सम्मान गर्ने भएको छ। गाउँ पर्यटनका नायक रुद्रमान गुरुङको प्रथम स्मृतिमा आगामी फागुन १५ गते पोखरामा एक समारोहबीच सामुदायिक होमस्टेको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याएका स्याङ्जा, सिरुबारीका पर्यटन संयोजक जुम गुरुङ, […]

  • पर्यटन
  • म्याग्दीका हिमाली भेगबाट बसाइँ सरे कस्तुरी मृग

    फागुन – ३ । बढ्दो तापक्रम वृद्धि र मानवीय गतिविधिका कारण म्याग्दीको हिमाली भेगका कस्तुरी मृगले आफ्नो वासस्थान छोडेर अन्यत्र जान थालेका छन् । धौलागिरि हिमालको फेदीमा अवस्थित मुदी, लुलाङ, गुर्जा, कुइनेमङ्गले, दाना र मुना गाविसका जङ्गलमा प्रशस्तमात्रामा कस्तुरी मृगको वासस्थान रहदै आएको थियो । जलवायु परिवर्तनका कारण हिमाली भेगमा तापक्रम बढ्दै जाँदा अनुकूल वातावरण […]

  • पर्यटन
  • बर्दियामा नेपाल राईडरस मिट सम्पन्न

    माघ – २९  । बर्दियाको ठाकुरद्वारामा दुई दिने नेपाल राईडरस मिट कार्यक्रम सम्पन्न भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उदेद्श्यले नेपालमै पहिलो पटक बर्दियाको ठाकुरद्वारमा रहेको टाइगर टप्स कर्णाली लजमा कार्यक्रम आयोजना गरिएको फोरे नेपालका अध्यक्ष रबि थापाले जानकारी दिए । नेपाल राईडरस मिट कार्यक्रममा नेपालका विभिन्न क्लवसंगै भारत, स्विजरल्याण्ड, जापानलगायत २ सय ३० जना […]

  • पर्यटन
  • सौराहा घुम्‍ने पर्यटकलाई ३० प्रतिशतसम्म छुट

    सौराहाका पर्यटन व्यवसायीले प्रणय दिवसका अवसरमा सौराहा खाना महोत्सवमा आउने पर्यटकलाई ३० प्रतिशतसम्म छुटको घोषणा गरेका छन् । उनीहरुले खान बस्नमा १५ प्रतिशत र साना पर्यटन व्यवसायी समूहमार्फत उपहार सामग्रीहरु खरिदमा रु ३० प्रतिशत छुटको घोषणा गरेका हुन् । मुख्यगरी खाना महोत्सवलाई लक्षित गरेर आएका पर्यटकलाई सहज होस् भन्ने हेतुले छुटको घोषणा गरेको क्षेत्रीय रेवानका […]

  • पर्यटन
  • रातोहाब्रे जोगाउन सक्रियता

    माघ २९ । विश्वबाट नै लोपोन्मुख अवस्थामा रहेको रातोहाब्रेकोे चोरी तस्करी बढ्न थालेपछि उत्तरी क्षेत्रका सामुदायिक वनका पदाधिकारी रातोहाब्रेको संरक्षणमा कम्मर कसेर लागेका छन् । वन फँडानी, चोरीतस्करी र खुला चरिचरनका कारण रातोहाब्रे लोप हुँदै जान थालेको छ । उत्तरी क्षेत्रका सामुदायिक वनमा अहिले पनि चौँरी तथा गाईगोठ छन् । जंगलमा गोठ राख्दा धेरै वन […]

  • पर्यटन
  • नगरकोटको मनमोहक दृश्य हेर्न लालयित पर्यटकका लागि सुविधायुक्त ‘होटल कन्ट्रिभिल्ला’ (भिडियोसहित)

    केही समय यता चर्चित पर्यटकीय क्षेत्रको रुपमा नगरकोटलाई पनि चिनिन थालिएको छ । बाह्य तथा आन्तरिक पर्यटकलाई नगरकोटको मनमोहक दृश्यले आकर्षित गर्न सफल भइरहेको छ । विशेष गरी उपत्यकावासी र वाह्य पर्यटक चिसो हावामा प्रकृतिको सुन्दरता, सूर्योदय र सूर्यास्त हेर्न हप्ताको अन्तिम दिन अर्थात शुक्रबार र शनिबार विशेष गरी जाने गरेको पाइन्छ । सूर्योदय हेर्नको […]

  • पर्यटन
  • अन्नपूर्ण पदमार्गमा बेमौसममा पनि पर्यटकको चहलपहल बढ्याे

    माघ – २६ । पदयात्राको लागि उपयुक्त मौसम नभए पनि अन्नपूर्ण पदमार्गमा यतिबेला पनि पर्यटकको चहलपहल घटेको छैन । अघिल्ला वर्षको तुलनामा मौसम अत्याधिक चिसो नभएकाले दैनिक स्वदेशी तथा विदेशी पर्यटक पदयात्रामा निस्किएका छन् । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार पदयात्राको समय नमानिने डिसेम्बर र जनवरीमा पनि एक हजारभन्दा बढी विदेशी पर्यटक लमजुङ हुँदै […]

  • पर्यटन
  • सार्क राष्ट्रकै नमुना गाउँमा बन्यो पर्यटकीय सङ्ग्रहालय

    माघ – २२ । सार्क राष्ट्रकै नमुना मानिएको घलेगाउँमा पर्यटकीय सङ्ग्रहालय निर्माण गरिएको छ । पर्यटकलाई थप आकर्षण गर्ने उद्देश्यले पर्यटकीय सङ्ग्रहालय निर्माण गरिएको हो । सङ्ग्रहालयमा स्थानीय गुरुङ संस्कृतिमा आधारित कला तथा वस्तु निर्माण गरिएका छन् । सङ्ग्रहालयमा गुरुङ संस्कारअन्तर्गत जन्मदेखि मृत्युसम्म प्रयोग गरिने विधि तथा सामग्री राखिएका छन् । ‘सङ्ग्रहालय गुरुङ संस्कार र […]

  • पर्यटन
  • स्वर्गद्वारीमा भक्तजनको घुइँचो

    माघ २२ । आफूले जे माग्यो, त्यही प्राप्त हुने जनविश्वासले स्वर्गद्वारीमा भक्तजनको निकै भिड लाग्ने गरेको छ । खासगरी भारतको उत्तर प्रदेश र नेपालका भक्तजन आफूले चाहेको कुरा प्राप्त हुने विश्वास र जानी नजानी गरेका पाप पनि नष्ट हुने जनविश्वासका कारण त्यहाँ आउँछन् । स्वर्गद्वारीमा फागुनदेखि असारसम्म नेपाली भक्तजन तथा वैशाख, साउन र माघमा भारतीय […]

  • पर्यटन
  • पर्यटन प्रवद्र्धन गर्न आलितालमा मन्दिर निर्माण

    माघ २० । धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने डडेल्धुरा अलिताल गाविसमा रहेको ताललाई पर्यटन प्रवद्र्धन गर्न तालनजिक स्थानीयवासीले मन्दिर निर्माण गरेका छन् । आलिताल क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आगमन बढाउनका लागि स्थानीयवासीले आलितालको प्रवेशद्वारमा भगवती माताको मन्दिर निर्माण गरेको स्थानीयवासी रघुवीर धामीले जानकारी गराए । धार्मिक आस्थाले पनि महत्व राखेको आलितालमा सोही गाविस–४ […]

  • पर्यटन
  • वसन्तपुर हुँदै कञ्चनजङ्घा हिमालसम्म पुग्ने पदमार्ग ठप्प

    माघ–२० । एकै स्थानमा धेरै प्रजातिका गुराँस फुल्ने भएकै कारण पूर्वको पर्यटनमा ख्याति कमाएको तीनजुरे मिल्के जलजले टिएमजे क्षेत्रमा जथाभावी सडक निर्माण भएपछि यहाँको आकर्षण घटेको छ । तेह्रथुमको वसन्तपुरदेखि सङ्खुवासभाको गुफा बजार हुँदै ताप्लेजुङको दोभानसम्म पदमार्ग मासेर सडक निर्माण गरिएपछि पदमार्ग भएर आउने पर्यटकको रोजाइमा यो क्षेत्र पर्न छाडेको व्यवसायीको भनाइ छ । सुविधा […]

  • पर्यटन
  • रसुवाको थुमन गाउँ पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै

    माघ १९ । रसुवाको थुमन गाउँ पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ । भूकम्पले जिल्लाका अधिकांश क्षेत्रमा प्रभाव पारेपछि पर्यटक आगमन घट्दै आएकोमा पछिल्लो समय थुमनवासीले फेरि होटल व्यवसाय संचालन तथा घर निर्माण गरेसँगै थुमन गाउँ पर्यटकको गन्तव्यस्थल बन्दै गएको हो । गाउँमा आन्तरिक र वाह्य पर्यटकको चाप बढेसँगै होटल गर्ने व्यवसायीको संख्या थपिँदै […]

  • पर्यटन
  • घोडेपानीका होटलमा चिनियाँ पर्यटकको खचाखच

    माघ १६ । म्याग्दीको घार गाविस–१ मा पर्ने प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ भएका छन् । पर्यटन व्यवसायका हिसाबले अफसिजन मानिने हिजोआज नयाँ वर्ष मनाउने चिनियाँ पर्यटकको चापसँगै घोडेपानीका होटल भरिभराउ भएका हुन् । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने घोडेपानीमा दैनिक २०० जनाको अनुपातमा चिनियाँ पर्यटक भित्रिएका स्थानीय होटल व्यवसायी टेकसर वुद्धुजा पुनले […]

  • पर्यटन
  • रसुवाको पर्यटकीय क्षेत्र खाम्जिङमा पहिलो पटक गाडी पुग्यो

    माघ १६ । रसुवाको पर्यटकीय क्षेत्र खाम्जिङमा पहिलो पटक गाडी पुगेको छ । स्थानीयवासीको ३२ लाखसहित ५१ लाखको लागतमा बनेको रोङ्गा(खाम्जिङ कृषि सडकमा गाडी गुड्न थालेपछि स्थानीय हर्षित बनेका छन् । स्थानीयवासीको ३२ लाख, संसद विकास कोषको १५ लाख र गाविस तथा जिविसको ४ लाख गरी ५१ लाखको लागतमा ६ किलोमिटर सडक बनाइएको हो । […]

  • पर्यटन
  • विश्व सम्पदा क्षेत्रमा विद्युतीय सवारी चलाउने योजना कागजमै सिमित

    माघ–१५ । विश्वसम्पदा सूचीमा परेका केही स्थान र ठमेलमा विद्युतीय सवारीसाधन चलाउने योजना पाँच वर्षदेखि अलपत्र परेको छ । पार्किङ अभाव र साँघुरा सडकका कारण यो योजनाले पूर्ण रुप पाउन नसकेको हो । काठमाडौँ महानगरपालिकाले न्युरोड, वसन्तपुर, असन, इन्द्रचोक हुँदै ठमेलसम्म विद्युतीय सवारीसाधन सञ्चालन गर्ने योजना २०६९ मै अगाडि सारेको थियो । तत्कालीन समयमा पाँच […]

  • पर्यटन
  • हिमाल दृष्यावलोकनका लागि नयाँ गन्तव्य बन्दै भुजेल गाउँ

    माघ – १३ । अन्नपूर्ण, कुमारी र माछापुच्छ्रे हिमालको दृष्यावलोकन नजिकैबाट गर्न र स्थानीय क्षेत्रको साँस्कृतिक तथा सामाजिक पहिचान गराउने उद्देश्यले कास्कीको कास्कीकोटमा सञ्चालित भुजेल गाउँ होमस्टे (घरबास) यतिखेर पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा विकास भएको छ । प्राकृतिक सौन्दर्यता, स्वच्छ र रमणीय वातावरणमा स्वदेशी तथा विदेशी पाहुनालाई स्थानीय उत्पादनसहितको सामूहिक भोजन र घर घरमा […]

  • पर्यटन
  • पर्यटकको मन लोभ्याउँदै हसिना सिमसार

    माघ १३ । उत्तरी मोरङको सुन्दर दुलारी नगरपालिका–५ स्थित हसिना सिमसार क्षेत्र पछिल्लो पटक धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास भइरहेको छ । मोरङको सुन्दरदुलारीस्थित महेन्द्र राजमार्गमा पर्ने बाँसबारी चोकबाट करिब पाँच किलोमिटर उत्तर लागेपछि सो स्थानमा पुग्न सकिन्छ । सो सिमसार क्षेत्र करिब ७५ बिघा क्षेत्रफलमा फैलिएको छ । बहुसंख्यक देवीदेवताका मन्दिर, विभिन्न प्रजातिका वनस्पति, […]

  • पर्यटन
  • पर्यटकीय क्षेत्र नगरकोटको सरसफाई कार्यक्रम सम्पन्न

    माघ – १२ । नगरकोट नालडुम पर्यटन विकास समिति, नेपाली सेना, नेपाल प्रहरीका साथै विभिन्न क्लबको सहकार्यमा ‘सफा रहौँ, स्वस्थ रहौँ’ मूल नाराका साथ सरसफाई कार्यक्रम सम्पन्न भएको छ । पर्यटकीय क्षेत्र नगरकोटलाई वातावरण मैत्री बनाउन नगरकोट नालडुम पर्यटन विकास समितिको आयोजनामा मंगलबार नगरकोट सरसफाई कार्यक्रम सम्पन्न भएको हो । नगरकोटलाई पर्यटकीय हिसाबमा सफा र […]

  • पर्यटन
  • नगरकोट जानका लागि अब ‘पर्यटन शुल्क’ तिर्नुपर्ने

    माघ १२ । आन्तरिक तथा बाह्य पर्यटकले अब नगरकोट प्रवेश गर्दा पर्यटन शुल्क तिर्नुपर्ने भएको छ । यसअघि सबै पर्यटकले निशुल्क प्रवेश गर्न पाउने नगरकोटमा बाह्य पर्यटकले मात्र नभई आन्तरिक पर्यटकलाई समेत शुल्क लाग्ने भएको हो । भक्तपुर र काभ्रेको सिमानामा पर्ने नगरकोटमा दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटकको आवागमन हुने गरे पनि सरकारीस्तरबाट कुनै […]