खेल

मेस्सीको २ गोलमा निकारागुवाविरूद्ध अर्जेन्टिनाको शानदार जित

मेस्सीको २ गोलमा निकारागुवाविरूद्ध अर्जेन्टिनाको शानदार जित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा निकारागुवाविरूद्ध अर्जेन्टिना ५–१ ले विजयी भएको छ । कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेन्टिना ५–१ गोलले विजयी भएको हो । जून १४ बाट ब्राजिलमा सुरू हुन लागेको कोपा अमेरिका फुटबलको पूर्वतयारीका रूपमा खेलाइएको मैत्रीपूर्ण खेलमा लियोनेल मेस्सीले २ मिनेट भित्र २ गोल गर्न सफल भए ।  निकारागुवाविरूद्ध प्रभावशाली प्रदर्शन गरेको अर्जेन्टिना कोपा अमेरिका खेल्न ब्राजिलतर्फ जाँदै छ ।

 

मेसीले खेलको ३७ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसको एक मिनेटमै उनले अर्को गोल थपे। पहिलो हाफमा मेस्सीको २ गोलसहित अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा ३ गोल थप्यो। उसका लागि लायुटारो मार्टिनेजले ६३ र ७३ औँ मिनेटमा गोल गर्दै अग्रता ४–० मा पुर्याए। त्यसपछि खेलको ८१ औँ मिनेटमा रोबर्टो पेर्येराले गोल गरेपछि अर्जेन्टिनाको अग्रता ५–० मा पुग्यो। निकारागुवाका लागि खेलको ९१ औँ मिनेटमा जुआन बार्रेराले पेनाल्टीमार्फत् सान्तवना गोल गरे। अर्जेन्टिनाले कोपा अमेरिका अन्तर्गत आफ्नो पहिलो खेल कोलम्बियाविरूद्ध खेल्दैछ ।  

मैत्रीपूर्ण फुटबल लियोनल मेस्सी
ADVERTISEMENT