समाचार राजनीति

सांसदबाट मरेका भैसी र पाडोको क्षतिपूर्ति माग

सांसदबाट मरेका भैसी र पाडोको क्षतिपूर्ति माग



काठमाडौँ । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा नेपाली कांग्रेसकी सांसद ज्ञानकुमार छन्त्यालले गत १६ जेठमा आएको असिना पानीले भैंसी र पाडो मरेको भन्दै क्षतिपूर्तीका लागि संसदको ध्यानाकर्षण गराउनुभएको छ । 


बाग्लुङको तमानखोला गाउँपालिका–४ को लामिलामा असिनापानीका कारण आएको बाढीले एक भैंसी र एक पाडा बगाएको र गहुँ, मकै र आलु नष्ट गरेकोले किसानलाई क्षतिपूर्ति दिनुपर्ने उहाँको माग छ ।
सांसद सरिताकुमारी गिरीले ५ जेठमा जंगली हात्तीबाट मारिएका सप्तरीका पीडितलाई क्षतिपूर्ति दिन माग गर्दै दुई वर्षयता हात्तीको आक्रमणले १९ जनाको मृत्यु भइसकेकोले पीडितलाई राहत दिन र सुरक्षा दिन माग गर्नुभयाे ।