• अर्थ/बजार
  • भूकम्पको दुई वर्ष : सबै सरकार असफल

    वैशाख १२ । दुई वर्षको अवधिमा तीन पार्टीका तीन प्रमुख नेताले सरकारको नेतृत्व गरे पनि ९० प्रतिशत भूकम्पपीडितको बास अहिले पनि टहरामै छ । कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेका सरकारले पुनर्निर्माणका लागि ३४ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेका छन् । चालु […]

  • अर्थ/बजार
  • नेपाल टेलिकमका अफर अहिलेसम्मकै सस्ता तर चर्चा कम

    बैशाख–११ । नेपाल टेलिकमले यो बेला यसअघि नेपाली उपभोक्ताहरुले कहिल्यै नपाएको सस्तो अफर बजारमा लगेको छ । इन्टरनेटका लागि नेपाल टेलिकमले दिएको अफर सर्वाधिक सस्तो छ तर यसबारे उपभोक्तामाझ तरंग उत्पन्न हुनु पर्ने थियो, त्यस्तो देखिएको छैन । नयाँ वर्ष २०७४ को अवसरमा टेलिकमले वैशाख २८ सम्म लागू गरेको अफरमा राति १० बजेदेखि बिहान ६ […]

  • अर्थ/बजार
  • बजेट सार्न अर्को संशोधन

    वैशाख ११ । सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने प्रावधानलाई संविधान संशोधन गरी टार्ने तयारी गरेको छ । बजेटलगत्तै चुनाव गर्न नमिल्ने भनी निर्वाचन आयोगका पदाधिकारीले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर सरकारको ध्यानाकर्षण गरेपछि यस्तो तयारी थालिएको हो । प्रमुख प्रतिपक्षी एमालेसहितका विपक्षीले बजेटले निर्वाचन प्रभावित हुने भन्दै आपत्ति जनाएका छन् । ‘कांग्रेस र माओवादीबीच […]

  • अर्थ/बजार
  • ३ अर्ब ३५ करोड रुपैयाँ राजस्व सङ्कलन

    वैशाख – १० । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा करिब तीन अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका कर अधिकृत जीवराज निरौलाका अनुसार गत आवको ९ महिनामा करिब रु सात अर्ब ७१ करोड राजस्व सङ्कलन भएकामा चालु आवको नौ महिनामा करिब ११ […]

  • अर्थ/बजार
  • तरकारीको आम्दानीले छोरा ईन्जिनियर, छोरी नर्स

    वैशाख १० । पहाडी जिल्लामा कृषि पेशा गरिरहेका किसानले छोरालाई सिभिल ईन्जिनियर र छोरीलाई स्टाफ नर्स पढाएको कुरा देख्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर, जाजरकोट जिल्ला सदरमुकाम खलंगा नजिकै मटेलामा ब्यबसायिक तरकारी खेती गरिरहेकी एक महिला किसानहरुले तरकारीको आम्दानीवाट छोरा–छोरीलाई प्राविधिक विषयमा उच्च शिक्षा हासिल गराई रहेकी छन् । भेरी नगरपालीका–११ मटेलाकी कालुदेवी पुनले […]

  • अर्थ/बजार
  • जग्गा नभएका भूकम्पपीडितले घडेरी किन्न दुई लाख पाउने

    वैशाख ८– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा लाभग्राही सूचीमा परेका तर आफ्नो जग्गा नभई सार्वजनिक जग्गामा बसेका भूकम्पपीडितलाई घडेरी खरिद गर्न अनुदानस्वरुप रु दुई लाख दिन प्रस्ताव गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलको संयोजकत्वमा आज बसेको कार्यकारी समितिको बैठकले लाभग्राही सूचीमा परेका त्यस्ता पीडितलाई अनुदान स्वरुप रु दुई लाख उपलब्ध […]

  • अर्थ/बजार
  • ‘वान बेल्ट वान रोड’ मा नेपालले शर्तसहित हस्ताक्षर गर्ने

    वैशाख ८ । घोषित स्थानीय निर्वाचन बैशाख ३१ कै दिन बेइजिङमा सुरुहुने ‘वान बेल्ट वान रोड’ ओबरको शिखर सम्मेलनमा नेपालको तर्फबाट उच्चस्तरीय सहभागिता रहने प्रायः निश्चित भएको छ । उपराष्ट्रपति वा उपप्रधानमन्त्री कसको नेतृत्व रहने विषय अन्तिम टुंगोमा पुग्न नसकेको भए पनि केही मन्त्रीहरु त्यहाँ सहभागी हुनेछन् । नेपालले उक्त शिखर सम्मेलन अगावै ओबरमा ‘सर्तसहित […]

  • अर्थ/बजार
  • पोखरामा पाँच सयका नेपाली नक्कली नोट छ्याप्छ्याप्ती

    वैशाख ६ । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा पोखरामा ५ सय रुपैयाँका नक्कली नोट छ्याप्छ्याप्ती भेटिन थालेका छन् । राष्ट्र बैंकका अनुसार चैत पहिलो सातादेखि नक्कली नोट भेटिन थालेको हो । यहाँस्थित राष्ट्र बैंकसम्म यस्ता नोट पुगेपछि बजारमा ठूलो परिमाणमा रहेको आशंका बैंक तथा वित्तीय संस्थाको छ । दुई फरक–फरक नम्बर रहेका नोटहरू दैनिकजसो एकरदुईवटा आउने […]

  • अर्थ/बजार
  • संसदको सार्वजनिक लेखा समितिद्वारा कानुन मिचेर ४० लाख आयकर मिनहा

    वैशाख ६ । सरकारी खर्चमा भएको अनियमितताका विषयमा छानबिन गर्ने अख्तियारी पाएको संसद्को सार्वजनिक लेखा समितिले अधिकार मिचेर संसद् सचिवालयका कर्मचारीको झन्डै ४० लाख रुपैयाँ तिर्नुपर्ने आयकर मिनहा गरेको भेटिएको छ । सबैले आम्दानी गरेपछि तिर्नुपर्ने आयकर मिनहा गरी करको दायराबाट कसैलाई पनि उन्मुक्ति दिन नमिल्ने आयकर ऐन २०५८ ले स्पष्ट व्यवस्था गरेको छ । […]

  • अर्थ/बजार
  • जम्मूकाश्मीरमा मारिएका तामाङको परिवारलाई भारतीय दूतावासद्वारा ६० लाखकाे चेक हस्तान्त्रण

    वैशाख – ५ । भारतको जम्मूकाश्मीरमा मारिएका विमल तामाङको परिवारलाई नेपालका लागि भारतीय दूतावसले लडार्इंमा मारिएकाले प्राप्त गर्ने लाभकाे ६० लाख रुपैयाँको चेक हस्तान्त्रण गरेको छ । भारतीय दूतावसले एक कार्यक्रम आयोजना गरी तामाङकी आमा माया तामाङलाई सो रकमको चेक हस्तान्त्रण गरेको हो । धरान ११ सोलिङमार्गका २० वर्षीय तामाङको गत कार्तिकमा जम्मूकाश्मीरमा पेट्रोलिङका क्रममा […]

  • अर्थ/बजार
  • दोहोरो अंकले अाेरालाे लाग्याे सेयर बजार

    वैशाख – ५ गते । निरन्तर उकालो लाग्दै आएको सेयर बजार मंगलबार भने दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार बजार ३९.५७ बिन्दुले ओरालो लागेर एक हजार ६१२ बिन्दुमा अडिएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ९.०८ बिन्दुले घटेको छ । कुल १४२ कम्पनीको २२ लाख नौ हजार […]

  • अर्थ/बजार
  • सल्यानमा ४१ लाख राजस्व सङ्कलन

    सल्यान, वैशाख – ५ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्ष २०७३/७४ को नौ महिनाको अवधिमा ४१ लाख ४५ हजार राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जगदिशकुमार ऐरका सो अवधिमा सात हजार १४९ सवारीचालक कारबाहीमा परेका छन् । गत आवको सो अवधिमा १० हजार ६३१ सवारीचालकलाई कारबाही गरी २९ लाख […]

  • अर्थ/बजार
  • संसदमै उड्यो कानुनको धज्जी, एउटै कामका लागि दुई शीर्षक बनाएर १२ करोड भुक्तानी

    वैशाख ५ । व्यवस्थापिका संसद्का कर्मचारीले विद्यमान ऐनरकानुनलाई अटेर गर्दै एउटै कामका लागि दुई शीर्षकमा झन्डै १२ करोड रुपैयाँ भुक्तानी बुझेको भेटिएको छ । सरकारले तोकेको कार्यालय समयभन्दा बढी काम गराउनुपर्ने अवस्थामा कर्मचारीलाई प्रोत्साहन भत्ता दिने व्यवस्था नियमावलीले गरेको छ । तर, ऐनरनियम र विद्यमान प्रचलनलाई लत्याउँदै संसद्का कर्मचारीले आर्थिक वर्ष ०७२र७३ मा अतिरिक्त समय […]

  • अर्थ/बजार
  • इन्धन ढुवानीकाबारे नेपाल–भारत विवाद भए सिंगापुर अदालतले फैसला गर्ने

    वैशाख ५ । इन्धन ढुवानीका क्रममा आयल निगम र भारतीय आयल निगम आइओसी बीच विवाद भए सिंगापुर अदालतले फैसला गर्ने भएको छ । आपूर्ति मन्त्रालयका अनुसार विवादरहित समाधान गर्न तटस्थ मुलुकको अदालतमा फैसला गर्ने सहमति भएको हो । आपूर्तिमन्त्री दीपक बोहराका अनुसार यसअघि भारतको अदालतले गर्ने सहमति भएको थियो । तेस्रो मुलुकको अदालतबाट हुने बहस […]

  • रोजगार
  • डीआइजी चन्द जिम्मेवारी विहीन, सिलवाल सिआइबी प्रमुखकै जिम्मेवारीमा

    वैशाख ५ । सरकारले प्रहरी महानिरीक्षक आइजीपीमा प्रकाश अर्याल नियुक्त गरेपछि डीआइजी जयबहादुर चन्द तत्कालका लागि जिम्मेवारीविहीन बनेका छन् । सर्वोच्च अदालतले चन्दलाई आइजीपी नियुक्त गर्ने सरकारको फैसला उल्टाएपछि उनी फेरि नियुक्त हुने सम्भावना समाप्त भएको थियो । फागुन १ गते सरकारले आइजीपी नियुक्त गर्नुअघि चन्द अपराध अनुसन्धान विभागअन्तर्गत लागू औषध नियन्त्रण ब्यूरो ९एनसीबी० को […]

  • अपराध सुरक्षा
  • शिक्षामा ठगी:सञ्चालक पोस्न निर्देशिका फेरिँदै

    बैशाख ४ । एक वर्षअघि ल्याइएको संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका कार्यान्वयन नगरी सरकारले उल्टै विद्यालय सञ्चालकको हित हुने गरी संशोधन तयारी गरेको छ । निजी विद्यालयले चर्को शुल्क असुलिरहेको व्यापक गुनासो अभिभावकले गर्दा पनि कारबाही गर्नुको सट्टा शिक्षा मन्त्रालय र विभागले ‘विद्यालय व्यवसायी’ लाई नै फाइदा हुने गरी निर्देशिका संशोधन गर्न लागेको हो […]

  • अर्थ/बजार
  • शान्ति मिसनमा सशस्त्र प्रहरीलाई साढे पाँच अर्ब घाटा

    वैशाख ३ । राष्ट्रसंघीय शान्ति मिसनका लागि आवश्यक सामान खरिद गर्न नसक्दा सशस्त्र प्रहरी र नेपाल प्रहरीले अर्बौँ नोक्सानी बेहोरेका छन् । फर्म्ड पुलिस युनिट एफपियू मिसनमा दुवै प्रहरीले संयुक्त राष्ट्रसंघले तोकेअनुसार सामान खरिद गर्न सकेका छैनन् । यसबाट प्रहरीको भत्ता र शोधभर्नामा अर्बौँ घाटा हुँदै आएको महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ । संयुक्त राष्ट्रसंघले […]

  • रोजगार
  • नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी मुलुक पढ्न जान प्रतिबन्ध

    वैशाख ३ । शिक्षा मन्त्रालयले नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी राष्ट्रमा अध्ययन गर्न जान प्रतिबन्ध लगाएको छ । त्यहाँका मुलुकमा विद्यार्थीहरु अध्ययन गर्न जाने क्रममा अलपत्र परेको र अध्ययनको उपयुक्त वातावरण नभएको ठहर गर्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट जान प्रतिबन्ध लगाएको हो । मन्त्रालयले चिली लगायत दक्षिण अमेरिकी मुलुकमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ […]

  • अर्थ/बजार
  • परराष्ट्र मन्त्रालयमा एकै वर्ष २४ करोड रुपैयाँ अनियमितता

    वैशाख ३ । परराष्ट्र मन्त्रालयमा वार्षिक करोडौं रूपैयाँ अनियमितता हुने गरेको छ । पारिवारिक तथा वैदेशिक भत्ता, औषधि उपचार खर्च लगायत शीर्षकमा परराष्ट्रमा एकै वर्ष करिब २४ करोड रुपैयाँ अनियमितता भएको देखिएको हो । महालेखा परीक्षकको कार्यालयले तयार पारेको आर्थिक वर्ष २०७२-०७३ को प्रतिवेदनमा अनियमितता औंल्याइएको छ । महालेखा परीक्षक कार्यालयको ५४ औं वार्षिक प्रतिवेदनमा […]

  • अर्थ/बजार
  • गाेरखाका निर्माण व्यवसायीले तिरेनन् लाखौँ कर

    बैशाख – २ । गाेरखा जिल्ला समन्वय समिति गोरखाको आन्तरिक आय रु ८७ लाख छ । नदी घाटमा लगाइएको नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) ठेक्का, काठ बेचबिखन, विभिन्न भौतिक संरचना निर्माणबापत र ग्रामीण सडकका पटके करबाट सङ्कलन भएको कर नै जिससका आन्तरिक आय हुन् । निर्माण व्यवसायीले योजनाको काम सम्पन्न गर्ने तर कर नतिर्ने गर्दा […]

  • अर्थ/बजार
  • विश्व बैंकको सहयोगले ग्रामीण सडक निर्माण द्रूतगतिमा

    बैशाख – २ । विश्व बैंकको आर्थिक सहयोगमा राष्ट्रिय ग्रामीण सुदृढीकरण कार्यक्रम (एसएनआरटिपि) अन्तर्गत कञ्चनपुरमा चारवटा सडक निर्माणको कार्यलाई अगाडि बढाइएको छ । सडक निर्माण अन्तर्गत स्तरोन्नति गर्ने र ओटासिल प्रविधि मार्फत कालोपत्रे गर्ने कार्यलाई दू्रतगतिमा अगाडि बढाइएको छ । भीमदत्तनगरपालिका, बेदकोट नगरपालिका, पुनर्बास नगरपालिका, लालझाडी गाउँपालिका र महाकाली नगरपालिकामा सडक निर्माणको कार्य अगाडि बढाइएको जिल्ला […]

  • अर्थ/बजार
  • कर असुल्नका लागि गठन गरिएको कमिटीले नै खाइदियो २१ अर्ब

    काठमाडौं – सरकारले दुई वर्षअघि कर फर्छ्योटका लागि गठन गरेको कर फर्छ्योट आयोगका पदाधिकारीहरू गम्भीर आर्थिक अनियमिततामा मुछिएका छन् । कर फर्छ्योटका नाममा गठन गरेको आयोगले करिब २१ अर्ब रुपैयाँ ‘अनियमितता’ गरेको भेटिएको छ । आयोगका पदाधिकारीले ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट गरी ९ अर्ब ५४ करोड रुपैयाँमात्रै असुल्ने निर्णय गरेका हुन् । फर्छ्योटबाट […]

  • अर्थ/बजार
  • आठ क्यासिनोले रु एक अर्ब ३२ करोड बढी रोयल्टी तिर्न अटेर

    चैत्र–३१ । नेपालमा रहेका आठ क्यासिनोले रु एक अर्ब ३२ करोड ८० लाख ९४ हजार रोयल्टी सरकारलाई नतिरेको तथ्याङ्कले देखाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपाल रिक्रियशन सेन्टर प्रालिबाट रु ५३ करोड ५० लाख ३३ हजार, दि फुलबारी लिमिटेड पोखराले रु २४ करोड ६६ लाख ६४ हजार, होटल याक एण्ड यतिले […]

  • अर्थ/बजार
  • सेञ्जुरीले हकप्रद र बोनस शेयर दिने

    चैत्र – ३१ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले शेयरधनीलाई १० प्रतिशत बोनस र ४० प्रतिशत हकप्रद शेयर दिने निर्णय गरेको छ । बिहीबार काठमाडौँको कमलादीस्थित प्रज्ञाभवन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा बसेको छैठौँ साधारण सभाले सो निर्णय गरेको हो । सो सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती […]

  • अर्थ/बजार
  • एनसेलमा दुई मिनेट कुरा गर्दा दुई मिनेटै बोनस टक टाइम

    चैत्र – ३१ । एनसेलले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि बोनस टक टाइमका साथ ‘कलआयो बोनस पायो’ अफर ल्याएको छ । एनसेल ग्राहकले अब विश्वकाकुनै पनि देशबाट आएको अन्र्तराष्ट्रिय आगमनकलमा दुई मिनेटभन्दा बढी कुरा गर्दा दुई मिनेटको बोनस टक टाइम पाउनेछन् । नयाँ वर्ष २०७४ को उपलक्ष्यमा ल्याइएको यो योजना यहि बैशाख १ गते […]

  • अर्थ/बजार
  • गृहमन्त्री र सचिवद्वारा सुराकीमा ८३ लाख खर्च

    चैत्र ३१ । गृहमन्त्री र गृहसचिवले वर्षमा सुराकी खर्चका नाममा ८३ लाख रुपैयाँ खर्च गर्ने गरेका छन् । यो रकम राष्ट्रिय अनुसन्धान विभागका क्षेत्रीय तथा जिल्ला कार्यालयहरूले गर्ने खर्चभन्दा धेरै हो । महालेखा परीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७२-७३ मा गृहमन्त्रीले सुराकी खर्चका नाममा ५९ लाख तथा गृहसचिवले २४ लाख रुपैयाँ खर्च गरेका छन् । गृहमन्त्रीको […]

  • अर्थ/बजार
  • यस्ता छन् नवनिर्वाचित राणाका २६ बुँदे कार्ययोजना

    चैत्र ३१ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष भवानी राणाले २६ बुँदे कार्ययोजना सार्वजनिक गरेकी छन् । बुधबार पदभार ग्रहण गर्दै राणाले निजी क्षेत्रको समुन्नत विकास, मानव संसाधन व्यवस्थापन, नेपाल भारत इकोनोमिक समिट, निकासी वृद्धिका लागि उत्पादनमा विविधीकरण लगायतका २६ बुँदे कार्ययोजना सार्वजनिक गरेकी हुन् । नवनिर्वाचित पदाधिकारी र कार्यकारी सदस्यहरूलाई एकजुट भएर काम […]

  • अर्थ/बजार
  • यस वर्ष पनि पाठ्यक्रम अभाव नै हुने, ४७ लाख पाठ्यपुस्तक छाप्न बाँकी

    चैत ३१ । जनक शिक्षा सामग्री केन्द्रले यस वर्ष पनि समयमै विद्यालय तहका पाठ्यपुस्तक छपाइ गर्न नसक्ने भएको छ । शैक्षिक सत्रको सुरुमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नुपर्नेमा अझै ४७ लाख पाठ्यपुस्तक छाप्न बाँकी छ ।केन्द्रका निर्देशक कपिल पोखरेलले अघिल्लो वर्षजस्तो पुस्तक अभाव नहुने दाबी गरे । तर, सबै पुस्तक चैत मसान्तमा छपाइ नसकिने अवस्था रहेको […]

  • अर्थ/बजार
  • महालेखाले भन्यो एनसेलसँग ३२ अर्ब असुल

    चैत ३१ । एनसेलको खरिद बिक्रीबाट ३२ अर्ब रुपैयाँ पूँजीगत लाभकर असुल्नपर्ने महालेखा परीक्षकले ठहर्‍याएको छ । महालेखाको ५४ औं वार्षिक प्रतिवेदनमा एनसेलबाट कर संकलन गर्न ठूला करदाता कार्यालय लगायतले जिम्मेवारी पुरा नगरेको उल्लेख गरिएको छ । एनसेल स्वामित्व गत वर्ष एक खर्ब ४४ अर्ब रुपैयाँमा स्विडेनको टेलियाबाट मलेसियाको एक्जियाटामा हस्तान्तरण भएको थियो । पूँजीगत […]

  • अर्थ/बजार
  • तेह्रौँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला वैशाखमा

    चैत्र–३० । तेह्रौँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला वैशाख ७ देखि ११ गतेसम्म काठमाडौँस्थित भृकुटीमण्डपको प्रदर्शनी हलमा हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा ‘तेह्रौँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी-२०७४’ प्रदर्शनी हुन् लागेको हो । महासङ्घले आज पत्रकार सम्मेलन गरी नेपाली उद्योगको संस्थागत विकास, लघु, घरेलु तथा साना उद्योगमा […]

  • रोजगार
  • स्वास्थ्य सेवाका लागि २५ खरिदार प्राविधिको माग

    चैत्र – ३० । नेपाल स्वास्थ्य सेवाका लागि लोकसेवा आयोगले चौथो तह तथा राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) खरिदार वा सो सरहका २५ उम्मेदवारको माग गरेको छ । योग्यता पुगेका उम्मेदवारले आयोगको अनलाइन पोर्टलबाट दरखास्त दिन सक्ने छन् । इच्छुक उम्मेदवारले बैशाख १९ र दोब्बर दस्तुर तिरेर बैशाख २६ गतेभित्र आवेदन दिन सक्नेछन् ।

  • अर्थ/बजार
  • किसानले अदुवाको उचित मूल्य पाएनन्

    चैत – ३० । अदुवाको उचित मूल्य नपाएपछि सुनसरीको विष्णुपादुका र पाँचकन्या क्षेत्रका किसान मारमा परेका छन् । गत वर्ष किसानले अदुवा प्रतिकिलो रु ५० देखि रु ६० मा बिक्री गरेका थिए । यस वर्ष प्रतिकिलो रु १० देखि रु २० मा बिक्री भइरहेको छ । कृषि उपज केन्द्र धरान–१३ अमरहाटबाट गत वर्ष १० हजार […]

  • अर्थ/बजार
  • छ करोडमा प्लास्टिक उद्योग, एक सयजनालाई रोजगारी

    चैत्र–३० ।  झापाकाे बिर्तामोड नगरपालिका–२ मा रु छ करोडको लागतमा पूर्वाञ्चल प्लास्टिक पाइप उद्योग सञ्चालनमा आएको छ । दश कट्ठा क्षेत्रफलमा फैलिएको सो उद्योगले खानेपानीका पाइप, घरमा प्रयोग गरिने वाइरिङ पाइप, पिभिसी पाइपलगायत उत्पादन सुरु गरेको उद्योगका सञ्चालक प्रकाश सिटौलाले जानकारी दिए । उद्योगको आज एक कार्यक्रमबीच झापाका स्थानीय विकास अधिकारी खेमराज ओझाले उद्घाटन गरे […]

  • अर्थ/बजार
  • महासंघमा नयाँ नेतृत्व अध्यक्ष राणा, वरिष्ठ उपाध्यक्ष गोल्छा

    चैत २९ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित भएका छन् । मंगलबर दिउँसो सम्पन्न् निर्वाचनको मतपरिणामअनुसार गोल्छाले ५०४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी किशोर प्रधानले १२३ मत प्राप्त गरेका छन् । शेखरलाई जिल्ला तथा नगरबाट ६१ मत र प्रधानलाई ४२ मत मिलेको छ । यस्तै, वस्तुगततर्फ प्रधानले ५३ र गोल्छाले […]

  • अर्थ/बजार
  • नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आज, ५७ पदका लागि निर्वाचन

    चैत्र २९ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि ५७ वटा पदमा निर्वाचन हुँदैछ । निर्वाचन गठित समितिले उम्मेदवारी फिर्ता लिन दिएको समयसीमाभित्र केही पदमा मात्रै उम्मेदवारी फिर्ता भएपछि अधिकांश पदमा निर्वाचन हुने निश्चित भएको हो । महासंघको ६४ पदमा १ सय १२ जनाको उम्मेदवारी परेको थियो । ‘यसमध्ये १४ जनाले सोमबार तोकिएको समयभित्र […]

  • अर्थ/बजार
  • अपीकाे एक बराबर दुई कित्ता हकप्रद सेयर

    चैत – २८ । अपी पावर कम्पनीले सेयरधनीलाई एक बराबर दुई कित्ता हकप्रद सेयर दिने भएको छ । कम्पनीको सोमबार राजधानीमा सम्पन्न विशेष साधारणसभाबाट सो प्रस्ताव पारित गरिएको हो । साधारणसभाबाट पारित प्रस्ताव नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाइनेछ । कम्पनीको हालको सेयर संख्या एक करोड पाँच लाख कित्ता छ । यसबाट विद्यमान एक सेयर […]

  • अर्थ/बजार
  • यति ब्रुअरीको ‘अर्ना लाइट’ र ‘अर्ना स्ट्रङ्ग’ नेपाली बजारमा

    चैत्र – २८ । यति ब्रुअरीले काठमाडौंमा एक कार्यक्रम गरी अर्ना लाइट र अर्ना स्ट्रंग बियर नेपाली बजारमा भित्र्याएको जानकारी दिएको छ । यति बु्रअरीले नेपाली बियर पारखीहरुको फिट्नेशलाई मध्यनजर गर्दै यी दुई नयाँ प्रोडक्ट नेपालमा भित्र्याएको हो । अर्ना लाइट नेपालको पहिलो र एकमात्र लो–क्यालोरी (कम क्यालोरी भएको) बियर हो जुन “हाइ अन फन, […]

  • अर्थ/बजार
  • उद्योग वाणिज्य महासंघको साधारण सभा राजधानीमा सुरु

    चैत्र २८ । नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारणसभा आजवाट राजधानीमा सुरु भएको छ । साधारण सभाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन समेत हुने यो साधारण सभामा भाग लिन महासंघका देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधी तथा पर्यवेक्षकहरु राजधानी आएका छन् ।

  • अर्थ/बजार
  • बजाज मोटरसाइकलमा उपभोक्ता ठगेको पैशा चुनावमा खर्च हुने भयो

    चैत २८ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको नाममा छलछाम, डरधम्की, लोभलालच, मत खरिद र आचारसंहिताको धज्जी उडाउनेलगायतका विवादास्पद कार्यमा लागेको आरोप खेपिरहेको पशुपति मुरारका, भवानी राणा, चण्डीराज ढकाल र शेखर गोल्छा समूहले एसोसियटतर्फको मत कब्जा गरेर निर्वाचनमा विजयी हुने सपना देखेको छ । एसोसियटतर्फको भोट कब्जा गर्ने रणनीति अनुसार प्रोक्सी मत लिएर नवीकरण दस्तुर […]

  • अर्थ/बजार
  • खोटाङ सेवा समाज युकेद्वारा खोटाङ जिल्लालाई ७ वटा एम्बुलेन्स प्रदान, गाउँलेद्वारा फुलमालाले स्वागत (फोटोसहित)

    चैत्र २७ । खोटाङ सेवा समाज यूकेले खोटाङ जिल्लाका विभिन्न स्वास्थ्य संस्थालाई ७ वटा एम्बूलेन्स प्रदान गरेको छ । दुई वर्षसम्म अभियान सञ्चालन गरेर समाजले शनिबार २ प्राथमिक स्वास्थ्य केन्द्र र ५ स्वास्थ्यचौकीलाई १ करोड १२ लाख ३१ हजारको एम्बूलेन्स प्रदान गरेको हो । समाजले जन्तेढुंगा गाउँपालिकामा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी, ऐसेलुखर्क गाउँपालिकास्थित प्राथामिक […]