स्वास्थ्य

किन आवश्यक छ पिसाब जाँच?

किन आवश्यक छ पिसाब जाँच?

काठमाडौं । धेरै रोगको निदान पिसाब जाँचबाट सम्भव छ । यसले मूत्र प्रणालीको अवस्था मात्र नभई अन्य धेरै मेडिकल र सर्जिकलअवस्थाबारे चिकित्सकलाई जानकारी दिने गर्छ । त्यसैले, जुनैसुकै विषयका बहिरंग तथा अन्तरंग विभागका चिकित्सकले पनि बिरामीलाई पिसाब जाँचका लागि सिफारिस गर्छन् । यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

 जाँच गर्नुपर्ने अवस्था
पिसाब पोल्नु, रगत देखापर्नु ।
साबिकभन्दा छिट–छिटो पिसाब लाग्नु, तर ननिख्रनु ।
पिसाब गर्दा मसिनो धारा आउनु ।


अन्डकोष तथा तल्लो पेट दुख्नु ।
कोखा दुख्नु र कामज्वरो आउनु । 
पिसाब चुहिने समस्या हुनु ।

मूत्रप्रणाली तथा त्यसवरपरका अंगसम्बन्धी कुनै शल्यक्रिया हुनुपूर्व पिसाब जाँच गर्न आवश्यक छ ।
के–के जाँचिन्छ?

मुख्यतः पिसाबको रंग, रूप, एसिडिटीको लेभल, सुगर र प्रोटिन हेरिन्छ । साथै, माइक्रो स्कोपबाट पिप, रगत, इपिथेलियम, कास्ट र क्रिस्टलका कणहरू हेरिन्छ ।


–पिसाब कल्चर, पिसाबमा क्यान्सरको कोष, विभिन्न हार्मोन तथा मूत्र प्रणालीको पत्थरीको विशेष जाँच गरिन्छ ।


जाँचबाट निम्न रोगको निदान 
पिसाबको संक्रमण, मूत्रप्रणालीको क्यान्सरलगायत विभिन्न रोग, तथा मिर्गौलाको पत्थरीलगायतको अवस्थाबारे जानकारी हुन्छ । 

पिसाब जाँच