विदेश खेल

यस्तो छ क्रिकेटर इमरान ताहिरको प्रेमकथा

यस्तो छ क्रिकेटर इमरान ताहिरको प्रेमकथा

काठमाडौं । विश्वकप–२०१९ का क्रममा चर्चामा रहेका खेलाडी हुन्– दक्षिण अफ्रिकी स्पिनर इमरान ताहिर । आइपीएलसँगै अन्य फ्रेन्चाइज क्रिकेटमा खुबै माग हुने यी खेलाडी खासमा पाकिस्ताना जन्मिएका हुन् । तर, उनले क्रिकेट खेले दक्षिण अफ्रिकाका लागि । विश्वकपकै बेला धेरैले यसको कारण खोज्ने प्रयास गरेका छन् र यसको उत्तर हो– उनको प्रेम कथा । उनले उमेर समूहको क्रिकेट पाकिस्तानकै लागि खेले । पाकिस्तानकै प्रतिनिधित्व गरेर यू–१९ विश्वकप खेल्ने ताहिर सन् १९९८ मा दक्षिण अफ्रिका पुगे । 


यही क्रममा उनी भारतीय मूलकी यवती सुमैयाको प्रेममा परे । प्रतियोगिता खेलेर पाकिस्तान फर्किएपछि पनि उनले सुमैयालाई बिर्सन सकेनन् र फेरि दक्षिण अफ्रिका पुगेर उनी समक्ष प्रेम प्रस्ताव राखे । समैयाले त्यसलाई स्वीकार त गरिन्, तर सर्त राखिन्, यसका लागि ताहिरले दक्षिण अफ्रिकामै बस्ने पर्नेछ । ताहिरले आफ्नो प्रेमका लागि उक्त प्रस्ताव स्वीकारे । यो खबर कान्तिपुर साप्ताहिकबाट लिइएको हो । 


 

इमरान ताहिर सुमैया