समाचार विचित्र विश्व

आपसी सम्बन्धमा यौन सम्बन्धका लागि तयार भएपनि नेयमारले जबर्जस्ती गरेको मोडलको आरोप

नेयमारमाथि बलात्कारको अभियोग लगाएकी महिला पहिलो पटक मिडियामा

आपसी सम्बन्धमा यौन सम्बन्धका लागि तयार भएपनि नेयमारले जबर्जस्ती गरेको मोडलको आरोप


काठमाडौँ । ब्राजिलका चर्चित फुटबलर नेयमारमाथि बलात्कार आरोप लगाउने महिलाले पहिलोपटक मुख खोलेकी छन् ।

नेयमारविरुद्ध उजुरी दर्ता गरेकी नाजिला त्रिन्दाजीले टेलिभिजन च्यानल एसबीटी ब्रासिललाई दिएको अन्तर्वार्तामा उनले १५ मेमा पेरिसको एक होटलमा आफूमाथि कुटपिट र बलात्कार भएको दाबी गरेकी हुन् ।

 

 

उनले आफू नेयमारप्रति आकर्षित भएको र उनीसँग यौन सम्पर्क गर्ने इच्छा भएको स्विकारेकी छन् । आपसी सहमतिमा यौन सम्बन्धका लागि तयार भएर कन्डम प्रयोग गर्न आग्रह गरे पनि नेयमारले अस्वीकार गरेर आफूमाथि बलात्कार गरेको बताइन् ।

 

 

त्रिन्दाजीले आफूलाई विमानबाट पेरिस पुर्याइएको र त्यहाँ नेयमारकै खर्चमा होटलमा राखिएको बताएकी छन् ।


नेयमारले भने सो आरोपको खण्डन गर्दै आफू निर्दोष रहेको भन्दै दुई जनाबीच भएको टेलिफोन कुराकानी सार्वजनिक गरेका छन् ।

 


उनले नेयमार निकै आक्रामक र फोनमा सन्देश आदानप्रदान गर्दाको केटाभन्दा निकै भिन्न पाएको अन्तर्वार्तामा बताएकी थिइन् । नेयमारले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।