राजनीति

सरकार लोकतन्त्र मास्न उद्यत : देउवा

सरकार लोकतन्त्र मास्न उद्यत : देउवा

 


लमजुङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र र नागरिकको स्वतन्त्रता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले सरकारले हनन् गरेको आरोप लगाउनुभएको छ । सरकार लोकतन्त्रको विरुद्धमा रहेको भन्दै उहाँले स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, स्वतन्त्र मानव अधिकार प्रति सरकार प्रतिबद्ध नरहेको टिप्पणी गर्नुभयो ।

 

नेपाली काँग्रेसले सुरु गरेको जनजागरण अभियान अन्तर्गत पहिलो चरणको अभियान समापनको क्रममा लमजुङमा भएको कार्यक्रममा सभपति देउवाले लामो संघर्ष र वलिदानबाट प्राप्त प्रजातन्त्र र नागरिकको स्वतन्त्रता नेकपा नेतृत्वको सरकारले हनन् गरेको आरोप लगाउनुभयो । नेपाली कांग्रेसले नागरिकको स्वतन्त्रता विरोधी कुनैपनि विधेयक संसदबाट पारित हुन नदिने उहाँले गर्नुभयो । 

 

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसका कारण नै आम नागरिकले स्वतन्त्रता पाएको भन्दै अहिलेको अधिनायकवादी सरकारले नागरिकको स्वतन्त्रता हनन्को प्रयास गरेको आरोप लगाउनुभयो ।