समाचार राजनीति

गण्डकी प्रदेशकाे कार्यालयमा मदिरा पार्टी(फाेटाेसहित)

गण्डकी प्रदेशकाे कार्यालयमा मदिरा पार्टी(फाेटाेसहित)

काठमाडाैँ – गण्डकी प्रदेशकाे कार्यालयमा मदिरा पार्टी गरेकाे तस्बिर अहिले समाजिक सञ्जालमा भइरल भइरहेकाे छ। साेही प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ स्वयंले सरकारी कार्यकक्षमा मदिरा पार्टी गर्दै गरेकाे तस्बिर समाजिक सञ्जाल फेसबुकमा भइरल भइरहेकाे छ।

गण्डकी प्रदेशका नेकपाका नेता समेत रहेका गुरुङले टेवलमा राखिएको हुस्की हेर्दै हास्दै गरेको फोटो समेत सार्वजनिक भएको छ ।उनले रेडलेवल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेवलमा नै राखेका छन भने अन्य कर्मचारीलाई समेत उनले रक्सी दिएका छन ।

उनले मुख्यमन्त्रीको मर्यादा भन्दा बाहिर गरेको उक्त हर्कतको सबैले आलोचना गरेका छन । कतिपय उनका आलोचकले त उनलाई मुख्यमन्त्रीबाट हटाउन समेत माग गरेका छन ।  यस विषयलाइ लिएर अहिले समाजिक संजालमा व्यापक रूपमा टिप्पणी भइरहेकाे छ।