समाचार प्रदेश १

‘योगेश भट्टराई र शंकर पोखरेलले मात्र फेसबुक चलाउन जान्दछन्, हामी जान्दैनाैँ ?’ : मेयर चौधरी

‘योगेश भट्टराई र शंकर पोखरेलले मात्र फेसबुक चलाउन जान्दछन्, हामी जान्दैनाैँ ?’ : मेयर चौधरी

इटहरी । इटहरी उपमहानगरपालिका मेयर द्वारिकालाल चौधरीले नेताद्वय शंकर पोखरेल र योगेश भट्टराईले घटनाको सत्यतथ्य नबुझी फेसबुक स्टाटस लेखेको टिप्पणी गर्नुभएको छ । शनिबार इटहरीस्थित उपमहानगरमा पत्रकारहरूसँग संक्षिप्त कुराकानीका क्रममा मेयर चौधरीले पार्टीका दुवै नेताले आफूसँग घटनाबारे नबुझी सामाजिक सञ्जालमा प्रतिक्रिया दिएकोमा असन्तुष्टि जनाउनुभएको हो । 

 


पत्रकारहरुसँग नेताद्धयको असन्तुष्टि पोख्ने क्रममा चौधरीले भन्नुभयो–‘दुवै नेताले बडो फेसबुक चलाउने, बडो स्टाटस लेख्ने । उनीहरू मात्र जान्दछन् ?’ आक्रोशित हुँदै मेयर चौधरले भन्नुभयो ।‘हामी जान्दैनौँ ? उहाँहरूले घटनाबारे मलाई फोन गर्न सक्नुहुन्नथ्यो ?’

 

दुवै नेताहरूको फेसबुक स्टाटस लेख्दै माफी माग्न सुझाएका थिए तर सार्वजनिक रुपमा माफी माग्ने कुरा उचित नभएको मेयर चौधरीको भनाइ छ ।