समाचार विदेश

काश्मिरमा झडप, ४ जनाको मृत्यु

काश्मिरमा झडप, ४ जनाको मृत्यु


भारत । भारत प्रशासित कश्मीरमा भएको झडपमा दुई पूर्व सैनिकसहित ४ लडाकु मारिएका छन् । कश्मीरको पुलावामामा सुरक्षाकर्मीले गरेको कारबाहीपछि भएको झडपमा ४ लडाकु मारिएका हुन् ।

 

ज्यान गुमाउनेमा २ जना अर्धसैनिक बलका पूर्व सुरक्षाकर्मी समेत रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
इदका दिन विदापछि दुई सुरक्षाकर्मीले हाजिर नगरेपछि उनीहरु हातहतियारसहित भागेर लडाकु समूहमा भर्ना हुन गएको आशंका गरिएको थियो । मारिनेहरु पाकिस्तानमा रहेर कश्मीरमा आक्रमण गर्दै आएको अतिवादी इस्लामिक समूह जैश ए मोहम्मदका लडाकु रहेको जनाइएको छ ।

 

गत फेब्रुअरी महिनामा ५० भन्दा धेरै भारतीय अर्धसैनिकको ज्यान जानेगरी कश्मीरमा भएको बम आक्रमणपछि कश्मीरमा सेनाको कारवाही चर्किँदै गइरहेको छ ।