समाचार ताजा खबर प्रदेश ३

स्वतन्त्रतापूर्वक काम गर्न नपाएको भन्दै मुख्य न्यायाधिवक्ताद्धारा राजीनामा


हेटौँडा । पदमा रहँदा स्वतन्त्रपूर्वक काम गर्ने आफ्नो आदतअनुसार काम गर्न नपाएकाले र बाँधिएर काम गर्नुपर्ने बाध्यता रहेको भन्दै  प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री अस्वस्थ भई उपचार गराइरहेकै बेला उहाँले राजीनामा दिनुभएको हो । न्यौपानेले प्रमुख सचिव आनन्दराज ढकालमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएको बताउनुभयो । 

मुख्य न्यायाधिवक्ताको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्ने कानूनी व्यवस्था छ ।