देश प्रदेश ७

यार्सा टिप्न गएका बालकको भीरबाट लडेर मृत्यु

यार्सा टिप्न गएका बालकको भीरबाट लडेर मृत्यु

 


दार्चुला । दार्चुलामा यार्सा टिपेर फर्कने क्रममा १२ वर्षीय बालकको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको व्याँस गाउँपालिकाको–२ स्थित दुधिवनबाट यार्सा संकलन गरेर घर फर्किने क्रममा सोही ठाउँको भिरबाट लडेर बालक अनिल विष्टको घटनास्थलमैँ मृत्यु भएको हो ।

 

मृतक विष्ट सर्बहित आधारभुत विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिए। घट्नाको थप अनुसन्धानका लागी प्रहरी चौकी दुम्लिबाट प्रहरीको टोली घट्ना स्थल गएको दार्चुलाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो। 

ADVERTISEMENT