• राजनीति
  • नयाँ शक्ति र फोरम नेपालले एकल चुनाव चिन्ह

    वैैशाख १२ – निर्वाचन आयोगमा नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले आगामी स्थानीय तहको चुनाव एकल चुनाव चिन्ह लिई भाग लिन पाउँ भनी निवेदन दिएका छन् । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई भेटी ती दुवै दलका नेताले एकल चुनाव चिन्हमा निर्वाचनमा भाग लिने सम्बन्धमा दुवै पक्षबीच भएको सम्झौतापत्रसहित निवेदन बुझाएका हुन् । सम्झौतापत्रमा […]

  • राजनीति
  • पाँच लाख युवालार्इ रोजगारी सिर्जना गर्नेदेखि शत्प्रतिशत साक्षरतासम्म, यस्ताे छ कांग्रेसको घोषणापत्र

    वैशाख १२ । नेपाली कांग्रेसले मुलुकलाई आगामी १० वर्षभित्र एउटा मध्यम आययुक्त गतिशील राष्ट्र बनाउने ध्येयका साथ पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालयमा मंगलबार आयोजित विशेष कार्यक्रममा सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन् । मध्यम आययुक्त गतिशील राष्ट्र बनाउन कम्तीमा पनि एक दशकसम्म वार्षिक सातदेखि १० प्रतिशतसम्मको उच्च आर्थिक वृद्धिदर निरन्तर हासिल […]

  • देश
  • जाजरकोटमा प्रमुख दलले स्थानिय तहका उम्मेदवारको टुङ्गो लगाए

    बैशाख – १२ । स्थानीय तहकाे चुनावका लागि जाजरकोटका प्रमुख दलहरूले स्थानिय तहको उम्मेदवार टुंगो लगाएका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रले स्थानीय तहको प्रमुख तथा उपप्रमुख लगायत अन्य पदका उम्मेदवार तोकेका हुन् । कांग्रेसले भेरी नगरपालिका प्रमुखमा सनत कुमार कार्की र उपप्रमुखमा धनाकुमारी चपाई, त्रिवेणी नलगाड नगरपालिकाको प्रमुखमा प्रकाश पन्त र उपप्रमुखमा धनमाया […]

  • राजनीति
  • पूर्व माओवादी लडाकु विष्ट भन्छन्– ‘प्रचण्डबाट जस्तै बाबुरामबाट पनि आस मर्यो’

    वैशाख – १२ । नयाँ शक्ति नेपालले मधेसी जनअधिकार फोरमको चुनाव चिन्ह मशाल लिएर निर्वाचनमा आउने पक्का भएपछि पूर्व लडाकुहरुले विरोध जनाएका छन् । बर्हिगर्मित जनमुक्ति सेना नेपालले मशाल चिन्हले बाबुराम भट्राईलाई खरानी बनाएर सिध्याउने जनाएको छ । ‘पुष्पकमल दालाह प्रचण्डले अयोग्य लडाकुहरुको समास्या समाधान नगरिकन सत्तामा लिप्त भएकाले उनी लाल गद्धार हुन् । डा बाबुराम […]

  • देश
  • प्रमुख पदमा महिलाको प्रतिनिधित्व शून्य

    वैशाख – १२ । आसन्न स्थानिय तहको निर्वाचनमा प्रमुख पदमा महिलाको उम्मेदवारी र प्रतिनिधित्व शून्य हुने भएको छ । वडा अध्यक्ष, गाँउपालिकाको प्रमुख र नगरपालिकाको प्रमुख पदमा टिकट दिएर जित्ने जिताउने त कुरै छोडौँ कुनै पनि दलले सिफारिससमेत गरेका छैनन् । जाजरकोटमा तीन नगरपालिका र चार गाँउपालिका रहेका छन् । ति सात वटै तहमा गरी […]

  • राजनीति
  • एमाले प्रतिष्पर्धी राजनीतिक दलप्रति असहिष्णु – कांग्रेस

    वैशाख – १२ । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेलाई नेपाली कांग्रेसले प्रतिष्पर्धी राजनीतिक दलहरुप्रति असहिष्णु र आक्रमक भएको आरोप लगाएको छ । मंगलबार नेपाली कांग्रेसले स्थानीय निर्वाचन लक्षित घोषणापत्र जारी गर्दै एमालेप्रति आक्रोश व्यक्त गरेको हो । अहिले संसद्मा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संविधान निर्माणको बेलादेखि नै आफ्नो प्रतिष्पर्धी राजनीतिक दलहरुप्रति निरन्तर असहिष्णु […]

  • राजनीति
  • एमालेको अवरोधपछि संसद बैठक बुधबारसम्मका लागि स्थगित

    वैशाख १२ । व्यवस्थापिका–संसदको बैठक बुधबार ११ बजेसम्मका लागि स्थगन गरिएको छ । संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले विशेष कारणवश संसद बैठक स्थगन गरिएको सूचना प्रकाशित भएको जानकारी दिए । यसअघि, मंगलबार संसद बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गंगालाल तुलाधरले सरकारले सदनमा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव जायज नभएको भन्दै त्यसप्रति […]

  • राजनीति
  • बजेटपछिको निर्वाचनमा एमालेको गम्भीर असहमति, आयोगको ध्यानाकर्षण गराउने

    वैशाख – १२ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटभन्दा पछि दोस्रो चरणको स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयप्रति गम्भीर असहमति जनाएको छ । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैकले सरकारको निर्णयप्रति असहमति जनाउँदै निर्वाचन आयोगको ध्यानकर्षय गराउने निर्णय गरेको हो । ‘सिंगो मुलुक वैशाख ३१ गतेको निर्वाचनको तयारीमा जुटिरहेको बेलामा […]

  • राजनीति
  • आयोगले सार्वजनिक गर्यो २ चरणको निर्वाचन कार्यतालिका, यस्तो तालिका

    वैशाख १२ । निर्वाचन आयोगले सरकारको निर्णयलगत्तै दोस्रो चरणको निर्वाचन तालिका सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले साेमवार पत्रकार सम्मेलन गरी आयोगको तर्फबाट दुई चरणमा निर्वाचन हुने औपचारिक जानकारी दिँदै तालिका सार्वजनिक गरेका हुन् । दोस्रो चरणमा प्रदेश नम्बर १, २, ५ र ७ मा हुने जेठ ३१को निर्वाचनका लागि निर्वाचन आयोगले अन्य […]

  • राजनीति
  • मधेशी दल चुनावको तयारीमा

    वैशाख १२ । सरकारले फास्ट ट्र्याकबाट संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएपछि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले चुनावको आन्तरिक तयारी थालेका छन् । प्रधानमन्त्री, गृहमन्त्री र निर्वाचन आयोगका पदाधिकारीसँग यी दुई दलले सोमबार बिहान गरेको छलफल सकारात्मक भएको छ । छलफलपछि आयोगले मोर्चाको मागअनुसार उम्मेदवारी मनोनयन दर्ता गर्ने समय ३ दिन थपेको छ […]

  • राजनीति
  • मकवानपुरमा एकीकृत सुरक्षा एकाइ खडा गरिने

    वैशाख ११ । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लाका आठ गाउँपालिका, थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाबाट पाँच सय ३० जनप्रतिनिधि निर्वाचित हुने भएका छन् । जिल्लामा आठ गाउँपालिका, एक नगरपालिका र हेटौँडा उपमहानगरपालिकामा दुई सय ९५ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा दुई लाख २७ हजार सात […]

  • राजनीति
  • शुल्क वृद्धिकाे विराेधमा विद्यार्थी सङ्गठनद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

    वैशाख – ११ । सयुक्त विद्यार्थी संगठनले निजी विद्यालयले अाफू खसी शुल्क बढाएकाे विराेधमा अान्दाेलनका कार्यक्रम सार्वजिनक गरेकाे छ । अनेरास्ववियुकी अध्यक्ष नविना लामाले अभिभावकको ढाडसेक्नेगरी वृद्धि गरिएको शुल्क सरकारले फिर्ता गराउन बेवास्ता गरेकाले आन्दोलन गर्नुपरेको बताइन्। ‘हामीले तीन दिनभित्र वृद्धि शुल्क फिर्ता गर्न आग्रह गरेका थियौँ तर सरकारले शुल्क फिर्ता गर्न सकिएन’– अध्यक्ष लामाले […]

  • राजनीति
  • ‘संशोधन प्रस्ताव संविधानको मूलमर्म र भावना विपरीत’

    वैशाख – ११ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको बीचमा ल्याइने बजेटले निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने चिन्ता व्यक्त गरेकाछन् । व्यवस्थापिका–संसद्को साेमबारको बैठकमा विशेष समय माग गरी अध्यक्ष ओलीले सरकारले यसअघिको संविधान संशोधन प्रस्ताव फिर्ता लिनु सकारात्मक भएको धारणा व्यक्त गर्दै हाल अघि बढाएको संशोधन प्रस्ताव संविधानको मूलमर्म र भावना विपरीत […]

  • राजनीति
  • कांग्रेसद्वारा निर्वाचन अभियानलाई तीव्रता, युवा परिचालन गर्न ‘वान बुथ २० युथ’ घाेषणा

    वैशाख ११ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन परिचालन अभियानलाई तीव्रता दिएको छ । नेविसङ्घले आफ्नो स्थापनाको ४८ औँ वर्षगाँठका सन्दर्भमा गत वैशाख ६ गते देशका ७ सय ४४ वटै स्थानीय तहमा एकैपटक प्रचारात्मक अभियान सम्पन्न गरी सोही कार्यक्रमलाई निर्वाचन परिचालन विशेष प्रशिक्षण अभियानका रुपमा […]

  • राजनीति
  • एमाले स्थायी कमिटिको बैठक बालकोटमा जारी

    वैशाख ११ । सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरे लगत्तै प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले सो विषयमा छलफल गर्न स्थायी समितिको बैठक बोलाएको छ । बैठक आज विहान आली निवास बालकोटमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन् । बैठकले मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्थाका बारेमा छलफल गर्नुका साथै मंगलबारदेखि सुरु […]

  • राजनीति
  • ओलीको अडानपछि प्रधानमन्त्री दाहाल सकसमा

    वैशाख ११ । दोस्रो चरणको निर्वाचनअघि जेठ १५ गते बजेट ल्याउन नदिने प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको चुनौतीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल सकसमा परेका छन् । बजेट ल्याउन प्रतिपक्षीको विश्वास जित्ने उद्देश्यसाथ प्रधानमन्त्री दाहालले गरेको एजेण्डा एमाले अध्यक्ष ओलीले अस्वीकार गरेपछि उनी सकसमा परेका हुन् । ‘बजेट जारी भएको १५ दिनपछि चुनाव गर्ने, […]

  • राजनीति
  • आयोगले भन्यो– पुनः मतपत्र छाप्न सकिदैंन

    वैशाख ११ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णयलाई लिएर केही विषयमा स्पष्टता खोजेको छ । आयोगले मतपत्र, मतदाता नामावली, मतगणना, स्थानीय तहको संख्या थपघट, आगामी आर्थिक वर्षको बजेट जस्ता विषयमा सरकारको धारणा मागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भेटमा आयोगका पदाधिकारीले जेठ ३१ मा निर्वाचन गराउन सकिने भए पनि […]

  • राजनीति
  • संशोधन प्रस्तावमार्फत मोर्चाका माग समेटेर संविधान संशोधन हुने

    वैशाख ११ । मधेसी दलसँग शनिबार भएको सहमतिअनुसार सरकारले संविधान संशोधन विधेयकमा परिमार्जन गर्न सत्तासीन दलका सांसदमार्फत प्रस्ताव राख्न लगाउने भएको छ । सरकारले अर्को विधेयक ल्याउँदा बढी समय लाग्ने भएकाले फास्ट ट्र्याकबाट अघि बढ्न सांसदमार्फत संशोधन प्रस्ताव राख्ने तयारी गरेको हो । कानुनमन्त्री अजयशंकर नायकका अनुसार संसद् सचिवालयमा यसअघि दर्ता भएको विधेयक सदनमा प्रस्तुत […]

  • राजनीति
  • चुनाव चिह्न विवादः डा भट्टराई र गच्छदार पुगे निर्वाचन आयोग

    बैशाख १० । नयाँ शक्ति पार्टी नेपालले स्थानीय तह निर्वाचनमा दलको आधिकारिक चुनाव चिन्हबाटै निर्वाचनमा भाग लिन पाउनुपर्ने माग गरेको छ। उक्त पार्टीका संयोजक डा बाबुराम भट्टराईले प्रमुख आयुक्त डा अयोधीप्रसाद यादव र आयुक्तलाई भेटेर निर्वाचन चिन्ह नपाएसम्म आफूहरु आन्दोलनमा जानुको विकल्प नरहेको जानकारी गराए। भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै डा भट्टराईले भने, ‘लोकतन्त्रमा राजनीतिक दलले […]

  • राजनीति
  • ‘सरकार मोर्चाबीच सम्झौता भएको छैन’

    वैशाख – १० । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार र मधेसी मोर्चाबीच निर्वाचनको सन्दर्भमा कुनै प्रकारको सम्झौता नभएको बताएका छन्। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा अाइतबार विराटनगरमा आयोजित विरोधसभामा उनले सम्झौता भएको विषयमा सञ्चार क्षेत्रले समाचार प्रसारण गरेर आतङ्क मच्चाइदिएको आरोप लगाए। उनले संविधान संशोधन र राष्ट्रिय सवालका विषयमा सम्बोधन नगरिएसम्म निर्वाचनमा सहभागी […]

  • राजनीति
  • यी हुन मोर्चाका ‘फास्ट ट्रयाक’ संशोधन प्रस्ताव

    वैशाख १० गते । सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनमा आबद्ध दलसँग भएको समझदारीअनुसार निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । प्रदेश नम्बर ३, ४ र ६ मा पहिलो चरणको […]

  • राजनीति
  • सरकार र मधेसी मोर्चाको सहमतिले कार्यकर्ता हर्षित

    वैशाख – १० । सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच निर्वाचनमा जाने र आन्दोलनका कार्यक्रम फिर्ता लिनेलगायतका सहमति भएपछि महोत्तरीका मधेसी नेता कार्यकर्ता हर्षित भएका छन्। लामो समयदेखि आ–आफ्नै अडानमा रहेका दुवै पक्षले ऐतिहासिक सहमति गरेको भन्दै मधेसी नेता कार्यकर्ताले खुसी व्यक्त गरेका छन्। सरकार र मोर्चा सहमतिमा गएपछि अब मधेसमा पनि चुनाव हुने भन्दै सबै […]

  • राजनीति
  • बाँकेमा एमाले उम्मेदवारकाे टुंगो लाग्याे

    वैशाख – १० । एमालेले नेपालगन्ज उपमहानगरपालिकाबाहेक बाँकेका सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । कोहलपुर नगरपालिकामा पूर्वगाविस अध्यक्ष लुटबहादुर रावतले नै मेयरको टिकट पाउनु भएको छ । उपमेयरमा पूर्व मुक्तकमैया कृष्णाकुमारी चौधरी एमाले उम्मेदवार हुनुभएको छ । वैजनाथ गाउँपालिकाकामा प्रमुख मानबहादुर रुचाल र उपप्रमुखमा शारदा बिक, खजुरा गाउँपालिकामा प्रमुखमा किस्मत कक्षपती र उपप्रमुखमा […]

  • राजनीति
  • मन्त्रिपरिषद् बैठक सरु

    वैशाख – १० । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ । निधारित समयभन्दा केही ढिलो गरि मन्त्रिपरिषद्को बैठक सुरु भएको हो । मधेस केन्द्रित दलसँग शनिबार साँझ भएको सहमतिअनुसार संविधान संशोधनलगायतका विषयमा छलफल गर्न आइतबार बैठक बसेको हो । आइतबार विहान ११ बजे बैठक बस्ने भनिएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा […]

  • राजनीति
  • बर्दियामा माओवादीको उम्मेदवार घोषणा

    बर्दिया, वैशाख १० गते । यही वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि बर्दियाका छ नगरपालिका र दुईवटा गाउँपालिकाका लागि नेकपा (माओवादी केन्द्र)ले प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । राजापुर नगरपालिकाको प्रमुखमा दीपेश थारू तथा शिवप्रसाद थारू उपप्रमुखमा मनकला थारू, गेरुवा गाउपालिकाको प्रमुखमा बेहगराज थारू उपप्रमुखमा लीला थारू, मधुवन नगरपालिकाको प्रमखमा […]

  • राजनीति
  • राप्रपाले चुनावी तालमेल गर्ने

    वैशाख – १० । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा वैचारिक तथा सैद्धान्तिक रुपमा नजिक रहेका दलसँग चुनावी तालमेल गर्ने भएको छ । पार्टीले आफू हार्ने स्थानमा अन्य दललाई सहयोग गर्ने तथा जित्ने सम्भावना भएका स्थानमा अन्य दलको सहयोग लिने गरी तालमेल गर्न सम्बन्धित जिल्लालाई अधिकार उपलब्ध गराएको छ । पार्टीले तालमेलका लागि अहिलेसम्म नेपाली […]

  • राजनीति
  • शिक्षकको राजनीति मोहः बैतडीका पाँच शिक्षकले दिए राजीनामा

    वैशाख – १० । स्थानीय चुनाव लड्नका लागि बैतडीका पाँच शिक्षकले राजीनामा दिएका छन् । राजीनामा दिने शिक्षकले टिकट पक्का भएपछि राजीनामा दिएको बताएका छन् । जिल्ला शिक्षा कार्यालय, बैतडीका नायब सुब्बा वसन्तबहादुर सिंहका अनुसार राजीनामा दिने शिक्षकहरुमा सीताराम प्रावि खेती थलाकाडामा कार्यरत शेरबहादुर चन्द, कैलपाल मावि ढाडवमा कार्यरत रामबहादुर कुँवर, ज्ञानेश्वर मावि सिद्घेश्वरमा कार्यरत […]

  • राजनीति
  • मन्त्रिपरिषद स्थागित गरेर ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड

    वैशाख १० । हिजो सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको सहमतिबारे जानकारी दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । संविधान संशोधन विधेयक परिमार्जन गर्ने र स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमतिबारे जानकारी गराउन प्रधानमन्त्री प्रचण्ड ओली निवासमा पुगेका उनका स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिए […]

  • राजनीति
  • मन्त्रिपरिषद बैठक बहिष्कार गर्दै आएका निधि बैठकमा सहभागी

    वैशाख १० । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि आजको मन्त्रिपरिषद बैठकमा सहभागी भएका छन् । उपप्रधानमन्त्रीमा वरियता विवाद भएपछि मन्त्रिपरिषद बैठक बहिस्कार गर्दै आएका निधि आजको बैठकमा भने सहभागी भएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्री वरियतामा कमल थापालाई पहिलो नम्बरमा राखेपछि कांग्रेसबाट सरकारमा नेतृत्व गरेका निधिले यसअघिको मन्त्रिपरिषद बैठक बरिस्कार गरेका थिए । […]

  • राजनीति
  • निरुपा यादव काठमाडौं महानगरपालिको उपमेयरकी उम्मेदवार

    वैशाख १० । साझा पार्टीले काठमाडौंमा उपमेयर पदको लागि निरुपमा यादवलाई स्वतन्त्र उम्मेदारको लागि सर्मथन गरेको छ । साझा पार्टीको केन्द्रीय संयोजन समितिकी सदस्य तथा अधिवक्ता यादव काठमाडौं महानगरपालिकाको उप–मेयरका लागि स्वतन्त्र उमेदवारी दिएकी हुन् । ३९ वर्षिय यादव ३ सन्तानकी आमा हुन् । यादवले सप्तरी, मोरंग र काठमाडौंसंग भावनात्मक सम्बन्ध गासेको साझा पार्टीको प्रेस […]

  • अन्तरवार्ता
  • मधेसका सिमित जातले सबै मधेसीको हक खोसेर खाएका छन् (भिडियोसहित)

    वैशाख–१० । सुवोधराज प्याकुरेल राजनीतिक विषयमा तिखो टिप्पणी गर्ने मानवअधिकारकर्मी हुन भन्दा फरक नपर्ला । अनौपचारिक क्षेत्र सेवा केन्द्र –इन्सेकका अध्यक्ष प्याकुरेलले नेकपा एमालेको आठौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । नेपालमा हुन लागेको निर्वाचन, मधेसी अधिकार, मधेसी दललगायत विषयमा प्याकुरेलसँग केही दिन अघि नेपालआजले कुराकानी गरेको थियो । कुराकानीका क्रममा उनले स्थानीय तहको […]

  • राजनीति
  • चुनावी प्रचारका लागि कांग्रेसले नारा तय गर्‍यो

    वैशाख १० । नेपाली काँग्रेसले आइतवारबाट औपचारिक रुपमा प्रचार शुरु गरेको छ । नेपाली काँग्रेसले आफ्नो आधिकारीक फेसबुक पेजबाट आइतवार विहान १० वजेबाट औपचारिक रुपमा प्रचारको काम सुरु गरेको हो । नेपाली काँग्रेसको हालै ‘भेरिफाइड’ भएको फेसबुक पेजबाट काँग्रेसले आफ्नो पहिलो प्रचार सामग्री सार्वजनिक गरेको छ । नेपाली काँग्रेसको फेसबुक र ट्वीटर मार्फत सार्वजनिक गरेको […]

  • राजनीति
  • माओवादी केन्द्रले अनुमोदन गर्यो सरकार र संघिय गठबन्धन बीचको सहमति

    वैशाख १० । माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले सरकार र सङ्घीय गठबन्धन बीच हिजो भएको सहमतिलाई अनुमोदन गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बिहान सम्पन्न केन्द्रीय कार्यालयको बैठकले सरकार र गठबन्धन बीच भएको सहमतिको प्रस्तावलाई अनुमोदन गरेको हो । प्रचण्डले सङ्घीय गठबन्धन र मधेशी मोर्चाका नेताहरुसँग भएको सहमतिबारे बैठकमा […]

  • राजनीति
  • निर्वाचन दुई चरणमा गर्नेबारे प्रधानमन्त्रीद्वारा निर्वाचन आयुक्तसँग छलफल

    वैशाख १० । प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो र दोस्रो चरणको निर्वाचन र त्यसको तयारीबारे निर्वाचन आयोगका आयुक्तहरुसँग परामर्श गरेका छन् । हिजोसरकार र संघीय गठबन्धन बीच भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री दाहालले आज निर्वाचन आयुक्तहरुसँग परामर्श गरेका हुन् । परामर्शपछि आजै बस्ने मन्त्रीपरिषदको बैठकले निर्वाचनबारे ठोस निर्णय गर्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

  • राजनीति
  • मन्त्रिपरिषद् बैठक बस्दै, यस्तो छ तयारी

    वैशाख १० । सरकारले मधेस केन्द्रित दलसँगको समझदारीका अनुसार आज बस्ने मन्त्रिपरिषद बैठक मार्फत संविधान संशोधन प्रस्तावलाई परिमार्जन सहित पारित गर्ने भएको छ । विहान ११ बजे सिंहदरबारमा बस्ने बैठकले संशोधन प्रस्तावलाई फाष्ट ट्रयाकबाट पारित गर्ने प्रक्रिया अघि बढाउने बताइएको छ । हिजो स्थानीय तहको निर्वाचन दुई चरणमा हुने सरकार र मधेस केन्द्रित दलको सहमति […]

  • राजनीति
  • यसकारण नआएका रहेछन चीनका राष्ट्रपति नेपाल भ्रमणमा

    वैशाख १० । चिनियाँ राष्ट्रपति सी चिन फिङ सन २०१६ मा नै नेपाल भ्रमण गर्ने पक्षमा थिए । आफ्ना सबै विश्व भ्रमणलाई ओबिओआर(वान बेल्ट वान रोड)मा केन्द्रीत गरेका राष्ट्रपति फिङको नेपाल भ्रमण ओविओआरसम्बन्धी पत्रमा हस्ताक्षर हुने स्थितिमा मात्र हुन सक्थ्यो । त्यसै अनुसार चीनले असोजमा नै ओबिओआरसम्बन्धी मस्यौदा पठाएको पनि थियो । तर, चिनियाँ प्रस्ताव […]

  • राजनीति
  • चुनाव लड्न पाँच शिक्षकद्वारा राजीनामा

    वैशाख १० । स्थानीय चुनाव लड्नका लागि बैतडीका पाँच शिक्षकले राजीनामा दिएका छन् । राजीनामा दिने शिक्षकले टिकट पक्का भएपछि राजीनामा दिएको बताएका छन् । जिल्ला शिक्षा कार्यालय, बैतडीका नायब सुब्बा वसन्तबहादुर सिंहका अनुसार राजीनामा दिने शिक्षकहरुमा सीताराम प्रावि खेती थलाकाडामा कार्यरत शेरबहादुर चन्द, कैलपाल मावि ढाडवमा कार्यरत रामबहादुर कुँवर, ज्ञानेश्वर मावि सिद्घेश्वरमा कार्यरत पृथ्वीराज […]

  • राजनीति
  • हामीलाई जानकारी छैन् : एमाले

    वैशाख १० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालसँग भएको सहमतिबारे सरकारले आफूलाई जानकारी नगराएको भन्दै असन्तुष्टि जनाएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउन आफ्नो दलले सहयोग गर्ने जानकारी गराउँदारगराउँदै पनि सहमतिको विषयमा प्रमुख प्रतिपक्षी दललाई सरकारले कुन सुइँको नदिएर गुमराहमा […]

  • राजनीति
  • ‘राजसंस्था फर्किन सक्छ’

    बैशाख १० । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय बिकासमन्त्री कमल थापाले जनताले चाहेमा गणतन्त्र खारेज गर्न सक्ने बताएका छन् । जनताले चाहेमा संबैधानिक बाटोबाटै राजसंस्था फर्काउन सक्ने मन्त्री थापाले बताए । झापाको दमकमा शनिबार आयोिजत चुनावी सभालाई सम्बोधन गर्दै उनले राजसंस्था फर्काउन सक्ने बाटो अहिलेको संबिधानले दिएको बताए । उनले भने– ‘अहिले सबैभन्दा ठुलो […]

  • राजनीति
  • ‘चुनावपछि गाउँ–गाउँमा सरकार पुग्छ’

    वैशाख – ९ । पशुपक्षी विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले आसन्न स्थानीय तहको निर्वाचनपछि गाउँ–गाउँमा सरकार पुग्ने बताएका छन्। आज सदरमुकाम म्याङलुङमा गरिएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उनले भने – ‘चुनावपछि सिंहदरबारका सेवा सुविधा लिएर सरकार आफैँ जनताको घरदैलोमा आइपुग्छ ।’ राज्यमन्त्री जवेगुले निर्वाचनमा मतदान गर्न पाउनु सबै नागरिकको नैसर्गिक अधिकार भएकाले चुनावमा भाग लिन […]