राजनीति

अध्यक्ष ढकालसँगको भेटमा हुनसेनले भने, ‘नेपाललाई बधाई दिन चाहन्छु’ 

अध्यक्ष ढकालसँगको भेटमा हुनसेनले भने, ‘नेपाललाई बधाई दिन चाहन्छु’ 

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले क्याम्बोडियाका प्रधानमन्त्री हुन सेनसँंग भेट गरेका छन् । 

 

नोम पेमस्थित अति बिशिष्ट अतिथिहरुलाई भेटघाट गर्ने पिस प्यालेसमा भएको भेटमा  क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समान मुद्दाहरुमा सरकार र नागरिक समाजको सहकार्यको बारेमा कुराकानी भएको अध्यक्ष ढकालको स्वकीय सचिवालयले जनाएको छ । साथै दुई मित्र राष्ट्र बीचको आपसी हितको बारेमा पनि छलफल भएको थियो ।

 

इन्टरनेसनल एसोसिएसन अफ पर्लियामेन्टरियन फर पिस  (आइएपिपि ( एशिया प्रशान्त क्षेत्र)का अध्यक्षसमेत रहेका ढकालले एसिया प्यासिफिक समिटको  प्रतिवेदन पनि प्रधानमन्त्री हुन सेनलाई हस्तान्तरण गरेका थिए । प्रधानमन्त्री हुन सेनले एसिया प्यासिफिक समिटले विश्वमा शान्ति, भातृत्व, मेलमिलाप र एकताको संदेश दिन सफल रहेको बताउदै नेपाललाई बधाई दिएका थिए ।

 

आइएपिपि क्याम्बोडियाको निमन्त्रणामा दुइ दिने क्याम्बोडिया भ्रमणमा रहनु भएका ढकालले उपसभामुख ख्ह्वोन सुन्दरी लगायतका नेताहरुसंँग पनि छलफल गरेका थिए ।