मनोरञ्जन

आदिवासी जनजाति चलचित्र महोत्सव शुरु

आदिवासी जनजाति चलचित्र महोत्सव शुरु

काठमाडौंमा ‘आदिवासी जनजाति चलचित्र महोत्सव–२०७६’ आरम्भ भएको छ । आदिवासी जनजाति चलचित्र महासंघले गरेको महोत्सवमा गुरुङ भाषाको फिल्म म्ले क्यु र रिजेनासा, माझी भाषाको मोङो डोङा २, शेर्पा भाषाको द लस्ट नोमेड्स अफ एभरेस्ट, राजवंशी भाषाको पुल्टी, राई भाषाको यारी र संस्कार, सुनुवार भाषाको छेँगु लगायतका चलचित्र प्रदर्शन हुनेछ ।

२०४४ सालमा नेवारी भाषाको फिल्म शिलु निर्माण भएदेखि झन्डै ७ सय बढी कथानक आदिवासी फिल्म र ५ सयभन्दा बढी सर्ट फिल्म र डकुमेन्ट्री निर्माण भइसकेका छन । तर नीतिगत समस्याका कारण सोचेअनुरूप आदिवासी जनजाति फिल्मकर्मीको विकास हुन नसकेको महासंघले जनाएको छ ।  

महोत्सवको शुभारम्भ गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले पुनले मौलिक भाषा, संस्कृतिको संरक्षण गर्ने नीति पनि स्पष्ट हुनुपर्ने बताउनुभयो ।  विज्ञहरुले नेपालमा २० वटा भाषामात्रै सुरक्षित रहेको बताएको प्रसंग उल्लेख गर्दै उहाले आदिवासी जनजातिका भाषा लोप हुन नदिन पहल गर्नुपर्ने बताउनुभयो । 

महोत्सव तीन दिनसम्म चल्ने छ । 

       

 

आदिवासी जनजाति चलचित्र २० वटा भाषा